लमजुङमा शान्ति र सदभाव र्याली : मुस्लीम समाजको उत्साहवर्द्धक सहभागिता : फोटो फिचर

लमजुङमा शान्ति र सदभाव र्याली : मुस्लीम समाजको उत्साहवर्द्धक सहभागिता : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १६ गते आईतबार ०३:३५

विविध भाषा, धर्म र संस्कृतिबीचको एकताले नै समाजलाई थप बलियो बनाउने विश्वासका साथ यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

मुस्लिम समाजका पुरुषका अतिरिक्त महिला तथा बालबालिकाहरूले समेत उक्त र्यालीमा उत्साहजन रुपमा भाग लिएका थिए ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा बृहद शान्ति र सदभाव र्याली प्रदर्शन गरिएको छ । ॐकार परिवार लमजुङ र मुस्लीम समाज लमजुङको संयुक्त आयोजनामा सो र्याली साउन १७ गते भएको हो । जसमा मुस्लिम परिवारको समेत उत्साहवर्द्धक सहभागिता रह्यो ।
‘भाषा, धर्म, संस्कारमा विविधता, हाम्रो पहिचान र एकता : हाम्रो प्रतिवद्धता’ नाराका साथ सो र्यालीको आयोजना गरिएको हो । समाजमा सामाजिक एकता, धार्मिक सहिष्णुता तथा आपसी भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले सो शान्ति तथा सद्भाव र्याली आयोजना गरिएको आयोजकको भनाइ छ । उक्त र्यालीमा विभिन्न समुदाय, सामाजिक संघसंस्था तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ ।

साथै मुस्लिम समाजका पुरुषका अतिरिक्त महिला तथा बालबालिकाहरूले समेत उक्त र्यालीमा उत्साहजन रुपमा भाग लिएका थिए । त्यसैगरी, विश्व हिन्दू महासंघ, ॐ शान्ति परिवार, फूलबारी आमा समूह, मूलपानी आमा समूह, कर्पुरेश्वर आमा समूह, गुरुङ समाजलगायतको उल्लेख्य सहभागिता थियो । उनीहरूले शान्ति, सद्भाव, राष्ट्रिय एकता र सामाजिक मेलमिलापका सन्देश दिने नारा समेत लगाएका थिए ।
विविध भाषा, धर्म र संस्कृतिबीचको एकताले नै समाजलाई थप बलियो बनाउने विश्वासका साथ यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
सेरा चोकमा पुगेर कोणसभामा परिणत भई विसर्जन गरिएको उक्त सदभाव र्यालीको फोटो फिचर :    

प्रकाशित मिति २०८३ श्रावण १७, आईतवार १५:३५ गते
हजुरको प्रतिक्रिया