वर्षौंदेखि निर्माण अलपत्र सडकमा स्थानीयले धान रोपेर गरे विरोध

वर्षौंदेखि निर्माण अलपत्र सडकमा स्थानीयले धान रोपेर गरे विरोध

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १३ गते आईतबार ०५:५३

मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेबजारबाट वडानं ३ हुँदै २ र १ हुँदै जिल्लाको पुरानो सदरमुकाम रहेको कुन्छा बजार अर्थात सुन्दरबजार नगरपालिका– १ मा जोडिन्छ । मध्यनेपाल नगरपालिका– ५ ले उक्त सडकमा नजोडिए पनि जिल्ला सदरमुकाम जानका लागि सोही सडकको प्रयोग गर्ने गर्दछन् ।

उक्त सडक खण्डको वडानं ४ देखि २ सम्मको क्षेत्रमा कालोपत्रे गरेर पनि भत्किन थालिसकेको छ । तर दुर्वै नगरपालिकाको वडानं १ क्षेत्रमा कालोपत्रे गर्ने कार्य भने त्यस अगाडि बढ्न सकेन ।

जिताबेसी(लमजुङ)– लमजुङको दक्षिण पश्चिम क्षेत्रको मध्यनेपाल नगरपालिका– १ को जीताबेसीमा वर्षौंदेखि निर्माण अलपत्र सडकमा स्थानीयले धान रोपेर विरोध गर्नुका साथै सरकारको ध्यानकर्षण गरेका छन् । मध्यनेपाल नगरपालिका– १ देखि ५ नं वडासम्मका बासिन्दाहरूले जिल्ला सदरमुकाम बेसीशहर जाने सडक नै त्यही हो ।
सडकमा धान रोपिएको स्थान मध्यनेपाल नगरपालिका– १ को बगुवा बजारदेखि इजार खोला बीचको सडक खण्डमा हो । मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेबजारबाट वडानं ३ हुँदै २ र १ हुँदै जिल्लाको पुरानो सदरमुकाम रहेको कुन्छा बजार अर्थात सुन्दरबजार नगरपालिका– १ मा जोडिन्छ । मध्यनेपाल नगरपालिका– ५ ले उक्त सडकमा नजोडिए पनि जिल्ला सदरमुकाम जानका लागि सोही सडकको प्रयोग गर्ने गर्दछन् । उक्त सडक सुन्दरबजार नगरपालिका– १ को कुन्छाबजार, वडानं २ को परेवाडाँडा हुँदै वडानं– ६ स्थित खत्रीठाँटीमा जोडिने गर्दछ ।
बेसीशहरबाट पोखरा र पोखराबाट बेसीशहर सोही रुट हुँदै २/२ वटा गाडी आज पनि दैनिक चल्छन् भने मध्यनेपाल नगरपालिका– ७ को रामबजार र वडानं ४ को दुई पिप्लेबाट एक एक वटा गाडी जिल्ला सदरमुकाम जाने गर्दछन् ।
उक्त सडक खण्डको वडानं ४ देखि २ सम्मको क्षेत्रमा कालोपत्रे गरेर पनि भत्किन थालिसकेको छ । तर दुर्वै नगरपालिकाको वडानं १ क्षेत्रमा कालोपत्रे गर्ने कार्य भने त्यस अगाडि बढ््न सकेन । गण्डकी प्रदेश सरकारले हेर्नु पर्ने उक्त सडक करिब ३ वर्षदेखि सो खण्ड कालोपत्रे हुन्छ भन्दै टार्दै आएको स्थिति छ । यसप्रकार उक्त सडकको कालोपत्रे निर्माण कार्य लामो समयदेखि अलपत्र परेपछि स्थानीयले सडकमै धान रोपेर विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।
सडक लामो समयदेखि नबनेको भन्दै वर्षाको समयमा सडक झन् हिलाम्मे हुने समस्या रहेको स्थानीय रघु घिमिरेले बताउनु भयो । उहाँका अनुसार सडक निर्माणको काम लामो समयदेखि अघि नबढ्दा दैनिक आवतजावतमा सास्ती हुँदै आएको छ । विशेषगरी वर्षायाममा सडक हिलाम्मे हुँदा सडक वारपार गर्न पैदल यात्रीलाई समेत सास्ती हुने गरेको छ । सवारी साधन सञ्चालन गर्न कठिन हुने अवस्था रहेको छ ।
हामीले परम्परागत रुपमा धान खेती गर्दै आएको ठाउँ हो, सडक बन्दा र हामीलाई पनि सुविधा होला भनेर खेत मासेर सडक बनाउन दिएको काम नलागेपछि अब फेरि खेत बनाउनु पर्ने बाध्यता आइलागेको स्थानीय शान्ता मिश्र तथा बविता घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सडक बनाइदेउ भनेर सम्बन्धित निकायमा भन्न जानभन्दा खेत रोप्न जाति भन्ने लाग्यो धान रोप्नेहरूले बताएका छन् ।

प्रकाशित मिति २०८३ असार १४, आईतवार १७:५३ गते
हजुरको प्रतिक्रिया