तन्त्र शास्त्रका ज्ञाता प्रा.डा. लामिछाने र प्रा. खतिवडा लमजुङमा 

तन्त्र शास्त्रका ज्ञाता प्रा.डा. लामिछाने र प्रा. खतिवडा लमजुङमा 

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १६ गते आईतबार ०८:५४

भोलिको कार्यक्रममा उहाँहरू दुवै जनाको आफ्नो शोध, अध्ययन र अनुभवका आधारमा प्रशिक्षण शैलीको मन्तव्य दिनु हुने प्रवन्ध गरिएको छ ।  

साउनको तेस्रो सोमबार भोलि १८ गतेको कार्यक्रममा भाग लिन तन्त्र विधाका ज्ञाता प्रा.डा. माधवप्रसाद लामिछाने र प्रा. नवराज खतिवडा लमजुङ आउनु भएको हो ।

पाउँदी(लमजुङ) । तन्त्र विधाका ज्ञाता प्रा.डा. माधवप्रसाद लामिछाने र प्रा. नवराज खतिवडा लमजुङ आउनु भएको छ । सर्वोदय सेवाश्रम धर्मनाथ धाममा चलिरहेको बोलबम मेलामा साउनको तेस्रो सोमबार भोलि साउन १८ गते हुने कार्यक्रममा भाग लिन उहाँहरू आजै १७ गते यहाँ आउनु भएको हो ।
आयोजकका अनुसार भोलिको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा हुने बोलबम यात्राको विशेष कार्यक्रममा सह– प्रा.डा. माधवप्रसाद लामिछाने नेपालका तन्त्र विधाका उच्चश्रेणीका व्यक्तित्वको प्रमुख आतिथ्यतामा हुने छ । साथमा  सर्वदर्शनका उप– प्रा. नवराज खतिवडा पनि उक्त कार्यक्रममा सहभागी हुन आजै कार्यक्रम स्थलमा आउनु भएको छ । उप– प्रा. खतिवडा गुरु लामिछाने का शिष्य समेत हुनुहुन्छ ।
सह–प्राध्यापक प्रा. डा. माधवप्रसाद लामिछाने नेपाल संस्कृत विश्व विद्यालय वाल्मीकि विद्यापीठका तन्त्र विभागका सदस्य हुनुहुुन्छ । उहाँकै प्रमुख अभिभावकत्वमा आजको बोलबमको विशेष कार्यक्रम सु–सम्पन्न हुने भएको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनु भएको छ । उहाँका अनुसार प्रा.डा. लामिछानेको अध्ययन, अध्यापन अनुसन्धान र साधना यही बिषयमा केन्द्रित छ । साथै उहाँ गुरु गुह्यकाली परम्परा र गोरखनाथ परम्पराको साधक समेत हुनु भएको ओलियाले बताउनु भएको छ । ओलियाका अनुसार उहाँको उच्चकोटीको साधना तथा दार्शनिक र नेपाली तन्त्र र साधना परम्पराको प्रवचन श्रवण गर्न सम्पूर्ण महानुभावहरूलाई हार्दिक आमन्त्रण गर्दछौं ।
नेपाल शैवशाक्त तथा गोरखतन्त्रको उद्गम भूमि हो । यसैले पनि उहाँहरू जस्ता व्यक्तित्वको आगमनले यो क्षेत्रमा लाग्नका लागि हामीलाई थप उर्जा मिलेको ओलियाले जानकारी दिनु भएको छ ।
उहाँहरू दुवै जनाले दर्शन शास्त्र अर्थात तन्त्र विद्या, गोरखकाली, शिवकालीका विषयमा सोध गर्नु भएको व्यक्तित्व हुनु भएको ओलियाले उल्लेख गर्नु भएको छ ।
भोलिको कार्यक्रममा उहाँहरू दुवै जनाको आफ्नो शोध, अध्ययन र अनुभवका आधारमा प्रशिक्षण शैलीको मन्तव्य दिनु हुने प्रवन्ध गरिएको छ ।
प्रकाशित मिति २०८३ श्रावण १७, आईतवार २०:५४ गते
हजुरको प्रतिक्रिया