त्रिविको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त, अन्य विश्वविद्यालयमा को को ?

त्रिविको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त, अन्य विश्वविद्यालयमा को को ?

एजेन्सी

@antaranganews

२०८३ असार १८ गते शुक्रबार ०८:०८

पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल र सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट नियुक्त हुनु भएको छ ।

खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाइएको थियो ।

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक प्रा.डा. भोला थापा नियुक्त हुनु भएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहनु भएका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् ।
खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाइएको थियो ।
उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले आज नियुक्त गर्नु भएको हो ।
प्रा.डा. भोला थापाको संक्षिप्त चिनारी ः
डा. भोला थापा प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रार बनेका उहाँ २०७७ माघमा केयूको उपकुलपति नियुक्त हुुनु भएको हो । थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानका क्षेत्रमा सक्रिय हुनुहुन्छ । नयाँ बानेश्वर निवासी डा. थापाले सन् १९८३ मा ल्याबोरेटोरी हाई स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेजबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह (पीसीएल) पूरा गर्नु भएको छ । नेपाल सरकारको कोलम्बो प्लान छात्रवृत्ति अन्तर्गत भारतको पञ्जाब इन्जिनियरिङ कलेजबाट सन् १९९१ मा मेकानिकल इन्जिनियरिङमा स्नातक (बीई) गर्नु भएका उहाँले सन् १९९९ मा भारतकै बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट स्नातकोत्तर (एमई) गर्नु भएको हो । त्यसपछि सन् २००४ मा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट स्याण्ड इरोजन इन हाइड्राउलिक मेसिनरीमा बालुवाको क्षयीकरण विषयमा विद्यावारिधिको उपाधि हासिल गर्नु भएको छ ।
डा. थापा सन् १९९४ मा लेक्चररका रूपमा विश्वविद्यालयमा प्रवेश गरेका उहाँ सन् २००८ देखि निरन्तर प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । प्राज्ञिक भूमिकाका साथै उहाँले काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागको प्रमुख, स्कुल अफ इन्जिनियरिङको डिन (सन् २००८–२०१६) र विश्वविद्यालयको रजिस्ट्रार (सन् २०१३–२०१८) जस्ता पदीय जिम्मेवारीको अनुभव हासिल गर्नु भएको छ ।
इन्जिनियरिङमा स्नातक सकेपछि सरकारी कामको थालनी गर्नु भएका उहाँले काठमाडौं विश्वविद्यालयबाट उपप्राध्यापकमा नाम निकाल्नु भएको थियो ।
मेकानिकल इन्जिनियरिङमा स्नातक गर्नु भएका उहाँले स्नातकोत्तरमा टर्बाइन रनर र विद्यावारिधि हाइड्रोलिक मेसिनहरूमा बालुवाका कणले हुने घिसावट (क्षरण) मा गर्नु भएको छ ।
अन्य विश्वविद्यालयका उपकुलपतिमा को को ?
यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल र सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट नियुक्त हुनु भएको छ ।

प्रकाशित मिति २०८३ असार १९, शुक्रबार २०:०८ गते
हजुरको प्रतिक्रिया