कोशी प्रदेशका पाँच जिल्लाका प्रतिनिधिहरू समेत उपस्थित हुनु भएको बैठकले उक्त भवन जति सक्दो छिटो निर्माण गर्न तत्कालै काम थाल्ने समेत निर्णय गरेको प्रदेश सचिव लिला अधिकरीले बताउनु भएको छ ।
बैठकमा भवन निर्माणका लागि दुई लाख ५० हजार रुपया पनि सङ्कलान भएको थियो ।
इटहरी(सुनसरी)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान कोशी प्रदेशको प्रदेशस्तरीय भवन यथासक्य छिटो निर्माण गर्ने निर्णय भएको छ । प्रतिष्ठानको कोशी प्रदेशस्तरीय साउन १६ गते सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।
प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी प्रमुख अतिथि, उपाध्यक्ष चन्द्रमणी अधिकरी विशिष्ट अतिथि तथा केन्दीय सदस्य प्रमोद अधिकरी अतिथि हुनुहुन्थ्यो । सो बैठकले यथा सिघ्र भवन निर्माणको काम थाल्ने र सम्पन्न गर्ने निर्णय गरेको कोशी अध्यक्ष शान्तिबहादुर अधिकारीले बताउनु भयो ।
पूर्ण बैठक कोशी अध्यक्ष शान्तिबहादुर अधिकारीको अध्यक्षतामा बसेको हो । बराहक्षेत्रमा छत्रराम अधिकारी, शिव अधिकरी लगायत चार जनाले दिनुभएको ५ः२ कठ्ठा जग्गामा कश्यप आश्रम समेत बनाउनका लागि एक भवन निर्माण समिति गठन गर्ने निर्णय सो बैठकबाट गरिएको छ ।
बैठकले शान्ति बहादुर अधिकारीको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको छ । त्यस्तै भवन निर्माणका लागि आर्थिक समितिको संयोजकमा सुनसरी अध्यक्ष वीरेन्द्र अधिकारी चयन हुनु भएको छ । त्यस्तै केन्द्रीय उपाध्यक्ष चन्द्रमणि अधिकारीको संयोजकत्वमा सल्लाहकार समिति तथा केन्द्रीय सदस्य सुदीप अधिकारीको संयोजकत्वमा अनुगमन समिति समेत बनाइएको प्रदेश सचिव लिला अधिकरीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो अवसरमा उक्त बैठकमा भवन निर्माणका लागि दुई लाख ५० हजार रुपया पनि सङ्कलान भएको थियो ।
कोशी प्रदेशका पाँच जिल्लाका प्रतिनिधिहरू समेत उपस्थित हुनु भएको बैठकले उक्त भवन जति सक्दो छिटो निर्माण गर्न तत्कालै काम थाल्ने समेत निर्णय गरेको प्रदेश सचिव लिला अधिकरीले बताउनु भएको छ । सो अवसरमा कोषाध्यक्ष नेत्रप्रसाद अधिकारीले स्वागत मन्तव्यका साथमा आयव्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी, विशिष्ट अतिथि उपाध्यक्ष चन्द्रमणी अधिकरी तथा केन्दीय सदस्य प्रमोद अधिकरीले उक्त बैठकको शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै स्वागत मन्तव्य ले व्यक्त गर्नु भएको थियो भने सञ्चालन प्रदेश सचिव लिला अधिकरीले सञ्चालन गर्नु भएको थियो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..