रास्वपा सभापति रवि लामिछानेलाई मनिष झाको आग्रह : गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्नुस्

रास्वपा सभापति रवि लामिछानेलाई मनिष झाको आग्रह : गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्नुस्

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ११ गते शुक्रबार ०९:१३

उहाँले चुनाव आउँदै– जाँदै गर्ने प्रक्रिया हो तर पार्टीको विधि, नीति र चरित्र दीर्घकालीन हुने भएकाले त्यसलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वको रहेको उहाँको भनाइ छ । नेतृत्वले जालझेल गर्ने वा गुट निर्माण गर्ने काम गर्न नहुने कार्कीको तर्क छ ।

सभापतिको भनाइलाई नै खिल्ली उडायो : गणेश कार्की

भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री पदका प्रत्यासी एवम् निवर्तमान प्रवक्ता मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताउनु भएको छ । उहाँले त्यस्तो प्रयास गर्नेहरूलाई कारबाही गर्न सभापति रविलाई असार १२ गते आग्रह गर्नु भएको छ । त्यस्तै धारणा गणेश कार्कीले पनि राख्नु भएको छ ।
महाधिवेशनस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै झाले भन्नुभयो, ‘संस्थापन पक्ष एक जुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– ‘यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न !’
त्यो बेलामा मतदान चलिरहेको थियो । उहाँले भन्नुभयो, ‘मतदाताको रेस्पोन्स आफूप्रति सकारात्मक पाएको छु, निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास छ ।’
यसअघि झाले उम्मेदवारी दिएर फिर्ता लिने जस्तो आलोकाँचो राजनीति गर्न नहुने टिप्पणी गर्नु भएको थियो । उहाँले भन्नुभएको थियो, ‘फलानोको फोन आएपछि सोचौंला र सोधौंला भन्ने राजनीति हुँदैन ।’
उहाँले थप भन्नुभयो, ‘यो महाधिवेशनमा सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेको मैले हो, महामन्त्रीमा उठ्छु भनेर । त्यसमा मेरो उम्मेदवारी यथावत् छ, यस्तो आलोकाँचो राजनीति पनि गर्न भएन, हिजो बेलुकी उम्मेदवारी दिने अहिले फिर्ता लिने ?’ परिणाम जेसुकै भए पनि सशक्त रूपमा भिडिराख्ने पनि उहाँको अडान थियो ।
झाले पार्टीभित्र समूहगत अभ्यास गरिनु नेताको अभिव्यक्ति विपरीत भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘जे गर्नु हुँदैन भनेर भनिन्छ त्यही हुँदा नराम्रो हो, डेमोक्रेटिक प्रोसेसमा समूहगत अभ्यास गर्नुभयो त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीत हो ।’
‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यहीबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न ।’ उहाँले दोहोर्याउनु भयो ।
सभापतिको भनाइलाई नै खिल्ली उडायो : गणेश कार्की
यसैगरी, गणेश कार्की उम्मेदवारी फिर्ता र समर्थनप्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो ।’ रास्वपाका गलत कामको विरोध गर्नसक्ने एक सदस्यका रुपमा स्थापित हुँदै आउनु भएका कार्कीले त्यस्तो बताउनु भएको हो ।
कार्कीले पार्टीमा हुने गरेका यस्ता अभ्यासको विगतदेखि आलोचना गर्दै आउनु भएको थियो । उहाँले गठबन्धन र प्यानल संस्कृतिको झल्को दिएको उल्लेख गर्दै त्यसलाई गलत अभ्यासको संज्ञा दिनु भएको छ ।
उहाँले चुनाव आउँदै– जाँदै गर्ने प्रक्रिया हो तर पार्टीको विधि, नीति र चरित्र दीर्घकालीन हुने भएकाले त्यसलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वको रहेको उहाँको भनाइ छ । नेतृत्वले जालझेल गर्ने वा गुट निर्माण गर्ने काम गर्न नहुने कार्कीको तर्क छ ।
रास्वपाको महामन्त्री पदका अर्का उम्मेदवार गणेश कार्कीले सभापति रवि लामिछानेले अरूका लागि भोट माग्ने पार्टीको पक्का सदस्य नभएको बताए पछि त्यो भनाइलाई खिल्ली उडाइएको बताएको थियो ।
महामन्त्रीका उम्मेदवारहरूले धमाधम उम्मेदवारी फिर्ता गरी महामन्त्री विपिनकुमार आचार्यलाई समर्थन गर्न थालेपछि अर्का उम्मेदवार कार्कीले सभापति लामिछानेले महाधिवेशन उद्घाटन सत्रको भनाइ सम्झिनु भएको हो । उहाँले भन्नुभयो, ‘यही अधिवेशनमा सभापतिले उदघाटन गर्दै भन्नुभएको थियो, ‘अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन । सभापतिको भनाइ सेलाउन नपाई उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको छ । त्यसले सभापतिको भनाइलाई खिल्ली उडाउँछ, यसैले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ । यो गलत भयो । यसो नगरौं ।’
महाधिवेशन प्रतिनिधिहरूले समय, श्रम र आर्थिक खर्च गरेर लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै कार्कीले उनीहरूको स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार कुनै पनि कारणले खोस्न नहुने धारणा व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ असार १२, शुक्रबार २१:१३ गते
हजुरको प्रतिक्रिया