
पाउँदी(लमजुङ)– लमजुङको पाउँदी नदी र मर्स्याङदी नदी किनारमा रहेको सर्वोदय सेवाश्रममा बेसीशहर नगरपालिका– २ गैह्रीगाउँ स्थित जनकल्याण आमा समूह पदाधिकारी तथा स
दस्यहरू गएर मानवीय सेवाका कार्य गर्नु भएको छ । उहाँहरू साउन २ गते आश्रममा आएर मानवीय सेवामा जुट्नु भएको हो ।
सो टोलीमा जनकल्याण आमा समूहका अध्यक्ष रिनु गुरुङ, उपाध्यक्ष बुद्धिमाया गुरुङ, सचिव मिनाकुमारी गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, सदस्यहरू अतिमाया गुरुङ, चन्द्रमाया गुरुङ, सितादेवी गुरुङ, खोमाया गुरुङ, रनमाया गुरुङ, सुनसरी गुरुङ, राममाया गुरुङ, दुर्गामाया गुरुङ, शकुनी गुरुङसहित २० जनाको टोली सर्वोदय सेवाश्रममा पुगेर मानवीय सेवा गरेको हो । सो कार्यका लागि गाउँबाट बस रिजर्भ गरी सर्बोदय सेवाश्रम धर्मनाथ धाममा आएर अबलोकन र आश्रममा मानवीय सेवा गर्नु भएको हो ।
उहाँहरूले आश्रममा रहनु भएका आश्रितहरूलाई दिवा खाजा स्वरुप भुजा, चाउचाउ, बिष्कुट, चिनी, चिया, पानी, जुस, फलफूल सहित जनही पाँच सय रुपैयाँ संकलन गरी दश हजार रुपैयाँ नगद आश्रमलाई प्रदान गर्नु भएको थियो । सो अबसरमा बेलमाया गुरुङले १२५ रुपैयाँ तिर्थ बहादुर नरालले १०५ रुपैयाँ प्रदान गर्नु भएको थियो ।
उहाँहरूको श्रद्धा, भक्ति एवम् सहयोगलाई सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले सो टोलीलाई हार्दिक धन्यवाद दिनु भएको छ । उहाँले भन्नुभयो, ‘उहाँहरू र उहाँहरूका सपरिवारमा साथै जनकल्याण आमा समुहको प्रगति उन्नतिको कामना गर्दछौं ।’
जनकल्याण आमा समूहको सो टोलीले आश्रममा रहेका संरचना तथा धर्मनाथ धामको समेत अवलोकन गर्नुका साथै दर्शन समेत गर्नु भएको थियो ।
प्रकाशित मिति २०८३ श्रावण ३, आईतवार १०:२९ गते