
काठमाडौँ– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बरियता ुुसहितको नामावली सार्वजनिक गरेको छ । पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको वरीयताक्रम पार्टीको आधिकारिक वेवसाइटमा अध्यावधिक गरी असार ३२ गते सार्वजनिक गरिएको हो ।
सभापति रवि लामिछाने रास्वपाको पहिलो वरीयतामा हुनुहुन्छ । दोस्रोमा उपसभाति डा. स्वर्णिम वाग्ले, तेस्रोमा महिला उपसभापति सोविता गौतम रहनु भएको छ । महामन्त्री विपिन कुमार आचार्य चौथो, प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार रहेको सहमहामन्त्री असिम शाह पाचौं स्थानमा राखिनु भएको छ ।
अर्का सहमहामन्त्री हरि ढकाल छैटौ र महिला सहमहामन्त्री निशा डाँगी सातौ स्थानमा छन् । यसैगरी, निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी वरीयताको १३औँ स्थानमा राखिनु भएको छ ।
बुर्लाकोटीभन्दा अगाडि शिशिर खनाल आठौँ, सागर ढकाल नवौँ, डा. तोसिमा कार्की १०औँ, रञ्जु दर्शना ११औँ र निर्वतमान प्रवक्ता मनिष झा १२औँ वरीयता हुनुहुन्छ ।
विवेकशील साझाकी पूर्वअध्यक्ष समेत रहनु भएकी समीक्षा बासकोटा २७ औँ वरीयतामा हुनुहुन्छ भने निवर्तमान कोषाध्यष लिमा अधिकारी ३३औँ वरीयतामा पनुर्् भएको छ ।
स्मरणीय छ, १५८ सदस्यीय केन्द्रीय समिति रहेको रास्वपामा एक वरिष्ठ नेता, ११ पदाधिकारी सहित ५१ जना मनोनित हुन बाँकी छन् ।
असार (७–१२ गते) सम्म चितवनमा भएको प्रथम महाविधेशनबाट ७ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
प्रकाशित मिति २०८३ असार ३२, बिहीबार २१:३० गते