७६ वर्षीया वृद्धा आफ्नै घरभित्र मृत फेला : हँसियाले घाँटी काटेर हत्या भएको आशंकामा अनुसन्धान जारी, शवको पोष्टमार्टम तयारी

७६ वर्षीया वृद्धा आफ्नै घरभित्र मृत फेला : हँसियाले घाँटी काटेर हत्या भएको आशंकामा अनुसन्धान जारी, शवको पोष्टमार्टम तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २३ गते आईतबार ०५:१९

मृतकको शव पोष्टमार्टमका लाथि यहाँ स्थित प्रदेश अस्पतालमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचिना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले बताउनु भयो । 

मृतक सार्कीका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको र छोरीले विवाह गरेर गएपछि ती बृद्धा घरमा एक्लै बस्नु पर्ने बाध्यतामा थिइन् ।

बेसीशहर– लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ६ को फूलबारी टोल निवासी ७६ वर्षीया कालीमाया नेपाली (सार्की) आफ्नै घरभित्रै मृत फेला परेकी छिन् । साउन २३ गते राती भएको सो घट्नामा उनको हँसियाले घाँटी काटेर हत्या गरिएको आशंका प्रहरीले गरेको छ । साउन २४ गते साँझ ५ बजे यो समाचार तयार गर्दै गर्दा मृतकको शव पोष्टमार्टमका लाथि यहाँ स्थित प्रदेश अस्पतालमा तयारी भइरहेको छ ।

घटनाको वास्तविकता पत्ता लगाउन घटनास्थलमा अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुरसमेत झिकाइएको र कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । सो घट्नामा संलग्न भएको आशंकमा एक व्यक्तिउपर अनुसन्धान केन्द्रीत राखेको प्रहरीले जनाइएको छ ।

वृद्धा काली सार्की घरमा एक्लै बस्दै आएकी थिइन् । उनको धारिलो हतियार प्रहारबाट मृत्यु भएको फेला परेपछि अनुसन्धान तीव्र बनाएको प्रहरीले जनाएको हो । मृतकको शव पोष्टमार्टमका लाथि यहाँ स्थित प्रदेश अस्पतालमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचिना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले बताउनु भयो ।

घटनाको कारण तथा हत्यामा संलग्न व्यक्तिबारे थप अनुसन्धानात्मक कदम चालिरहेको उहाँको भनाइ छ । दोषी पहिचान तथा घटनाको वास्तविक विवरण अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ । घटना शंकास्पद देखिएपछि आशंका गरिएका सात÷आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा पठाएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत खटिएमा पुगेको छ ।

मृतक सार्कीका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको र छोरीले विवाह गरेर गएपछि ती बृद्धा घरमा एक्लै बस्नु पर्ने बाध्यतामा थिइन् ।

मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका– ७ का ५५ वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार ती व्यक्ति करिब २ वर्षदेखि उक्त घरमा बस्दै आएका रहेछन् ।

मगर केही दिनअघि कामको खोजीमा मनाङतर्फ गएका र उनी घटना भएकै दिन फर्किएर त्यहाँ आइपुग्दा त्यस्तो दृश्य देखेपछि उनले प्रहरीलाई खबर गरेको प्रहरी भनाइ छ ।

घटनाको अनुसन्धानका क्रममा मृतकको घरमा बस्दै आएका उनै देवराज मगरसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नीहरूसँग घटनाबारे सोधपुछ भइरहेको प्रहरी भनाइ छ ।

गए राति करिब ९ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको हो । तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको प्रनाउ बस्नेत बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘प्रारम्भिक रुपमा हेर्दा घाँटीमा धारिलो हतियार प्रहार भएको देखिन्छ । घटना शंकास्पद रहेकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएका छौं ।’

प्रकाशित मिति २०८३ श्रावण २४, आईतवार १७:१९ गते
हजुरको प्रतिक्रिया