अपाङ्गता भएका व्यक्तिहरूलाई सैलुन सेवामा ५० प्रतिशत छुट सुविधा दिन सहमति

अपाङ्गता भएका व्यक्तिहरूलाई सैलुन सेवामा ५० प्रतिशत छुट सुविधा दिन सहमति

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार २६ गते शनिवार ०५:१५

सो सेवा सुविधा सम्बन्धि सहमति पत्र आदनप्रदान गरेसँगै उक्त अवसरमा अपाङ्गता अभियन्ता एवम् अपाङ्ग संरक्षणका अध्यक्ष चन्द्रकान्त पौडेल र सो संस्थाका सचिव सीताराम बसेलले ५० प्रतिसत छुटको पहिलो सेवा आजै लिनुभएको समेत जानकारीमा आएको छ ।

बेसीशहर नगरपालिका– ८ को सेराचोकमा लामो समयदेखि सेवा दिदै आइरहेको गोल्डेन युनि सेक्स सैलुनले अपाङ्गता भएका व्यक्तिहरूलाई त्यस्तो सुविधा दिन राजी भएको हो ।

बेसीशहर– लमजुङमा अपाङ्गता भएका व्यक्तिहरूलाई यहाँ स्थित एक सैलुनले आफ्नोमा सेवा लिएवापत ५० प्रतिशत छुट सुविधा दिने भएको छ । अपाङ्ग अभियन्ता एवम् अपङ्ग महासंघको पूर्व केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलको विशेष पहलमा सेवाप्रदाक गोल्डेन युनिसेक्स सैलुनले सो सुविधा दिने सहमति असार २७ गते भएको हो ।
बेसीशहर नगरपालिका– ८ को सेराचोकमा लामो समयदेखि सेवा दिदै आइरहेको गोल्डेन युनि सेक्स सैलुनले अपाङ्गता भएका व्यक्तिहरूलाई त्यस्तो सुविधा दिन राजी भएको हो । आफ्नो पेशाको सामाजिक उत्तरदायित्वपूर्ण सेवाको मनन गर्दै कपाल र दारीका साथै महिलाका पक्षमा पनि उपलब्ध सुबिधा सहित सहुलियत दिने आफू सहमत भएको उक्त सैलुनका प्रोपाइटर आवास हुसेनले बताउनु भयो ।
सो सम्बन्धमा गोल्डेन युनिसेक्स सौलुनका प्रोपाइटर आवास हुसेन र अपाङ संरक्षण समाजका संस्थापक अध्यक्ष समेत रहनु भएका अपाङ्ग अभियन्ता पौडेलका बीचमा सो सहमति भएको हो । यो सहमति तत्कालका लागि एक वर्षका लागि लागू हुने प्रोपाइटर हुसेनले जानकारी दिनु भएको छ ।
सो सहमति पछि अपाङ्ग अभियन्ता पौडेलले गोल्डेन युनि सेक्स सौलुन, त्यसका प्रोपाइटर हुसेन लगायतका सैलुन सञ्चालक परिवारलाई धन्यवाद दिदै सबै अपाङ्गता भएका अपाँ ्क्ष(ा समाजका सदस्य तथा जिल्लाभरमा साथीहरूलाई उक्त सेवाको फाईदा लिन हुन अनुरोध गर्नु भएको छ ।
सो सेवा सुविधा सम्बन्धि सहमति पत्र आदनप्रदान गरेसँगै उक्त अवसरमा अपाङ्गता अभियन्ता एवम् अपाङ्ग संरक्षणका अध्यक्ष चन्द्रकान्त पौडेल र सो संस्थाका सचिव सीताराम बसेलले ५० प्रतिसत छुटको पहिलो सेवा आजै लिनुभएको समेत जानकारीमा आएको छ ।
स्मरणीय छ, उक्त सैलुन बेसीशहरमा एसी सहितको सेवा सुविधा जडित भएको समान शुल्क लिने पहिलो हो ।

प्रकाशित मिति २०८३ असार २७, शनिबार १७:१५ गते
हजुरको प्रतिक्रिया