मनिष झा भन्नुहुन्छ, ‘मैले पार्टीमा गुट र टिके अभ्यास नहोस् भनेर प्रयास गरेँ’

मनिष झा भन्नुहुन्छ, ‘मैले पार्टीमा गुट र टिके अभ्यास नहोस् भनेर प्रयास गरेँ’

एजेन्सी

@antaranganews

२०८३ असार १२ गते शनिवार ०९:०५

महामन्त्री पदमा आचार्य, झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा भएको थियो । आचार्यले ६७३ मत पाउँदा झाले ३४६ मत पाई दोस्रो स्थानमा रहनु भयो । कार्की र ढकालले क्रमशः १६९ र १३९ मत पाउनु भएको थियो ।

केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा भने मनिष झाले २२३७ मत र आचार्यले २१२६ मत पाउनु भएको घोषणा गरिएको थियो ।

भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री पदमा पराजित हुनु भएका मनिष झाले पार्टीभित्र गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर आफूले प्रयास गरेको बताउनु भएको छ । उहाँले हिजो यहाँ रास्वपाको पदाधिकारी निर्वाचनको नतिजा घोषणापछि छोटो प्रतिक्रिया दिदै असार १२ गते त्यस्तो बताउनु भएको हो ।
रास्वपाको महामन्त्री पदमा ४ जनाबीच प्रत्यासीमध्ये विपिनकुमार आचार्य विजयी हुनु भएका छ । आचार्यले ६७३ मत पाउँदा झाले ३४६ मत पाई दोस्रो स्थानमा रहनु भयो । त्यसअघि, केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा भने मनिष झाले २२३७ मत र आचार्यले २१२६ मत पाउनु भएको घोषणा गरिएको थियो ।
निर्वाचन परिणाम आइसकेपछि यसअघि पार्टी प्रवक्ता समेत रहनु भएका झाले भन्नुभयो, ‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो, रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो । नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु, महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु । मेरो मित्र विपिनलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु ।’
उहाँले आजदेखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने पनि बताए ।
महामन्त्री पदमा आचार्य, झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा भएको थियो । कार्की र ढकालले क्रमशः १६९ र १३९ मत पाउनु भएको थियो । सो पदमा नाम फिर्ता लिनु भएकी रञ्जु दर्शनाको नाउँमा पनि ३४ मत परेको जानकारी दिइको थियो ।

प्रकाशित मिति २०८३ असार १३, शनिबार ०९:०५ गते
हजुरको प्रतिक्रिया