हेलो सरकारमा उजुरी : ६०० प्रतिशतले बृद्धि, ६० प्रतिशत फर्स्योट

हेलो सरकारमा उजुरी : ६०० प्रतिशतले बृद्धि, ६० प्रतिशत फर्स्योट

एजेन्सी

@antaranganews

२०८३ असार २० गते आईतबार ०७:४४

यस प्रणालीमा संघ, प्रदेश र स्थानीय तहका गरी तीन हजार ७७० कार्यालयहरू आबद्ध छन् । प्राप्त गुनासाहरूमध्ये करिब ६० प्रतिशत फस्र्योट भइसकेका छन् प्रतिवेदनमा भनिएको छ ।

कुन मन्त्रालयमा कति गुनासो आयो र कति समाधान भयो भन्ने जानकारी तत्काल प्राप्त हुने सरकारको भनाइ छ ।

काठमाडौँ– रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएयता नागरिकका गुनासा सुन्ने संयन्त्र ‘हेलो सरकार’मा उजुरीको संख्यामा चमत्कारिक वृद्धि भएको छ । सरकारले सार्वजनिक गरेको एक सय दिनको उपलब्धि प्रतिवेदनमा पछिल्ला सय दिनमा हेलो सरकारमा प्राप्त हुने उजुरी तथा गुनासाहरू छ सय प्रतिशतले बढेको साउन २० गते सार्वजनिक भएको हो ।
सरकारले यो वृद्धिलाई नागरिकको सरकारप्रतिको बढ्दो विश्वास र भरोसा भन्ने दावी गरिएको छ । प्राप्त गुनासाहरूमध्ये करिब ६० प्रतिशत फस्र्योट भएको समेत प्रतिवेदनमा उल्लेख छ । हेलो सरकार संयन्त्रलाई स्तरोन्नति गरी नागरिक संवादको ‘प्लेटफर्मु’का रूपमा विकास गरिएको हुनाले यसरी उजुरी र गुनासा गर्नेहरूको संख्या ह्वात्तै बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जनाएको छ ।
गृह मन्त्रालयले समेत देशभरका नागरिकका गुनासा र सुझावलाई सम्बोधन गर्न २४ घण्टा चल्ने ‘राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको प्रतिवेदनमा भनिएको छ ।
सो कार्यालयका अनुसार हाल यस प्रणालीमा संघ, प्रदेश र स्थानीय तहका गरी तीन हजार ७७० कार्यालयहरू आबद्ध छन् । प्राप्त गुनासाहरूमध्ये करिब ६० प्रतिशत फस्र्योट भइसकेका छन् प्रतिवेदनमा भनिएको छ । एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयका गुनासो समाधानको प्रगति ‘रियल टाइम’मा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यसका साथै हेलो सरकारलाई अन्य निकायका गुनासो सुन्ने संयन्त्रहरूसँग समेत एकीकृत गरी थप सुदृढ बनाइएको छ ।
देशभरका नागरिकका गुनासो, सुझाव र अनुरोधलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न गृह मन्त्रालयले २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । गृह बाहेक अन्य मन्त्रालयहरूले पनि आफ्नै विशिष्ट प्रणाली विकास गरी गुनासो व्यवस्थापनलाई तीव्रता दिएको दस्तावेजमा उल्लेख छ ।
कुन मन्त्रालयमा कति गुनासो आयो र कति समाधान भयो भन्ने जानकारी तत्काल प्राप्त हुने सरकारको भनाइ छ ।

प्रकाशित मिति २०८३ असार २१, आईतवार ०७:४४ गते
हजुरको प्रतिक्रिया