आफ्नै शरीरमा पेट्रोल छर्केर जलेका गणेश नेपालीको उचारका क्रममा मृत्यु

आफ्नै शरीरमा पेट्रोल छर्केर जलेका गणेश नेपालीको उचारका क्रममा मृत्यु

एजेन्सी

@antaranganews

२०८३ असार २५ गते शुक्रबार ०४:३७

वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका थिए ।

नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको चिकित्सकको भनाइ थियो । मृतक नेपालीको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल तयारी भइरहेको छ ।

काठमाडौं– आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । उपचारकै क्रममा मृत्यु भएको वीर अस्पतालले जनाएको छ । काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले असार २६ गते मृत घोषणा गरेको छ । उनी २५ वर्षका थिए ।
मुगु जिल्लाको सोरू गाउँपालिका– २ का स्थायी बासिन्दा नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । हिजो दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको चिकित्सकको भनाइ थियो ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका थिए ।
मोटरसाइकल महानगर प्रहरीले लग्न लागेपछि उनले आत्मदाह गरेको एसपी भट्टराईको भनाइ छ । उनले आफैंमाथि आगो लगाएपछि त्यहाँ रहेका विभिन्न व्यक्तिले पानी छर्केर निभाएका थिए । त्यसपछि प्रहरी र सर्वसाधरणले डोर्याएर मुख्य सडकसम्म ल्याएर ट्याक्सी खोजेर त्यसमा राखेर उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनलाई यर एम्बुलेन्सबाट थप उपचारका लागि भारत पठाउने तयारी भइरहदा चिकित्सक टोलीले पठाउने आँट गर्न सकेको थिएन ।
हिजो २५ गते दिउँसो १ः४० बजेतिर नेपालीले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग पछाडिको सडकमा आफैंमाथि आगजनी गरेका थिए । राइड सेयरिङका राइडर उनी यात्रु लिएर विभाग पुगेका थिए । उनको मोटरसाइकलमा ह्विल लक लगाएको विषयमा काठमाडौं महानगर प्रहरी बलका अधिकारीसँग विवाद भएको थियो । काठमाडौं महानगर प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले बताउनु भयो । उर्हाँका अनुसार उनी त्यहाँ अन्दाजी ११ बजेतिर विभाग पुगेका थिए । विवाद भएपछि त्यहाँबाट निस्किएका उनी १ः४० तिर फर्किएका थिए ।
नगर प्रहरीले नमिल्ने स्थानमा बाइक रोकेको भन्दै लक लगाएको र गणेश नेपालीले बाइकमा बस्दा पनि लक लगाएको भन्दै आक्रोश पोखेका छन् । नगर प्रहरीले ‘नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर के माला लगाइदिने ?’ भन्दै प्रतिप्रश्न गरेपछि दुवै पक्ष बीच भनाभन भएको सार्वजनिक भिडियोमा स्पष्टसँग सुन्न सकिन्छ ।
मृतक नेपालीको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल तयारी भइरहेको छ ।
उनको मृत्यूको विरोधमा माइतिघर मण्डलामा सरकार विरुद्ध नाराबाजी सुरु भएको छ ।

प्रकाशित मिति २०८३ असार २६, शुक्रबार १६:३७ गते
हजुरको प्रतिक्रिया