कर्णाली बस दुर्घटना : २४ घण्टा बित्यो, एकजनाको पहिचान खुल्यो, अन्य यात्रुको स्थिति अज्ञात, नदीमा डुबेको गाडी अझै फेला परेन

कर्णाली बस दुर्घटना : २४ घण्टा बित्यो, एकजनाको पहिचान खुल्यो, अन्य यात्रुको स्थिति अज्ञात, नदीमा डुबेको गाडी अझै फेला परेन

एजेन्सी

@antaranganews

२०८३ असार १८ गते शुक्रबार ०२:२७

उक्त गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका– ७ माझीगाउँका २८ वर्षीय तुलाराम सुवेदीले चलाएका थिए। गाडीमा उनका सहोदर दाइ ३१ वर्षीय रामप्रसाद सुवेदी सहचालक रहको खुलेको छ । उनीहरूका श्रीमती कलिला सन्तान च्यापेर श्रीमान खोज्न घटनास्थल गएको काका डिल्लीसुवेदीले बताउनु भयो ।

दैलेख दुर्घटनाको २४ घण्टा बित्यो, कर्णालीमा हेलिएको गाडी अझै भेटिएन नसकेको छैन भने यात्रीको संख्या यकिन हुन सकेको छैन ।

सांगेतारा(दैलेख)– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ सांगेतारामा हिजो भएको फोर्स गाडी दुर्घटनामा भीरबाट खसेर मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । दैलेख दुर्घटनाको २४ घण्टा बित्यो, कर्णालीमा हेलिएको गाडी अझै भेटिएन नसकेको छैन भने यात्रीको संख्या यकिन हुन सकेको छैन । कर्णाली नदीमा खसेको गाडी असार १९ गते मध्यान्ह १ बजेसम्म पनि फेला पर्न नसकेको हो ।
पहिचान भएका मृतक कालीकोट पचालझरना गाउँपालिका– ९ निवासी जोखे तिरुवा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकका बुबाले शवको सनाखत गरेपछि मृतकको पहिचान खुलेको हो ।
दैलेख दुर्घटनाको २४ घण्टा बित्यो, कर्णालीमा हेलिएको गाडी अझै भेटिएन नसकेको छैन भने यात्रीको संख्या यकिन हुन सकेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा बेपत्ता गाडी तथा सम्भावित यात्रुको खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार प्रारम्भिक सूचना अनुसार सो गाडीमा १४ जना सवार भएको अनुमान गरिएको भएता पनि पछि भने ५ देखि ६ जना सवार रहेको बुझिएको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सांगेतारा क्षेत्रमा दुर्घटना भएको थियो । बिहान करिब साढे ११ बजेतिर कर्णाली नदीमा गाडी नदीमा बेपत्ता भएकाले त्यसको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको दैलेखका प्रहरी प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाग्रस्त गाडीमा कतिजना सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन । उहाँले भन्नुभयो, ‘दुर्घटनाको कारणसमेत खुल्न बाँकी रहेको छ ।’ वर्षाले नदीमा जलसतह बढेको र पानी धमिलो भएका कारण गाडी अझै फेला पर्न सकेको छैन ।
कर्णाली नदीको पानी अत्यधिक धमिलो रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको सशस्त्र प्रहरी बलका महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीले बताउनु भयो । उहाँका अनुसार प्रतिकूल अवस्थाका बाबजुद गोताखोर टोलीले निरन्तर खोजी जारी राखेको छ तर उपलब्धि हुन सकेको छैन ।
गाडीका चालक र सहचालक सहोदर दाजु–भाइ :
यसैबीच, हिजो कर्णाली नदीमा खसेको गाडीको चालक र सहचालक सहोदर दाजु–भाइ रहेको खुल्न आएको छ । तर उनीहरू दुवैको अवस्था अज्ञात छ । त्यो रूटम तुलारामले आफ्नै गाडी चलाउन थालेको दुई–तीन महिना मात्रै भएको थियो ।
उक्त गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका– ७ माझीगाउँका २८ वर्षीय तुलाराम सुवेदीले चलाएका थिए। गाडीमा उनका सहोदर दाइ ३१ वर्षीय रामप्रसाद सुवेदी सहचालक रहको खुलेको छ ।
तुलारामले गएको दसैँमा मात्रै त्यो गाडी किनेको उनको काका नाता पर्ने डिल्ली सुवेदीले बताउनु भयो । उहाँका अनुसार त्यसअघि तुलाराम दिदीको गाडी चलाउँथे । उहाँका अनुसार दुवै दाजु–भाइका श्रीमती र स–साना छोरा–छोरी पनि छन् । दुई भाइ नै कर्णालीमा बेपत्ता भएको खबरले घर परिवार, आफन्त र छरछिमेक चिन्ता छाएको छ डिल्लीले बताउनु भयो । उनीहरूले छिटोभन्दा छिटो खोजी गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
रामप्रसाद र तुलारामका श्रीमती कलिला सन्तान च्यापेर श्रीमान खोज्न घटनास्थल गएको काका डिल्लीको भनाइ छ । उहाँका अनुसार गाडी किनेपछि तुलारामले भारतमा रहेका आफ्ना दाइ रामप्रसादलाई पनि बोलाएका थिए । दाजु–भाइ मिलेर काम गर्दा घर गृहस्थी चलाउन पनि सजिलो हुँदै गएको थियो ।
उहाँले भन्नुभयो, ’आफ्नो ठाउँमा केही गरौं भनेर ऋण लिएर गाडी किनेका थिए । सबै कर्णालीले लग्यो ।’
रामप्रसाद र तुलाराममध्ये एक जनाले दैलेखको एउटा होटेलमा फोन गरेर आफूहरू आउँदै गरेको जानकारी गराउँदै खाना तयार राख्न भनेको पनि खुलेको भए पनि गाडीमा कति यात्रु थिए भनेर अहिलेसम्म नखुलेको डिएसपी विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार आज बिहानदेखि फेरि दुर्घटनास्थल कर्णाली नदी आसपासमा खोजी कार्य जारी रहेको छ ।
उहाँले भन्नुभयो, ‘हिजो जस्तै आज पनि एपिएफका गोताखोरहरूबाट कर्णालीमा डुबेका गाडीसंगै यात्रुको खोजी गर्ने कार्य सुरु भएको छ, तर पानी परेकाले खोजीकार्यमा कठिनाइ भएको छ ।’
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट हिजो दिउँसो करिब १ः३० बजे घटना स्थलतर्फ गएकोमा घटनास्थल पुग्दा साँझको करिब ५ः३० बजेको थियो सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताउनु भयो । उहाँका अनुसार ६ जना गोताखोर साथमा गएका छन् । घट्नास्थल बाहिनीबाट झन्डै ९५ किलोमिटर दुरीमा रहेको छ ।
बेपत्ता भएको गाडीसहितका यात्रुहरुको खोजीका लागि झन्डै एक सय सुरक्षाकर्मी तथा त्यत्तिकै संख्यामा स्थानीय लागि परेका प्रनाउ विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनास्थल अफ्ठ्यारो र जोखिमयुक्त स्थान भने होइन । घुम्ती वा मोड तथा ठूलो उकालो पनि छैन । सडक पनि कालोपत्रे छ । उहाँल्े भन्नुभयो, ‘अचानक उत्पन्न यान्त्रिक त्रुटि वा सामान्य मानवीय त्रुटिका कारण गाडी कर्णालीमा खसेको हुनसक्छ ।’
हालसम्म पनि गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन दैलेखका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ऋषिराज गौतम हरिजनले बताउनु भयो । उहाँका अनुसार सुर्खेतमा ३ जना यात्रुले चलानी काटेको खुलेको छ ।
थप अनुसन्धानपछि खुल्ने छ उहाँले उल्लेख गर्नु भयो ।

प्रकाशित मिति २०८३ असार १९, शुक्रबार १४:२७ गते
हजुरको प्रतिक्रिया