
काठमाडौं– काठमाडौंको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा अपराह्न उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले असार २७ गते बताउनु भएको हो ।
आज बिहान करिब ६ः२० बजे उनले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेको प्रहरी भनाइ छ । उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि पठाएको थियो ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पु¥याएर सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेकोमा उनको केहीबेर अघि मात्र निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार राउतको शरीर ५५ प्रतिशतभन्दा बढी जलेका उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए ।
यसअघि, काठमाडौंकै त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको पनि उपचारकै क्रममा असार २५ गते मुगुका गणेश नेपालीले आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा हिजो असार २६ गते निधन भएको थियो ।
यसैबीच, हिजैका दिन सर्लाहीमा अर्का एक पुरुष(विवेक मण्डल)ले आत्मदाहको प्रयास गरेका थिए । कीर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८३ असार २७, शनिबार १८:२० गते