चौथो कोरा– २०२६ ‘झरनादेखि झरनासम्म’ कार्यक्रमको हामखोेलामा समापन : फोटो फिचर

चौथो कोरा– २०२६ ‘झरनादेखि झरनासम्म’ कार्यक्रमको हामखोेलामा समापन : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १ गते शनिवार ०९:१४

समापनमा सहभागी सबैलाई आयोजककातर्फबाट अध्यक्ष ध्रुवराम प्रधानले मेडल प्रदान गर्नु भएको थियो । त्यस्तै, एक जनालाई गोलाप्रथाद्वारा गरिएको अन्नपूर्ण गिफ्ट ह्याम्परबाट उपलब्ध गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।

समापन स्थल हामखोला झरनामा आयोजक संस्थाबाट पत्रकार सम्मेलन समेत गरी आउँदो भदौको तेस्रो साता अर्थात १९ गतेदेखि २१ गतेसम्म तीन दिने राष्ट्रव्यापी खुला ‘प्रथम टुर दि लमजुङ २०२६’हुने जानकारी दिइएको थियो ।

बेसीशहर– लमजुङमा ‘झरनादेखि झरनासम्म कोरा– २०२६’ को चौथो कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम साइक्लिङ संघ लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका– १ को आकाशे (गाईखुरे)झरनादेखि मस्र्याङ्दी गाउँपालिका– ८ को हामखोल झरनासम्म अगष्टको तेस्रो शनिबार साउन २ गते गरिएको हो ।
‘कोरा– २०२६’मा आठ महिलासमेत ६५ जना साइकल धावकले भाग लिएको आयोजकको भनाइ छ । सो कार्यक्रममा आठ वर्षका बालक प्रज्ञा गुरुङदेखि ६५ वर्षका जेष्ठ नागरिकले समेत भाग लिएका थिए ।
समापनमा सहभागी सबैलाई आयोजक संस्था साइक्लिङ संघ लमजुङका अध्यक्ष ध्रुवराम प्रधानले मेडल प्रदान गर्नु भएको थियो । त्यस्तै, एक जनालाई गोलाप्रथाद्वारा गरिएको अन्नपूर्ण गिफ्ट ह्याम्परबाट उपलब्ध गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।
समापन स्थल हामखोला झरनामा आयोजक संस्थाबाट पत्रकार सम्मेलन समेत गरी आउँदो भदौको तेस्रो साता अर्थात १९ गतेदेखि २१ गतेसम्म तीन दिने राष्ट्रव्यापी खुला ‘प्रथम टुर दि लमजुङ २०२६’हुने जानकारी दिइएको थियो ।
उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८३ श्रावण २, शनिबार २१:१४ गते
हजुरको प्रतिक्रिया