हाइटेन्सनको विद्युतीय नाङ्गो तारले छुदा करेन्ट लागेर सोतीको मृत्यु

हाइटेन्सनको विद्युतीय नाङ्गो तारले छुदा करेन्ट लागेर सोतीको मृत्यु

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २० गते बिहिबार ०८:४०

उक्त घटना पछि सडकको नजिक(करिब दुई सय मिटरको दुरी)मा विद्युतको हाइटेन्सन लाइनको त्यति नजिक उक्त घर के कसरी निर्माण गर्न नगरपालिकाले अनुमति दिएको हो ? भन्ने पनि प्रश्न उठेको छ ।

प्रहरीका अनुसार मृतक सोतीको दुईपिप्लेमा मुचुल्का गरी पोष्टमार्टमका लागि दमौली पठाइएको छ ।

सोती पसल(लमजुङ)– लमजुङमा यस पुरुषको बिजुली हाइटेन्सनको नाङ्गो तारले छुदा करेन्ट लागेर मृत्यु भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– २ स्कुलटारमा साउन २१ गते सो घट्ना भएको छ ।

त्यसरी दुर्घटनामा परी मृत्यु हुनेमा ४४ बषीय उपेन्द्र सोती भएको प्रहरीले पुष्टि गरेको छ । उनी तनहुँको व्यास नगरपालिका– ८ मा स्थायी बसोबास भएका व्यक्ति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घट्ना मध्यनेपाल नगरपालिका– २ स्कुलटार निवासी पूर्णकान्त सोतीको घरको छतमा भएको हो । त्यो घरको छलमा बसी उपेन्द्र सोतीले रेलिङको पाईप तान्ने क्रममा अचानक हाइटेन्सनको बिजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लागि घाईते भएका थिए । सो घट्ना पश्चात तत्कालै उपचारको लागि स्थानीय सोही नगरपालिका– ४ स्थित दुईपिप्ले अस्पतालमा लगेकोमा डा.द्वारा चेकजाँचको क्रममा सोतीको मृत्यु भइसकेको घोषणा गरेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार मृतक सोतीको दुईपिप्लेमा मुचुल्का गरी पोष्टमार्टमका लागि दमौली पठाइएको छ ।

मृतक सोतीका कक्षा– १२ मा पढ्ने छोरी र कक्षा– ५ मा पढ्ने एक एक जना छोरी र छोरा तथा श्रीमती छन् ।
उक्त घटना पछि सडकको नजिक(करिब दुई सय मिटरको दुरी)मा विद्युतको हाइटेन्सन लाइनको त्यति नजिक उक्त घर के कसरी निर्माण गर्न नगरपालिकाले अनुमति दिएको हो ? भन्ने पनि प्रश्न उठेको छ ।

विद्युतको हाइटेन्स लाइनको मुनी वा नजिक घर निर्माण गरेमा त्यस्तो घरमा बस्ने व्यक्ति तथा चौपायलाई समेत विद्युतले असर गर्ने, महिलामा गर्भ रहेको खण्डमा तुहिने, बच्चा जन्मे पनि अपाङ्ग वा सुस्त मनःस्थितिको हुन्छन् भन्ने मान्यता रहेको विद्युत प्राविधिकहरूले बताएका छन् । उनीहरूका अनुसार हाइटेन्सनेको नजिक गोठ वा घरवरपार पालिएका चौपायमा समेत विद्युतको असर मानिसमा जस्तै पर्ने हुन्छ ।
फोटो : सांकेतिक ।

प्रकाशित मिति २०८३ श्रावण २१, बिहीबार २०:४० गते
हजुरको प्रतिक्रिया