
बेसीशहर– जिल्ला अदालत लमजुङले चालु आर्थिक वर्षको हालसम्म ७ सय ९० मुद्धा फछ्रर्यौट गरेको जनाएको छ । अदालतले पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक लक्ष्य र सोको प्रगति विवरणबारे असार १९ गते जानकारी दिएको हो ।
अदालतको वार्षिक लक्ष्य, अनुमानित दर्ता लगत, लगत अनुसारको प्रगति विवरण, मुद्धाको प्रकृति, विवरण र फैसाला कार्यान्वयनको अवस्था बारे जिल्ला अदालतका श्रेस्तेदार रामबुन्धु गौतमले जानकारी गराउनुभएको थियो । उहाँका अनुसार सार्वजनिक विवरण अनुसार जिल्ला अदालतमा दर्ता भएका विभिन्न प्रकृतिका मुद्धा मध्ये चालु आर्थिक वर्षको असार १८ गतेसम्म ७ सय ९० मुद्धा छिनोफानो भएको छ ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालले अघिल्ला वर्षहरूको तुलनामा चालु आर्थिक वषृमा अधिक मुद्धा छिनोफानो भएको बताउनुभयो । जिल्ला अदालत लमजुङले गत आर्थिक वर्ष २०८१/८२ मा ६७ दशमलव १९ प्रतिशत र ०८०/८१ मा ६६ दशमलव १५ प्रतिशत मुद्धा फस्र्यौट गरेको थियो ।
चालु आर्थिक वर्ष फर्छफौट हुन बाँकी २ सय ४ मुद्धा मध्ये १२ थान गत वर्षबाट जिम्मेवारी सरेका र १ सय ९२ थान चालु वर्ष नयाँ दर्ता मुद्धा रहेका छन् । अदालतमा बाँकी रहेका मुद्धा मध्ये तिन वटा १८ महिना देखि २ वर्ष भित्रका रहेका छन भने १ सय ७६ वटा ६ महिना भित्रका, १६ वटा ६ महिनादेखि एकवर्ष भित्रका र ९ वटा मुद्धा एकवर्षदेखि १८ महिना भित्रका मुद्धा रहेका छन् ।
अदालतमा चालु वर्ष नयाँ दर्ता मुद्धा ६ सय ४५ र गत वर्षको जिम्मेवारी सरी आएको ३ सय ४९ गरी कुल ९ सय ९४ मुद्धा रहेकोमा जिम्मेवारी सरेको ३ सय २७ र नयाँ दर्ता ४ सय ६३ गरी ७ सय ९० मुद्धा छिनोफानो भएको उहाँको भनाइ छ ।
अदालतले चालु आर्थिक वर्षको वार्षिक अनुमानित मुद्धा दर्ता लगत ११ सय ५० र वार्षिक फर्छयौट लक्ष्य ७ सय ४७ लक्ष्य राखेको थियो । वार्षिक लक्ष्यको आधारमा १ सय ५ दशमलव ७६ प्रतिशत प्रगति हासिल गरेको अदालतले लगतको आधारमा ७९.४८ प्रतिशत मुद्धा फर्छयौट गरेको गौतमको भनाइ छ ।
जिल्लामा सबैभन्दा बढी देवानी प्रकृतिका मुद्धा सख्या रहेको छ । सोबाहेक सरकारवादी फौजदारी, दुनियावादी फोजदारी, रिट÷निषेधाज्ञा÷पुनरावेदन प्रकृतिको मुद्धा दर्ता हुने गरेको छ । अदालतले चालु आर्थिक वर्षमा सवैभन्दा धेरै मंसिर महिनामा १ सय २४ थान मुद्धा फछर्यौट गरेको जनाएको छ ।
यसैगरी कार्तिकमा ९७, बैशाखमा ९१, असोज ७४, माघमा ६१, जेठ ६० पुसमा ६०, भदौमा ५५, चैतमा ५३, असारमा महिनामा ४१, साउनमा ३६ र फागुन महिनामा २८ थान मुद्धा फछ्र्यौट भएको अदालतको प्रगति विरणमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा अदालतसँग सम्वन्धित कानुन बमोजिम गोप्य राख्नुपर्ने बाहेकका सूचनाहरू पत्रकारहरूबाट माग भएमा संस्थागत रुपमा तोकिएको आधिकारिक व्यक्ति तथा सूचना अधिकारीमार्फत उपलव्ध गराउने कार्य हुँदै आएको अदालतको भनाइ छ ।
प्रकाशित मिति २०८३ असार २१, आईतवार ०८:५३ गते