लघु जीवन बीमा र सहकारी सम्बन्धमा सहकारीका पदाधिकारी तथा कर्मचारीहरू बीच अन्तरक्रिया

लघु जीवन बीमा र सहकारी सम्बन्धमा सहकारीका पदाधिकारी तथा कर्मचारीहरू बीच अन्तरक्रिया

विष्णुकुमार श्रेष्ठ

@antaranganews

२०८३ साउन ७ गते शुक्रबार ०७:१७

प्रमुख अतिथि पौडेलले जीवन बीमा तथा लघु जीवन बीमाको आवश्यकता, महत्व, दाबी भुक्तानी प्रक्रिया, जोखिम व्यवस्थापन तथा परिवारको आर्थिक सुरक्षामा बीमाले खेल्ने भूमिकाबारे जानकारी गराउनुभयो ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा ‘लघु जीवन बीमा र बचत तथा ऋण सहकारीबीच बीमाको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । उहाँ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.को आफ्नै हलमा उक्त कार्यक्रम साउन ८ गते सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका गण्डकी–लुम्बिनी प्रदेश प्रमुख शिवप्रसाद पौडेल प्रमुख अतिथि हुनु हुनुहुन्थ्यो ।
प्रमुख अतिथि पौडेलले जीवन बीमा तथा लघु जीवन बीमाको आवश्यकता, महत्व, दाबी भुक्तानी प्रक्रिया, जोखिम व्यवस्थापन तथा परिवारको आर्थिक सुरक्षामा बीमाले खेल्ने भूमिकाबारे जानकारी गराउनुभयो । उहाँले बीमा भविष्यका अनिश्चित जोखिमबाट परिवारलाई सुरक्षित राख्ने भरपर्दो माध्यम भएको बताउनुभयो ।
त्यसैगरी सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कुमार श्रेष्ठले सहकारी र बीमा एकअर्काका परिपूरक संस्था भएको उल्लेख गर्दै वर्तमान समयमा आर्थिक सुरक्षाका लागि बीमाको महत्व झन् बढ्दै गएको बताउनुभयो। उहाँले सहकारी र बीमा संस्थाबीचको सहकार्यले सदस्यहरूको आर्थिक सुरक्षालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष विकास श्रेष्ठले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सहकारीका सदस्यहरूको दुर्घटना बीमा र मृत्यु दाबी समयमै भुक्तानी गरी सदस्यहरूको विश्वास जित्न सफल भएको बताउनुभयो । उहाँले समयमै गरिएको दाबी भुक्तानीले सहकारी र बीमा कम्पनीबीचको सम्बन्ध अझ सुदृढ भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूबीच बीमाको आवश्यकता, दाबी भुक्तानी प्रक्रिया, सहकारीमार्फत बीमा सेवा विस्तार तथा सदस्यहरूको आर्थिक सुरक्षाका विषयमा अन्तरक्रिया गरिएको थियो ।
सहभागीले राखेको जिज्ञासामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका गण्डकी– लुम्बिनी प्रदेश प्रमुख शिवप्रसाद पौडेलले जवाफ दिनु भएको थियो ।

प्रकाशित मिति २०८३ श्रावण ८, शुक्रबार १९:१७ गते
हजुरको प्रतिक्रिया