स्काउटको सात दिने आधारभूत प्रशिक्षण समापन

स्काउटको सात दिने आधारभूत प्रशिक्षण समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १६ गते बुधबार ०९:३८

सहभागीहरूलाई जीवन उपयोगी सैद्धान्तिक र व्यवहारिक ज्ञान र सीप सिकाइएको प्रमुख प्रशिक्षक गण्डकी प्रदेशका प्रमुख सागर पौडेलले बताउनु भयो । साथमा नेतृत्व विकास, टोली व्यवस्थापन तथा विपद् व्यवस्थापनका साथमा स्काउटका सिद्धान्त, अनुशासनलगायतका व्यवहारिक ज्ञान र सीप समेत सिकाइएको थियो ।

उक्त प्रशिक्षणमा जिल्ला स्थित आठ वटै पालिकाका २३ जनाले भाग लिएका थिए ।

बेसीशहर– लमजुङमा नेपाल स्काउटको जिल्लास्तरीय आधारभूत सातदिने प्रशिक्षणको समापन गरिएको छ । सो तालिमका सहभागीहरूलाई जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, एकीकृत सेवा कार्यालय प्रमुख मिताकुमारी थापा र प्रमुख प्रशिक्षक गण्डकी प्रदेशका प्रमुख सागर पौडेलले संयुक्त रुपमा प्रमाण पत्र वितरण गर्दै असार १६ गते समापन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङका प्रमुख गुरुङले स्काउटले अनुशासन, नेतृत्व क्षमता, सेवाभाव र सामाजिक उत्तरदायित्वको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूलाई स्काउट अभियानमा सक्रिय रुपमा सहभागी हुन आग्रह गर्नु भयो । यस्ता तालिमले दक्ष, जिम्मेवार र सेवामुखी नागरिक तयार पार्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भएको थियो ।
प्रशिक्षणका सहभागीहरूलाई जीवन उपयोगी सैद्धान्तिक र व्यवहारिक ज्ञान र सीप सिकाइएको प्रमुख प्रशिक्षक गण्डकी प्रदेशका प्रमुख सागर पौडेलले बताउनु भयो । उहाँका अनुसार नेतृत्व विकास, टोली व्यवस्थापन तथा विपद् व्यवस्थापनका साथमा स्काउटका सिद्धान्त, अनुशासनलगायतका व्यवहारिक ज्ञान र सीप सहभागीले हासिल गरेका छन् ।
अर्का प्रशिक्षक तथा नेपाल स्काउट लमजुङका जिल्ला संयोजक तीर्थ गुरुङले स्काउट केवल एउटा संगठन नभई जिम्मेवार, अनुशासित र सेवाभावी नागरिक निर्माण गर्ने अभियान भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा कोर्स लिडर राम श्रेष्ठले तालिम अवधिभर सञ्चालन भएका गतिविधि, सहभागीहरूको सक्रियता तथा उपलब्धिसहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रशिक्षणका सहभागी मनु घिरीले तालिम अतिनै उपलब्धिमूलक रहेको बताउँदै यसबाट नेतृत्व विकास, समूहमा काम गर्ने कला, अनुशासन र सामाजिक सेवाको भावना अभिवृद्धि भएको अनुभव सुनाउनु भएको थियो । घिरीले तालिममा प्राप्त ज्ञानलाई आगामी दिनमा समुदायमा प्रयोग गर्ने प्रतिबद्धता सोथ व्यक्त गर्नु भएको छ ।
एकीकृत सेवा कार्यालय लमजुङको आयोजनामा भएको उक्त प्रशिक्षणको सोही कार्यालयका प्रमुख मिता कुमारी थापाको अध्यक्षता भएको समापन कार्यक्रमको सञ्चालन सोही कार्यालयकी केन्द्र प्रमुख सिर्जन पौडेलले गर्नु भएको थियो । उहाँका अनुसार उक्त प्रशिक्षणमा जिल्ला स्थित आठ वटै पालिकाका २३ जनाले भाग लिएका थिए ।

प्रकाशित मिति २०८३ असार १७, बुधबार २१:३८ गते
हजुरको प्रतिक्रिया