
बेसीशहर– लमजुङको बेसीशहरमा एक युवकलाई चक्कु प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चक्कु प्रहार गरी गम्भीर घाइते बनाएकोमा बेसीशहर नगरपालिका– ८ मजुवाखोलास्थित क्षेत्रमा भएको घटनामा झ्याङखोला निवासी ३२ वर्षीय साजन थापा मगरलाई प्रहरीले साउन १८ गते पक्राउ गरिएको हो ।
मगरले मोरङको पथरी शनिश्चरे नगरपालिका– ६ प्रगतीटोल स्थायी घर भई हाल बेसीशहर नगरपालिका– ८ सेरामा बस्दै आएका ३० वर्षीय सनम तामाङमाथि साउन १७ गते राति करिब ८ बजे धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए । चक्कु प्रहारबाट तामाङको कोखा र काँधमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
सो घट्नामा संलग्न बेसीशहर नगरपालिका– ८ मजुवाखोलास्थित क्षेत्रमा भएको घटनामा झ्याङखोला निवासी ३२ वर्षीय साजन थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार घट्ना थाहा हुनासाथ प्रहरी नायव निरीक्षक रामप्रसाद गौतमको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर आरोपित साजन थापा मगरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मगरविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।
प्रकाशित मिति २०८३ श्रावण १९, मंगलवार १६:१० गते