
बेसीशहर– लमजुङ जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका लागूऔषध मुद्धाका फरार प्रतिवादी जेल चलान भएका छन् । उनलाई जिल्ला अदालतको आदेशले जिल्ला कारागार कार्यालय, तनहुँ, दमौलीमा साउन २७ गते चलान गरिएको हो ।
जेल चलान हुनेमा सुन्दरबजार नगरपालिका– ७ माछापुछ्रे टोल स्थायी घर भएका बर्ष ४५ का रामशरण सापकोटा भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक हरी नारायण श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रामशरण सापकोटासमेत भएको लागूऔषध (गाँजा) कसूर मुद्दामा प्रतिवादी थिए ।
सापकोटाविरुद्धको सो मुद्दामा लमजुङ जिल्ला अदालतबाट २०८१ चैत १२ गते भएको फैसला सदर हुने गरी सम्मानित उच्च अदालत पोखराबाट २०८२ माघ १३ गते भएको फैसला भएको थियो । सो अनुसार एक बर्ष एक महिना १६ दिन कैद ११ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरी भनाइ छ । सो कैद भुक्तान नगरी फरार रहेका प्रतिवादी लमजुङको सुन्दरबजार नगरपालिका– ७ माछापुछ्रे टोल स्थायी घर भएका बर्ष ४५ का रामशरण सापकोटालाई प्रहरीले उनकै घरबाट साउन २७ गते पक्राउ गरेको प्रहरी भनाइ छ ।
प्रहरीका अनुसार निजको घर वतनमा फेला पारी फैसला कार्यान्वयनका लागि सोही दिनमा सम्मानित लमजुङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । त्यसमा सापकोटाको बाकी सजाय कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय, तनहुँ, दमौली चलान गरिएको छ ।
प्रकाशित मिति २०८३ श्रावण २८, बिहीबार ११:२४ गते