बहुचर्चित मोटिभेटर डा. विकाशानन्द बोलबम मेलाको समापनमा लमजुङ आउनु हुने

बहुचर्चित मोटिभेटर डा. विकाशानन्द बोलबम मेलाको समापनमा लमजुङ आउनु हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २१ गते शुक्रबार ०५:२०

जो कोहीलाई पत्याउन हम्मे पर्ने डा. विकाशानन्दनको जीवन अनौठो छ । वि. सं. २०१८ असार २ गते जन्मनु भएका उहाँलाई काठमाडौंको क्षेत्रपाटी स्थित गणेश मन्दिर अगाडि सालनाल सहितको बेवारिसे नाबालक अवस्थामा फेला पारिएको थियो । २१ वर्षको उमेरमा २०३९ माघ १३ गते जनकपुरको नराहामा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पस्नु भयो । ६ वर्षको प्रवास बसाईपछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन थाल्नु भएको हो ।

मनोक्रान्ती योग स्रष्टा डा. योगी विकाशानन्दबाट तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन, सकारात्मक उर्जाशील विशेष प्रशिक्षणात्मक कार्यक्रम हुने ओलियाले जानकारी दिनु भएको छ ।

पाउँदी(लमजुङ)– मनोक्रान्तिका परिकल्पनाकार एवम् अभियान्ता डा. योगी विकाशानन्द लमजुङ आउने हुनु भएको छ । डा. योगी विकाशानन्द बुहचर्चित मोटिभेटर समेत हुनुहुन्छ । उहाँको प्रेरणाबाट लाखौंले आफ्नो जीवन परिवर्तन गर्दै उहाँलाई भगवान समेत ठान्दै आएका छन । उहाँ यहाँ हुने बोलबम मेलाको समापनका लागि यही साउन २५ गते यहाँ आउने हुनु ुभएको हो ।
लमजुङको नयाँ धर्मिक गन्तव्य राइनास नगरपालिका– ८ को यहाँ स्थित मस्र्याङदी नदी किनारमा आयोजना भएको बोलबम यात्राको समापन कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्न डा. योगी मेलाको आयोजक सर्वोदय सेवाश्रम धर्मनाथ धामका अध्यक्ष कृष्णराज ओलियाले बताउनु भएको छ ।
लमजुङको यहाँ स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा साउन २५ गते ‘तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन सहित सकारात्मक उर्जाले भरौं ! यो बर्षका लागि जीवन उर्जामय बनाउँ र बोलवम मेला समापन गरौँ’ भन्ने आश्रमका अध्यक्ष कृष्णराज ओलियाले अनुरोध गर्नु भएको छ । उहाँका अनुसार त्यस दिनमा उहाँबाट सर्वोदय सेवाश्रम भित्र निर्माण गरिने आरोग्य पथको समेत शिलान्यास गर्नु हुने छ ।
ओलियाले भन्नुभयो, ‘उक्त आरोग्य पथमा एकीकृत स्वास्थ्य प्याकेज हुनेछ ।’ जहाँ आयुर्वेदका पञ्च कर्म थेरापी उपलब्ध हुन्छ । जसमा योग, ध्यान, व्यायाम, मनोपरामर्श, विहानी यात्रा(मर्निङ वाक) आदि रहने जानकारी ओलियाले दिनुभयो । ओलियाले भन्नुभयो, ‘भरखरै सरकारले चालु आवदेखि आरोग्य पर्यटनको अवधारणालाई समेत महत्व दिएको छ । जसमा सर्वोदयले स्थापनाकालदेखिनै काम गरिआएको छ । त्यसलाई अब मूर्त रुप दिन लागिएको छ र त्यो ओरोग्य थपको स्वामीबाट शिलान्यास गर्ने कार्यक्रम छ ।’
२५ गतेका दिन मनोक्रान्ती योग स्रष्टा डा. योगी विकाशानन्दबाट तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन, सकारात्मक उर्जाशील विशेष प्रशिक्षणात्मक कार्यक्रम हुने ओलियाले जानकारी दिनु भएको छ । उहाँका अनुसार डा. योगीलाई आफ्नो संस्थामा स्वागत गर्न सर्वोदय सेवाश्रमका सल्लाहकार जीवन जीउने कलाका राष्ट्रिय प्रशिक्षक योग गुरु कन्चन घिमिरेसमेत त्यसदिन आउनु हुने भएको छ । त्यसैले उक्त दिन सर्वोदय सेवाश्रम धर्मनाथ धाममा सहभागी भएर उर्जामय उत्सव मनाउँ भन्ने ओलियाले आह्वान गर्नु भएको छ ।
‘संसार बदल्नु छ भने शुरूवाद आफैबाट गर्नपर्छ’ भन्दै जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने उत्प्रेरक समेत डा. विकाशानन्दलाई मानिन्छ ।
‘मनको क्रान्ति नै संसारको क्रान्ति हो’ भन्ने मान्यताका साथ उहाँले यो अभियान सुरु गर्नुभयो । यसले मानिसलाई मानसिक तनावबाट मुक्त भई सुखद जीवन जिउन सिकाउँछ । उहाँले परम्परागत योगलाई आधुनिक र व्यावहारिक ढाँचामा ढालेर ‘मनोक्रान्ति योग’ र विभिन्न ध्यान विधिहरूको विकास गरे।इको स्पिरिचुअल आश्रमः प्राकृतिक वातावरणमा आध्यात्मिक साधकहरू तयार गर्नु भएको छ ।
दुःख–पीडा, तनाव बिनाको हाँसीखुशी जीवन कसरी जिउन सकिन्छ होला ? भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, ‘बिहान उठ्नासाथ योग गर्ने । ध्यान गर्ने । प्राणायम गर्ने । यसले तपाईँलाई भित्रबाट ऊर्जा थप्छ । ‘केमिकल चेञ्ज’ गराउँछ र तृप्तिको अनुभूति दिन्छ । जब मन तृप्त हुन्छ । तृप्त मनले नचाहिने कुरा खोज्दैन । किनकी तृप्ति भनेकै अब मलाई केही चाहिँदैन भनेको हो ।’
मानव जीवनमा योग र ध्यान केका लागि जरुरी हुन्छ ? भन्ने थप जिज्ञासामा आधुनिक समयमा मानिसको अभाव भनेकै स्वास्थ्य, शान्ति, आनन्द हो । यी सबै कुरालाई फेरि जोड्ने चिजचाहिँ योगले नै गर्छ । ध्यानले गर्छ । आजको आधुनिक समाज, आधुनिक संस्कृतिले शारीरिक रुपमा मान्छेलाई स्वस्थ बनाउन सकिरहेको छैन । मानसिक रुपमा मान्छे आफै पनि दुःखी छ । पीडित छ । सन्तुष्ट छैन । सामाजिक समस्याको कुरा गर्ने हो भने परिवारभित्रै सौहार्दतापूर्ण सम्बन्ध बिग्रँदै छ । यसका लागि योग, ध्यान, प्राणायाम आध्यात्मिकता नै हो उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, प्रेमलाई कसरी बुझ्नु हुन्छ ? भन्ने अर्को जिज्ञासामा उहाँले जीवनमा हामीले जसलाई प्रेम भनिरहेका छौँ, त्यो प्रेम नभइकन ‘प्रेमको विकृति’ भयो । त्यसलाई ‘कण्डिसनल् लभ’ भनिन्छ । जस्तै, आमाबाबाले छोराछोरीलाई, श्रीमती, श्रीमान्लाई गर्ने माया हैन, मोह हो । मोहले नहुँदा नि दुःख हुने भो । माया नपाउँदा पनि । माया पाउँदा पनि पुगेन भन्ने गुनासो हुने भो । प्रेमको नाउँबाट हामीले मोहलाई उठाएर ल्याएर बसेका छौँ । र मोहले त दुःख दिन्छ । ‘यो ‘दे दे प्यार दे’ भन्दै माग्ने होइन, यो दिने चिज हो । तपाईँले दिएपछि त्यो फर्किन्छ आफै । फर्किएन भने ठिकै छ । यसरी ‘प्रेमलाई ‘अनकण्डिसनल’ बनायो भने त्यो जीवनको लागि सबैभन्दा मिठो र सार्थक बन्न जान्छ ।’
मैले भनिसकेँ, ‘यदि माया पाइएन भने पनि दुःखी हुने भो । पाए पनि कम भयो भनेर दुःखी हुने भो । अझ तुलना गर्छ, उसले । पहिलाजस्तो माया गरेन, फलानोलाई जस्तो माया गरेन भनेर उ खाली तुलना मात्रै गरेर बस्छ । अनि माया दिँदा तुलना गरेर सानो पारिदिने, नदिँदा दिएन भनेर दुःखी हुने ।’
जीवनको केन्द्रविन्दु नै माया हो, प्रेम हो । मलाई प्रेम गर्नुमा आनन्द आउनुप¥यो । उसले दुःख दिओस् या सुख । मैले भनेको मानोस् या नमानोस् । जे गरुन् त्यो उसको मर्जीको कुरा । तर प्रेम गर्नुमा आनन्द आउनुप¥यो । यस्तो आनन्द आउने प्रेमलाई ‘अनकण्डिसनल लभ’ भनिन्छ । यो लभ जीवनको प्राण हो । यो ‘लभ ‘हिलिङ’ पनि हो ।
बिहे ग¥यो भने प्रेम सकियो भनेर बुझ्ने हो । बिहे भनेको प्रेमको अन्त्येष्टि हो । किनकी जहाँ नियम हुन्छ, त्यहाँ प्रेम हुँदैन । जहाँ प्रेम हुृन्छ, त्यहाँ नियम हुँदैन । बिहे गर्नुअघि नियम हुँदैन नि, त्यसकारण बडो मस्ती हुन्छ । बिहे गरिसकेपछि नियम मात्र हुन्छ, प्रेम मरिसकेको हुन्छ ।
संसारभरिकै कहानी पल्टाउने हो भने, ‘रोमियो जुलियट’, ‘मुनामदन’, ‘लैला मज्नु’ जस्ता अमर प्रेम कहानी छन् । ती प्रेम कहानी किन अमर भए तपाईँलाई थाहा छ ? किनकी उनीहरू सबै मरेर गइसके । तर बिहे भनेको प्रेमको अन्त्येष्टि हो, हाम्रो समाजमा उहाँको कथन छ ।
सुपर लर्निङ, नव सफलता शास्त्र, र मनोक्रान्ति योग जस्ता उहाँका पुस्तकहरू निकै चर्चित छन् । उहाँ एक कुशल उत्प्रेरक (ःयतष्खबतष्यलब िक्उभबपभच) हुनुहुन्छ । उहाँका प्रवचनहरू युट्युब र अन्य सामाजिक सञ्जालहरूमा निकै लोकप्रिय छन्, जसले विशेष गरी युवा पुस्तालाई सकारात्मक सोच र अनुशासनको बाटो देखाउँदै आएछन् । युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा तथा अगुवा उहाँले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार प्रसारमा उल्लेख कार्य गरिआउनु भएको छ ।
नेपालका प्रख्यात दार्शनिक, आध्यात्मिक गुरु, मनोवेत्ता तथा मनोक्रान्ति आन्दोलनका संस्थापक हुनुहुन्छ उहाँ । उहाँले अध्यात्म, योग, मनोविज्ञान र आधुनिक विज्ञानलाई जोडेर मानव चेतना रूपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।
उहाँले विशाल विश्व परिवार अन्तर्गत विभिन्न ध्यान केन्द्र र आश्रमहरू सञ्चालन गरेका छन् । नेपालमा रेकी (च्भष्पष्) जस्ता ऊर्जा प्रवाह गर्ने प्राकृतिक चिकित्सा विधिको प्रचार–प्रसारमा उहाँको नेतृत्वदायी भूमिका छ । उहाँका प्रेरणादायी, आध्यात्मिक र व्यक्तिगत विकासका थुप्रै पुस्तकहरू छन् ।
उहाँका केही प्रेरक भनाइहरू :
१. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् । २. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरको बाबजुद पनि अघि बढ्न सक्छ । ३. जसले आमाबुबालाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
४. सबैभन्दा सस्तो औषधी हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधी खान बाध्य भइन्छ । ५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
६. बुझे दुःख सकिन्छ, नबुझे आफै सकिन्छ । ७. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ । ८. भिन्नै खाले राजनेता नभएसम्म भिन्नै खालको राजनीतिको संभावना छैन । ९. हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छाइले टोक्छ । १०. सम्पत्ति नभएर गरिब भइदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ । ११. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् आदि ।
जो कोहीलाई पत्याउन हम्मे पर्ने डा. विकाशानन्दनको जीवन अनौठो छ । वि. सं. २०१८ असार २ गते जन्मनु भएका उहाँलाई काठमाडौंको क्षेत्रपाटी स्थित गणेश मन्दिर अगाडि सालनाल सहितको बेवारिसे नाबालक अवस्थामा फेला पारिएको थियो ।
२१ वर्षको उमेरमा २०३९ माघ १३ गते जनकपुरको नराहामा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पस्नु भयो । ६ वर्षको प्रवास बसाईपछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन थाल्नु भएको हो ।

प्रकाशित मिति २०८३ श्रावण २२, शुक्रबार १७:२० गते
हजुरको प्रतिक्रिया