सुन्दरबजार– ७ वडा समितिद्वारा गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण

सुन्दरबजार– ७ वडा समितिद्वारा गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण

विष्णुकुमार श्रेष्ठ

@antaranganews

२०८३ असार १८ गते शुक्रबार १०:१३

वडा अध्यक्ष जयराम रेग्मीले वडाले विगत वर्षदेखि नियमित रूपमा गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गर्दै आएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

वडा कार्यालय र सुन्दरबजार अस्पतालबीचको सहकार्यले सुरक्षित मातृत्व तथा स्वस्थ शिशु निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ७ को वडा समितिले गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ । सुन्दरबजार अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष जयराम रेग्मीको अध्यक्षतामा १२ जना गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार तथा स्वास्थ्य सामग्री असार १८ गते हस्तान्तरण गरिएको हो ।
गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले सो कार्य गरिएको वडा अध्यक्ष रेग्मीले बताउनु भयो । उहाँका अनुसार वितरण गरिएका सामग्रीमा घ्यू, दाल, अण्डा, चना, केराउ, राजमा तथा साबुन रहेका छन् । उहाँले भन्नुभयो, ‘आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै यी सामग्री उपलब्ध गराइएको हो ।’
वडा अध्यक्ष जयराम रेग्मीले वडाले विगत वर्षदेखि नियमित रूपमा गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गर्दै आएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । वडा कार्यालय र सुन्दरबजार अस्पतालबीचको सहकार्यले सुरक्षित मातृत्व तथा स्वस्थ शिशु निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सुन्दरबजार अस्पतालकी वरिष्ठ अनमी सपना परियारले गर्भावस्था र सुत्केरी अवस्थामा सन्तुलित पोषणको महत्व, आमा तथा नवजात शिशुको स्वास्थ्यमा पोषणको भूमिका तथा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे जानकारी गराउनुभएको थियो ।
वडा सचिव सिताराम प्रसाद शाहले सञ्चालन गर्नुभएको कार्यक्रममा सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. प्राथमिक श्रेष्ठ, वडा सदस्य सन्तोष श्रेष्ठ, अस्पतालका स्वास्थ्यकर्मी तथा लाभग्राही महिलाहरूको सहभागिता रहेको थियो ।
सुन्दरबजार नगरपालिका– ७ ले सुरक्षित मातृत्व प्रवद्र्धन तथा आमा–शिशुको पोषण सुधारका लागि आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति २०८३ असार १९, शुक्रबार २२:१३ गते
हजुरको प्रतिक्रिया