नेपालका प्रथम जगत गुरु देवाचार्य मोहनशरण लमजुङमा

नेपालका प्रथम जगत गुरु देवाचार्य मोहनशरण लमजुङमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २ गते आईतबार ०६:२६

वालसन्त मोहनशरण देवाचार्य महाराजश्री आज लमजुङमा आउनु भएर राइनासकोटको दृश्यावलोकन गर्नु भई साँझको बसाई सर्वोदय सेवाश्रममा नै हुने भएको र आफूहरू उहाँको साथमा त्यसतर्फ गएर फर्किदै गरेको ओलियाले जानकारी दिनु भएको छ । 

नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट साउनको पहिलो सोमबार शुभारम्भ गरिने छ । उहाँ पहिलो पटक लमजुङ आउनु भएको हो । 

पाउँदी(लमजुङ)– नेपाल राष्ट्का प्रथम जगद्गुरु चतराधामका पीठाधीश वालसन्त मोहनशरण देवाचार्य महाराजश्री लमजुङ आउनु भएको छ । लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा निर्मित नक्षत्र वाटिकाको साथमा भोलिबाट सुरु हुने श्रावणी बोलबम मेलाको साउन ४ गते समुदघाटनका लागि उहाँ आउनु भएको हो ।
स्वामी महाराजको मुक्तिनाथ गएर फर्कने क्रममा यो जिल्लामा पहिलो पटक यस धाममा आउनु भएको हो । मेलाको उदघाटन सहितका विभिन्न कार्यक्रममा सरिक हुनु भई दिनभर बसेर उहाँ भोलि साँझ चतराधाम फर्कनु हुने कार्यक्रम तय भएको ओलियाले बताउनु भयो । उहाँका अनुसार नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट साउनको पहिलो सोमबार शुभारम्भ गरिने छ । साथमा उहाँले नक्षत्र वाटिकाको समेत उदघाटन गर्नु हुने भएको छ । आश्रम हातामा २७ नक्षत्र, १२ राशी र नौ ग्रहको वाटिका निर्माण गरिएको छ । यो वाटिका गण्डकी प्रदेशमै पहिलो भएको ओलियाले जानकारी दिनुभयो ।
साउन ४ गते पहिलो सोमबार पूर्वाङ्ग, उद्घाटनसहित मञ्चका कार्यक्रमका साथ भजन कीर्तन, प्रवचन, प्रसाद वितरण र साँझ आरतीको कार्यक्रम तय गरिएको छ ।
नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि समय मिलाउनु र समयमै उपस्थित हुन सम्पूर्ण भक्तजन महानुभावहरूलाई आयोजक संस्थाका परिकल्पनाकार एवम् अध्यक्ष ओलियाले आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले गत बर्ष श्रावण महिनाभर सर्वोदयमा पहिलो पटक बोलबम मेला आयोजना भएकोमा यस बर्ष गत बर्ष भन्दा भब्य रुपमा बोलबम आयोजना गर्ने तयारी पुरा भएको छ ।’
वालसन्त मोहनशरण देवाचार्य महाराजश्री आज लमजुङमा आउनु भएर राइनासकोटको दृश्यावलोकन गर्नु भई साँझको बसाई सर्वोदय सेवाश्रममा नै हुने भएको र आफूहरू उहाँको साथमा त्यसतर्फ गएर फर्किदै गरेको ओलियाले जानकारी दिनु भएको छ ।
उद्घाटन समारोहमा जिल्लाका राइनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार, बेसीशहर लगायतका स्थानबाट आउने भजन मण्डलीले संगीतमय भजन कीर्तनसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
बोलबम धार्मिक मेलामा धर्मनाध धाममा १०८ गोमुखी धारामा स्नान, १०८ शिवलिङ्गमा जलार्पण, कैलाश पर्वत परिक्रमा, १००८ शालीग्रामको दर्शनलगायत धार्मिक अनुष्ठानका पूजाअर्चना, कथावाचन, भजन किर्तन कार्यक्रम साउन महिनाभर गरिने छ ।
साथै, साउनका ११, १८ र २५ गते पर्ने सोमबार धर्मनाथ धाममा बोलबमसहित विशेष पूजा अर्चनासहितका धार्मिक अनुष्ठान हुने तयारी छ । ती दिनमा नियमित हवन, रूद्रिपाठ, प्राण प्रतिष्ठा, पूजा पाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन, भजन किर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिका साथमा शिवलिङ्ग जलाभिषेक, प्रसाद वितरण हुने छ । साउनको अन्तिम सोमबार विशेष पुजा सहित पूर्णाहुति गरी समापन गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष ओलियाले जानकारी दिनु भएको छ ।
मानवीय सेवासँगै आश्रमलाई गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य साथ विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरिएका छन् ।
सर्वोदय सेवाश्र रहेको धर्मनाथ धाम विश्वको नयाँ धार्मिक केन्द्र तथा गन्तव्यका रुपमा विकसित हुँदैछ ।
प्रकाशित मिति २०८३ श्रावण ३, आईतवार १८:२६ गते
हजुरको प्रतिक्रिया