लुटिएको सुनका सिक्री र औठी असार २२ गते कै दिन भरतपुर नगरपालिका– २१ पार्वतीपुर, चितवनस्थित मौलाकालिका सुनचाँदीमा विक्री गरेको खुल्न आएको हुँदा उक्त सुन किन्ने दिपक बिश्वकर्मालाई पनि नियन्त्रणमा लिएको प्रहरी भनाइ छ ।
बोहराको हत्या लमजुङको दोर्दी गाउँपालिका– १ को ढोकेगाउँ निवासी बिजय लामिछाने एक्लैले गरेको भनेता पनि मृतकका परिवार र आफन्त जनले त्यसलाई स्विकार गर्न सकेका छैनन् ।
बेसीशहर– लमजुङमा हराएको पाँचौं दिन जंगलमा शव फेला परेका बुद्धिबहादुर बोहराको हत्यारा उनकै निकटका साथी भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङले मृतकका आफन्तजनको रोहबरमा पत्रकार सम्मेलन गरी असार ३१ गते साँझ केही बेर अघिमात्र त्यसको खुलासा गरेको हो ।
बेसीशहर नगरपालिका– २ बोहराबेसीमा स्थायी बसोबास भई सोही नगरपालिका– ८ को सेरा स्थित तामाङ टोलमा घर बनाई बसोबास गर्दै आएका बोहराको शव लमजुङको बेसीशहर नगरपालिका– १ को आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा शरीर तथा अनुहारको भाग सडिगली शंकास्पद अवस्थामा मृत फेला परेको थियो प्रहरीले जनाएको थियो । असार २१ गतेदेखि बेखबर रहेका बोहराको शव २५ गते बिहान जंगलमा फेला परेको थियो ।
प्रहरीका अनुसार बोहराकी श्रीमती बालकुमारीले असार २३ गते हुलियासहित निवेदन दिएर खोजतलासको अनुरोध गरे पश्चात उनलाई प्रहरी र आफन्तहरूबाट खोजतलास गर्ने कार्य जारी रहेकै अवस्थामा असार २५ गते विहान शव फेला परेको थियो । त्यसपछि बालकुमारीले ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी शिर्षकमा सोही दिन जाहेरी दरखास्त प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार सो घट्नाको अनुसन्धानको क्रममा विभिन्न सम्भावित स्थानका CCTV फुटेज तथा प्रबिधिक विश्लेषणबाट घटनाका कसूरदार लमजुङ दोर्दी गाउँपालिका– १ को ढोकेगाउँ निवासी ३० वर्षीय बिजय लामिछाने भएको एकीन भएको हुँदा निजलाई नियन्त्रणमा लिने काम भयो । उहाँले भन्नुभयो, ‘लामिछानेलाई सोधपुछ गरेका लागि असार ३० गते पक्राउ गरी ल्याइएको हो ।
उनीसँग प्रारम्भिक सोधपुछ गर्दा मृतकको घाँटीमा लगाएको सुनको सिक्री र हातमा लगाएको सुनको औंठीको लोभले आफूसँग पैसाको समेत अभावका कारणले बोहराको हत्या आफैले गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बस्नेतले बताउनु भयो । उहाँका अनुसार बिजय लामिछाने बोहरासँग लामो समयदेखि संगत गरी प्रायः सँगसँगै हिडडुल गर्ने गरेका र उनले भनेपनि हार्न नसक्ने अति विश्वासको साथी भएको समेत खुल्न आएको छ ।
लामिछानेको स्थायी घर दोर्दी गाउँपालिका– १ भएता पनि उनी सुन्दरबजार नगरपालिका– ९ भोटेओडारमा बस्ने गरेको समेत खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार त्यसरी लुटिएको सुनका सिक्री र औठीका बारेमा सोधपुछ गर्दा असार २२ गते कै दिन भरतपुर नगरपालिका– २१ पार्वतीपुर, चितवनमा घर भई सोही स्थानमा मौलाकालिका सुनचाँदीको पसल सञ्चालन गर्दै आएका ४३ बर्षीय दिपक बिश्वकर्मालाई बिक्री गरेको लामिछानेले बताएका छन् । पत्थर बाहेक साँढे दुई तोलाको उक्त सु्नको मूल्य छ लाख ४४ हजार रुपैया निर्धारण गरी तत्काल ४४ हजार रुपैयाँ मात्र लिई बाँकी छ लाख रुपैयाँ पछि लिने गरी बिक्री गरेको लामिछानेले खुलाइएको प्रहरी भनाइ छ ।
सो जानकारी प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय लमजुङबाट उक्त स्थानमा गई स्थानीय प्रहरीको सहयोगमा उक्त सुन चाँदी पसलमा खानतलासी लिने क्रममा चोरी गरेको भनेको सुनको सिक्रि र औठी बरामद गरी उक्त सुन चाँदी पसल सञ्चालक दिपक विश्वकर्मालाई समेत पक्राउ गरी ल्याइएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो घट्नाको थप सोधपुछमा निज बिजय लामिछानेले वारदातमा प्रयोग गरेको काठको दाउरा फेला परी बरामद गरी ल्याइएको छ । लामिछानेले रुखबाट रुखको लथारो (हाँगा) भाँचोर बोहराका लागि मार्नका लागि हतियारको रुपमा प्रयोग गरेको बयान दिएको समेत प्रहरी भनाइ छ । पछाडिबाट कञ्चटमा हिर्काउँदा उनी लडेको र पछि अनुशहार, नाक आदिमा थप हिर्काई हत्या गरी सुनको सिक्री र औंठी लुटेर हिडेको समेत खुलेको छ ।
सो क्रममा लामिछानेले प्रयोग गरेको मोवाइलको ट्याक गरेर पनि उनले भनेको सत्य हो होइन भन्ने तुलना गर्दा उनको भनाइमा प्रमाणहरूले थप पुष्टि गरेका कारणले बोहराको हत्या गर्ने व्यक्ति उनै लामिछाने हुन् भन्ने पुष्टि हुन आएको प्रहरी भनाइ छ ।
तर मृतकका आफन्तजन भने उस्ले एक्लैले त्यो काण्ड मञ्चाउन सक्यो होला भन्नेमा विश्वस्थ हुन सकेका छैनन् । त्यसमा प्रहरीले आजसम्मको प्रारम्भिक कुरा हो, भोलि भोलिका दिनमा त्यस्तो केही रहेछ भन्ने खुल्ने नै छ र हामी जानकारी दिने नै छौं प्रनाउ बस्नेतले भन्नुभयो ।
उहाँले थप भन्नुभयो, ‘मृतकको श्रीमती बाल कुमारी बोहराबाट निज बिजय लामिछाने र सुन पसल सञ्चालन दिपक विश्वकर्माको नाममा पुरक जाहेरी दरखास्त लिई सम्मानित अदालतबाट हिजोदेखि लागू हुने गरी पाँच दिनको म्याद थप लिई अनुसन्धान अघि बढाउने काम भएको छ ।’
उक्त पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..