बाँकेमा डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाईमा पाँच बुद्धे साझा सार्बजनिक प्रतिबद्धता व्यक्त

बाँकेमा डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाईमा पाँच बुद्धे साझा सार्बजनिक प्रतिबद्धता व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ३१ गते बिहिबार ०९:३१

सार्बजनिक सुनुवाईलाई सुशासनको मुख्य कडीहरूमध्ये एक मानिन्छ । सो समयमा उठेका प्रश्नहरूको जवाफ कार्यक्रमका प्रमुख सरोकारवाला व्यक्ति पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले दिनु भएको थियो ।

सार्बजनिक सुनुवाईमा तीन घण्टासम्म चलेको खुला छलफलमा २५० बढी सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

नेपालगञ्ज– बाँकेको डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाईमा ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता व्यक्त भएको छ । डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा सोही गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता असार ३१ गते व्यक्त गर्दै सम्पन्न भएको हो ।
उक्त अवसरमा सार्बजनिक साझा प्रतिबद्धताहरूमा, डुडुवा गाँउपालिका– ५ को बाटो अधुरो रहेकाले सो बाटो आउँदो आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेलको कार्य तत्काल गर्ने, डुडुवा गाँउपालिका– ६ को हिरमिनियाको मुनासिपुरको सडकमा आउँदो आर्थिक बर्षमा ग्राभेल गर्ने, गाँउपालिकाको सेवा सुबिधा र विकास निर्माणको गुणस्तरीयता थप अभिबृद्धि गर्ने, बिगतमा पालिकामा भएको आगजनीका बिषयमा छानबिन गर्ने, पालिकासँग सम्बन्धित सार्बजनिक सूचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सूचना उपलब्ध गराउनेलगायतका रहेका छन् ।
उक्त सार्बजनिक सुनुवाईको खुला छलफलमा सुकुम्बासी समस्या, पालिका भित्रको खानेपानी योजनाको अलपत्रता, पालिका भित्रका सडक ग्राभेल गर्नुपर्ने, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा ल्याव कर्मचारीको समस्या समाधानको उपाय खोज्ने, पालिकाहरूबाट प्रवाह हुने सूचनाहरू नागरिकहरू सामु नपुग्ने गरेको र वडा नम्बर १ को हिरमिनियाको खडैचा टोलको सडकको अबस्था लगायतका विषयहरूमा कार्यक्रमका सहभागीहरूले प्रश्नहरू प्रमुख रुपमा उठाएका थिए । सार्बजनिक सुनुवाईमा २५० बढी सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
खुला छलफलमा तीन घण्टासम्म चलेको थियो । सो समयमा उठेका प्रश्नहरूको जवाफ कार्यक्रमका प्रमुख सरोकारवाला व्यक्ति पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले दिनु भएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले सार्बजनिक सुनुवाई कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको उद्धेश्यमा प्रकाश पार्नु भएको थियो ।
सार्बजनिक सुनुवाईलाई सुशासनको मुख्य कडीहरूमध्ये एक मानिन्छ ।

प्रकाशित मिति २०८३ असार ३२, बिहीबार ०९:३१ गते
हजुरको प्रतिक्रिया