प्राचिन धार्मिक स्थल चतरामा कश्यप अधिकारी वंश प्रतिष्ठानलाई पाँच कठ्ठा जग्गा दान

प्राचिन धार्मिक स्थल चतरामा कश्यप अधिकारी वंश प्रतिष्ठानलाई पाँच कठ्ठा जग्गा दान

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १२ गते शनिवार ०९:२२

सो अवसरमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले दाताहरूलाई धन्यवाद दिने क्रममा उदार मनका उहाँहरूको सपरिवार सबैजनलाई धन्यवाद दिदै कुल पितृहरूको सदा आशीर्वाद रहिरहने बताउनु भएको थियो ।

प्रतिष्ठानका वरिष्ठल व्यक्तित्वहरूको उपस्थितिमा भएको एक अनौपचारिक कार्यक्रमका बीच उहाँह½रूले उक्त जग्गाको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेको घोषणा गर्नु भएको हो ।

चतरा(सुनसरी)– सुनसरी जिल्लाको बराहक्षेत्र नगरापलिका– ३ को प्राचिन धार्मिक स्थल चतरा निवासी दुई जना दानवीर अधिकारी बन्धुहरूले कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानलाई पाँच कठ्ठा जग्गा गर्नु भएको छ । सोही स्थान निवासी द्वय शिवप्रसाद अधिकारी र छत्रबहादुर अधिकारीले संयुक्त रुपमा उक्त जग्गाको स्वामित्व असार १३ गते हस्तान्तरण गर्नु भएको हो ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको नेतृत्वमा प्रतिष्ठानको एक टोली चतरा पुगेको थियो । सो टोलीलाई उहाँहरूले सो जग्गा हस्तान्तरण गर्नु भएको हो । सो प्रयोजनका लागि आज चतरा जानु हुनेमा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रमणि अधिकारी, कोषाध्यक्ष निमेष अधिकारी, दाता शान्तिबहादुरकी आमा, कोशी प्रदेशका अध्यक्ष शान्तिबहादुर अधिकारी, सोही समितिका वरिष्ठ उपाध्यक्ष युवराज अधिकारी, सचिव लिलाबहादुर अधिकारी, सुनसरी शाखाका अध्यक्ष वीरेन्द्र अधिकारीलगायत हुनुहुन्थ्यो ।
प्रतिष्ठानका वरिष्ठल व्यक्तित्वहरूको उपस्थितिमा भएको एक अनौपचारिक कार्यक्रमका बीच उहाँह½रूले उक्त जग्गाको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेको घोषणा गर्नु भएको हो । त्यसको स्वामित्व प्रतिष्ठानका नाउँमा (लालपूर्जा) बनाउनका लागि प्रतिष्ठानको सुनसरी शाखाका अध्यक्ष वीरेन्द्र अधिकारीलाई जिम्मा दिइएको प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष चिरञ्जीवी अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार अब छिट्टै कोशी प्रदेश समिति, सुनसरी, मोरङ र खोटाङ जिल्ला शाखाको संयुक्त समितिको बैठक बसेर त्यो जग्गालाई के कसरी प्रतिष्ठानको हितमा बहुउपयोगी बनाउन सकिन्छ ? भन्ने गुरु योजना बनाउने सहमति भएको छ ।
सो अवसरमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले दाताहरूलाई धन्यवाद दिने क्रममा उदार मनका उहाँहरूको सपरिवार सबैजनलाई धन्यवाद दिदै कुल पितृहरूको सदा आशीर्वाद रहिरहने बताउनु भएको थियो । यस्तै मनकारीदाताहरूले गर्दा नै आज प्रतिष्ठानको शिर उचो भएको छ । यसलाई थप उचा बनाउने उर्जा थपिएको छ भन्नुभयो ।
उक्त अवसरमा दाताहरूद्वय शिवप्रसाद र छत्रबहादुरले उक्त जग्गा प्रतिष्ठानलाई हस्तान्तरण गर्न पाएकोमा आफूहरूलाई गौरवबोध भएको बताउनु भएको थियो । उहाँहरूले उक्त जग्गाको उचित उपायोग हुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति २०८३ असार १३, शनिबार २१:२२ गते
हजुरको प्रतिक्रिया