तिमी छौ म छु अनि सुनसान रात छ
के दिउँ भगवान तिमीलाई यै हात छ
छोड्न नपरोस सम्झिन अनि चलाउन
खै किन नहुँदा चिन्ता हुँदा उन्मत्त छ ।
यै बन्छु बनाउछु भनेर मात्रै बन्न सकिन्न
आज के हुन्छ भोलि के हुन्छ भन्न सकिन्न
लिन पठाएका हुन कि दिन पठाएका हुन ?
मलाई भगवानले जान्नबुझ्न धन्न सकिन्न ।
हेर्दा हेर्दै बगायो जवानी बगर हुने भो
घर छैन परिवार छैन पर निर्भर हुने भो
कसैलाई मजा लाग्छ कसैलाई खेद छ
हेर्ने त मान्छेहरू नै हुन दिने खप्पर हुने भो ।
आँखा देख्दिनन् आमा ! छामेरै बाबु आईस् भनिन्
पानी निल्न नसक्नेछन उनी मलाई खाईस् भनिन् ।
खाएँ आमा, म खान आएको तिमी जान आएकी भनें
खै कान सुनिनन् कि आँखा देखिनन् नाईस भनिन् ।
लमजुङ
प्रकाशित मिति २०८३ श्रावण १, शुक्रबार १०:०७ गते