रास्वपा परिपक्व भएर अघि बढ्ने र चुनौती सामना गर्नेछ : सभापति रवि

रास्वपा परिपक्व भएर अघि बढ्ने र चुनौती सामना गर्नेछ : सभापति रवि

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १२ गते शनिवार १०:५३

पार्टीभित्र गुटबन्दी गर्ने छुट नभएको भन्दै उहाँले चुनावी प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा ग्रहण गर्न आग्रह साथ सभापति रविले भन्नुभयो, ’पार्टीभित्रको मनमुटावलाई अन्त्य गर्ने र कसैले गुट या फुटको बीउ रोपेर रहेछ भने जरैदेखि उखाल्न कटिबद्ध भएर लाग्नेछु ।’

सभापति रवि लामिछानेले आफ्नो पार्टीमाथि लागेका सम्पूर्ण राजनीतिक आरोपहरू महाधिवेशनले पूर्ण रुपमा खारेज गरेको बताउनु भयो ।

भरतपुर(चितवन)– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन औपचारिक रूपमा समापन भएको छ । पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण तथा समापन कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले रास्वपा फरक पृष्ठभूमिबाट राजनीतिमा आएको असार १२ गते बताउनु भएको हो ।
सभापति रवि लामिछानेले आफ्नो पार्टीमाथि लागेका सम्पूर्ण राजनीतिक आरोपहरू महाधिवेशनले पूर्ण रुपमा खारेज गरेको बताउनु भयो । पार्टीको प्रथम महाधिवेशनबाट सर्वसम्मत रुपमा रास्वपाको सभापति चयनका उहाँले शपथग्रहणपछि सम्बोधन गर्दै त्यस्तो बताउनु भएको हो । उहाँले रास्वपामाथि विचारविहीन, सिद्धान्तविहीनलगायतका आरोप लाग्ने गरेको भन्दै महाधिवेशनले ती सम्पूर्ण आरोपहरूलाई खारेज गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीका दस्तावेजहरू, पार्टीको नीति, पार्टीको विचार, पार्टीको सिद्धान्त र पार्टीको आदर्शलाई लिएर उठेका सम्पूर्ण विषयहरूलाई, हामीमाथि विचारविहीन, सिद्धान्तविहीन भन्ने संगीन आरोपहरू थिए। ती राजनीतिक आरोपहरू पूर्ण रुपमा यो ऐतिहासिक महाधिवेशनले खारेज गरेको म यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।’ यसअघिका दस्तावेजहरूमा पनि रास्वपाको सिद्धान्तबारे स्पष्ट लेखिएको भए पनि हिजोको सत्तालाई पढ्न फुर्सद नभएको उहाँले जिकिर थियो ।
सभापति रवि लामिछानेले हरेक राजनीतिक दलका आआफ्नै संघर्षका कथा हुने बताउँदै उहाँले पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो लगभग दुईतिहाइको सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व भएर अघि बढ्नेछ, प्रतिबद्ध भएर अगाडि बढ्नेछ’ भन्नुभएको छ । उहाँले देशमा विद्यमान कयौँ राजनीतिक द्वन्द्वहरू, उतारचढावभन्दा माथि उठेर देश यो अवस्थामा आइपुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अग्रज राजनीतिज्ञहरू व्यवस्था परिवर्तनको अग्निकुण्डमा नहोमिएको भए आज हामी उपलब्धिमा आइपुग्ने थिएनौँ, हाम्रा आआफ्नै चुनौती छ, त्यो चुनौतीलाई सामना गर्न तयार हुनुपर्नेछ ।’
अब आफू र पार्टीलाई अपरिपक्व बन्ने छुट नभएको मात्रै नभइ सभापति लामिछानेले देश र जनताको ठूलो आशा एवं भरोसाका कारण आफूमाथि थप जिम्मेवारी थपिएको उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘देशले आशा भरोसा गरेकाले मैले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । यसअघि मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर परिस्थितिले मलाई अपरिपक्व हुने छुट दिएको छैन, बढी जिम्मेवार, बढी परिपक्व बन्न परिस्थितिले भनेको छ ।’ सांसद, नेता तथा कार्यकर्ताहरूलाई जथाभावी नबोल्न निर्देशन दिँदै उहाँले थप भन्नुभयो, ’अब हामीलाई अध्ययन नगरी बोल्ने छुट छैन । धेरै परिपक्व भइसकेका छौं । जिम्मेवारी धेरै छन् । सानो अभिव्यक्तिले ठूलो विवाद आउन सक्छ, सबैले विशेष ख्याल गर्नुहोला ।’ उद्घाटन सत्रमा बोलाइएका अतिथिहरूसँग क्षमा पनि माग्नु भयो ।
पार्टीभित्र गुटबन्दी गर्ने छुट नभएको भन्दै उहाँले चुनावी प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा ग्रहण गर्न आग्रह साथ भन्नुभयो, ’पार्टीभित्रको मनमुटावलाई अन्त्य गर्ने र कसैले गुट या फुटको बीउ रोपेर रहेछ भने जरैदेखि उखाल्न कटिबद्ध भएर लाग्नेछु ।’
संसदीय इतिहासमा कहिल्यै नआएको नतिजाबाट स्वयं रवि लामिछाने पनि चकित बनेको तथ्य लुक्दैन ।
प्रथम महाधिवेशनकै क्रममा पनि लामिछानेले पटकपटक भन्नुभयो, ‘प्रथम महाधिवेशन अघि नै करीब दुई तिहाइ बहुमतको सरकार बनाएको दुर्लभ इतिहास यसअघि कहिल्यै भएको थिएन ।’

प्रकाशित मिति २०८३ असार १३, शनिबार १०:५३ गते
हजुरको प्रतिक्रिया