
काठमाडौं– यहाँ अर्का एक पुरुषद्वारा फरि आत्मदाहको प्रयास भएको छ । काठमाडौंको बुद्धनगर क्षेत्रमा पारिवारिक विवादपछि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् । आगोले पोलेर गम्भिर अवस्थामा रहेका उनको उपचारका लागि बीर अस्पतालमा असार २७ गते लगिएको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा एक २५ वर्षीय युवाले आत्मदाह प्रयासपछि उनको दुःखद् निधन भएको घाउ निको नहुँदै राजधानीमा फेरि अर्को आत्मदाहको प्रयास भएको खुलासा भएको हो । काठमाडौं महानगरपालिका– १० बुद्धनगरस्थित डेरामा बस्दै आएका ४५ वर्षीय आश्विन राउतले आज बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रहरी भनाइ छ ।
उक्त अप्रिय कदमको पछाडि पारिवारिक विवाद कारक देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार राउतको केही समयअघि आफ्ना छोरासँग घरायसी विषयमा विवाद भएको खुलेको प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले बताउनु भयो । उहाँका अनुसार घरमा श्रीमती र छोरा नभएको मौका छोपेर उनले बिहान सवा ६ बजेतिर भान्सा कोठामा छिरेर आफैँमाथि तेल खन्याई आगो सल्काएको थिए ।
राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए । तर, घटना घटेको समयमा उनकी श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन । अघिल्लो दिन राउतको आफ्नै छोरासँग विवाद भएको छिमेकीले बताएको प्रहरी प्रवक्ता भट्टराईले बताउनु भएको छ ।
प्रहरीका अनुसार भान्साबाट आगोको लप्का र धुवाँ निस्किएपछि परिवारका अन्य सदस्य र स्थानीयवासीले थाहा पाएर उनलाई उद्धार गरेका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनलाई उपचारका लागि वीर अस्पताल पु¥याएको छ ।
आगोबाट गम्भीर घाइते भएका राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सो कार्यालयका अनुसार राउतको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको र अवस्था चिन्ताजनक रहेको छ ।
प्रहरी प्रवक्ता भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८३ असार २७, शनिबार १४:२३ गते