
फूलबारी(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ९ को फूलबारी टोल निवासी उद्यमी एवम् समाजसेवी दिपेन्द्र न्यौपाने पितृ शोकमा पर्नु भएको छ । अन्तरङ्ग न्यूज डटकमलाई ढिलो गरी प्राप्त समाचार अनुसार उहाँका पिता तोयनाथ न्यौपानेको निधन भएसँगै उहाँ शोकमा पर्नु भएको हो ।
८३ वर्षीय तोयनाथ न्यौपानेको साउन १२ गते निवासमै निधन भएको हो । आज ११ दिनको कृयाकर्म सकिएको छ । तोयनाथ समान्य किसानी रहेर जीवन यापन गर्नु भएको भएपछि उहाँका खासगरी कान्छा छोरा दिपेन्द्र न्यौपाने भने निकै पौरखी एवम् सफल व्यवसायी हुँदै उद्यमी बन्ने दौडमा हुनुहुन्छ । समाजसेवीका रुपमा समेत परिचित दिपेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीको सुन्दरबजार नगर समितिको संस्थापक उपसभापति समेत हुनुहुन्छ ।
उहाँहरूको साविक घर सोही नगरपालिका– ८ को बलिथुम गाउँ हो । स्वर्गीय न्यौपानेका जेठा छोरा राजेन्द्र न्यौपाने आजका दिनमा पनि कृषि कर्म गरिराख्नु भएको छ । उहाँले आफ्नो पिताजीको जस्तो निर्वाह मुखी कृषि कर्म नगरी व्यवसायिक कृषि कार्य गरिहरनु भएको छ । स्थानीय क्षेत्रको भारती सदन माविको व्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भएका राजेन्द्रले बलिथुममा प्रोग्रेसिभ एकीकृत कृषि फर्म समेत सञ्चालन गरिआउनु भएको छ ।
दिपेन्द्रले पैतृक सम्पत्ती बिनानै आफ्नो आर्जनबाट उद्यमी बन्न सफल हुनु भएको हो ।
दिपेन्द्र र उहाँको परिवारलाई रास्वपा पार्टीकोतर्फबाट स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली र दिपेन्द्रसमेतका शोकसन्तप्त परिवारजनमा समवेदन व्यक्त गर्न रास्वपाका नगरसभापति विमल अधिकारीको नेतृत्वका एक टोली नौं दिन साउन २० गते उहाँको निवासमा पुगेको थियो ।
दम रोगबाट पीडित तोयनाथका दुई छोरा दुई छोरी हुनुहुन्छ भने छ जना नाती एक नातिनी र तीनजना पलाती समेत छन् ।
प्रकाशित मिति २०८३ श्रावण २२, शुक्रबार १८:०४ गते