कर्णालीमा यात्रुबाहक बस दुर्घटना, १३ बेपत्ता एकको शव फेला, उद्धार कार्य जारी

कर्णालीमा यात्रुबाहक बस दुर्घटना, १३ बेपत्ता एकको शव फेला, उद्धार कार्य जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १७ गते बिहिबार ०७:५३

चामुण्डाबिन्द्रासैनी(दैलेख)– दैलेख जिल्लाको स्थानीय नगरपालिका– ७ को कर्णाली राजमार्गमा साङ्गेतडा सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । सो घट्नामा १३ जना बेपत्ता भएको एक जनाको शव फेला परेको र उद्धार कार्य जारी रहेको प्रहरीले...

चामुण्डाबिन्द्रासैनी(दैलेख)– दैलेख जिल्लाको स्थानीय नगरपालिका– ७ को कर्णाली राजमार्गमा साङ्गेतडा सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । सो घट्नामा १३ जना बेपत्ता भएको एक जनाको शव फेला परेको र उद्धार कार्य जारी रहेको प्रहरीले आज असार १८ गते जनाएको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको बस आज बिहान करिब साढे ११ बजे दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बस सडकबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले बताउनुभयो । उहाँका अनुसार बेपत्ता भएका यात्रुहरूको खोजी कार्य जारी रहेको छ । उहाँले भन्नुभयो, प्रारम्भिक सूचना अनुसार उक्त बसमा १३ नना यात्रु सवार थिए ।
प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरी बल, गोताखोरको टोली, नेपाल प्रहरी तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसबाट संयुक्त टोली खटिएको छ । उद्धार टोली ३५ जना प्रहरी परिचालन भएको प्रहरी भनाइ छ ।
दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ ।

प्रकाशित मिति २०८३ असार १८, बिहीबार १९:५३ गते
हजुरको प्रतिक्रिया