लमजुङका उपज कवि खुसीराम डोलियाको संक्षिप्त चिनारी र उहाँका कृतिहरू

लमजुङका उपज कवि खुसीराम डोलियाको संक्षिप्त चिनारी र उहाँका कृतिहरू

नवराज पहाडी

@antaranganews

२०८३ साउन २७ गते बिहिबार ११:५६

नेपाल प्रज्ञा प्रष्ठिानले कवि एवम् साहित्यकार डौलियालाई गत जेठ २४ गते वरिष्ठ साहित्यिक स्रष्टाको प्रमाणपत्र समेत दिएर उहाँले साहित्यका क्षेत्रमा गर्नु भएको योगदानको उच्च कदर गरेको छ ।

२०६१ र ७१ मा तीन कृति प्रकाशन गर्नु भएका उहाँका एकसाथ २० वटा पुस्तक विमोचन भएका हुन् ।

फेदीकुना(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ९, फेदीकुना निवासी बुबा स्व. पदमराज डोलिया र लक्ष्मीकुमारी डौलियाको कोखबाट वि.सं. २०१९ फागुन ८ गते यस धर्तीमा टेक्नु भएका उहाँले आइएस्सी (एजी) उतीर्ण गर्नु भएको छ ।
नेपाल प्रज्ञा प्रष्ठिानले कवि एवम् साहित्यकार डौलियालाई गत जेठ २४ गते वरिष्ठ साहित्यिक स्रष्टाको प्रमाणपत्र समेत दिएर उहाँले साहित्यका क्षेत्रमा गर्नु भएको योगदानको उच्च कदर गरेको छ ।
त्यसै महिनामा उहाँका एकसाथ २० वटा पुस्तक विमोचन भएका हुन् ।
सोही कारण केन्द्रीय पुस्तकालय कीर्तिपुरद्वारा (एक साथ २० पुस्तक प्रकाशन गरी विमोचन गराएकोमा) अभिलेखिकरण गरिएको छ ।
दुई छोरा र एक छोरीका पिता उहाँको जेठा छोरा परिवारका साथ अमेरिकामा हुनुहुन्छ भने कान्छो बुहारी काठमाडौंमा हुनुहुन्छ । छोरीको पनि विवाह भइसकेको उहाँ पनि परिवारसहति अमेरिकामै हुनुहुन्छ ।
कविताबाट साहित्यिक सेवामा आफूलाई उत्सर्ग गर्दै आउनु भएका डौलियाले २०७१ सालमै सुखद मिलन (उपन्यास) प्रकाशन गर्नु भएको थियो । त्यस्तै, २०७१ सालमा तीन कृतिको एकसाथ विमोचन गराउनु भएको थियो । उहाँले हालसम्म आफ्ना एकल २९ कृति प्रकाशन गर्नु भएर नेपाली साहित्यको भण्डारलाई पुष्ट बनाउन योगदान गर्नु भएको छ ।
उहाँको कलम कविताका अतिरक्त जीवनी लेखन, उपन्यास, यात्रा स्मरण, कथा लेखन आदि विधामा चल्ने गरिआएको छ । उहाँ आफ्नो कुल वंशको डौलिया वंशावली (२०८१) पनि आफैले संकलन गरी प्रकाशन गर्नु भएको छ ।
कवि÷साहित्यकार डौलियाका अन्य कृतिहरूमा प्रतीक्षा (लघु उपन्यास २०७१), समुद्रपारि (यात्रा स्मरण, सुगन्ध कथा संग्रह, वाध्यता (सामाजिक उपन्यास), बस्तीभित्रका हस्ती (जीवनीसङ्ग्रह), हलेसीदेखि मुक्तिनाथसम्म (यात्रा संस्मरण) २०८३ सालमा एक साथ प्रकाशित भएका छन् ।
उहाँका अन्य कृति सबै कविता सङ्ग्रह हुन् । ती हुन् ः समयका छालहरू (२०७१) मातृभूमि (२०७१), समयको वंग र समयको आवाज (२०८१) छन् । त्यसै वर्ष उहाँका छ वटा कृति प्रकाशन भएका थिए । अन्य कृतिहरू सबै २०८३ मा प्रकाशन भएका हु्न् ।
ती कृतिहरू हुन् ः बाटो भुलेको यात्री, पर्खालभित्र, अन्त्यहीन यात्रा, अन्तिम सङ्कल्प, मौन आकाश, उपहार, प्रशान्तका छालहरू, जलेको मन, जीवनको परिभाषा रहेका छन् । यसैगरी, रित्तो शहर, उज्यालोको खोजी, सम्बन्ध, अन्तर्मनका धुन र अस्तित्व रहेका छन् ।
२०५६ को साउनबाट नै एकल जीवन बिताउँदै आउनु भएका कवि डौलियाको साथी नै कलम र कापि अर्थात कविता तथा अन्य स्मरणात्मक लेख हुने गरेका छन् ।
फुटकर सम्मान प्रशंसा कदर पत्र :
कदर पत्र नेपाल जिल्ला शिक्षा कार्यालय– २०६१
राष्ट्रिय शिक्षक पदक– २०६२, शिक्षा मन्त्रालयबाट ।
भविष्य निर्माण मा.वि.को रजत उत्सवमा नगद पुरस्कार सहित सम्मान– २०७१
भोटेओडार सेवा समाजबाट सम्मान पत्र– २०८१
सेवा निवृत्त शिक्षक समाजबाट उत्कृष्ठ शिक्षक सम्मान– २०८१
भविष्य निर्माण मावि, पुस्तकालयलाई १७५ पुृस्तक उपलब्ध गराएपछि– सम्मान पत्र– २०८१
क्रान्ति धारा साहित्यिक एकेडेमी, बिन्द्रावन, भारत, ब्रज शिरोमणि सम्मान– सन् २०२५
उत्कृष्ठ शिक्षक सम्मान– सेवा निवृत्त शिक्षक समाजबाट २०८२
भोटेओडार सामुदायिक सिकाई केन्द्र– सम्मान पत्र– २०८२ (स।ो केन्द्रलाई १४५ थान किताव उपलब्ध गराएकोमा)
नेपाल भारत साहित्यिक महोत्सव– सगरमाथा चारु साहित्य सम्मान– २०८३, चारु साहित्य समाज
लगायत विभिन्न सङ्घसंस्थाहरूबाट आयोजित विभिन्न कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्वना स्थान हासिल गर्दै आएको ।
संलग्नता :
संस्थापक सदस्य (हिमालीचुली प्रा.वि. दोर्दीं– ८ फलेनी)
संस्थापक सदस्य (भविष्य निर्माण मा.वि., भोटेओडार),
संस्थापक सचिव (सामुदायिक सेवा केन्द्र, भोटेओडार)
संस्थापक अध्यक्ष समाज कल्याण युवा क्लब,
कवि डौलियाको सामाजिक जीवन पनि उत्तिकै प्रेरणा र उर्जामय रहेको छ ।
आजीवन सदस्य रहेका संस्थाहरू :
नेपाल रेडक्रस सोसाइटी, लमजुङ,
नेपाल शिक्षक संघ लमजुङ
भक्ति भू.पू. विद्यार्थी समाज, भोटेओडार, लमजुङ,
सामुदायिक सेवा केन्द्र, भोटेओडार, लमजुङ,
राष्ट्रिय परोपकार महासंघ
भोटेओडार सेवा समाज,
नेपाल निवृत्त शिक्षक समाज (के.स.समेत), ललितपुर,
मर्स्याङदी वाड्मय प्रतिष्ठान, काठमाडौं,
कर्मदा सूचना मञ्च, भोटेओडार, लमजुङ ।
अनुभव :
भक्ति भू.पु. विद्यार्थी समाजको सदस्य,
नेपाल शिक्षक सङ्घको सदस्य, सहसचिव÷उपाध्यक्ष
सामुदायिक सेवा केन्द्रको सचिव÷उपाध्यक्ष,
समाज कल्याण क्लबको अध्यक्ष
नेपाल रेडक्रस सोसाइटी भोटेओडार उपशाखाको सदस्य,
नवोदित सहकारी संस्थाका संस्थापक सदस्य तथा ऋण संयोजक,
अन्य सामाजिक संघ संस्थाहरूमा विभिन्न पदमा रही काम गरेको,
विभिन्न सामाजिक काममा संलग्न
भविष्य निर्माण मा.वि.को संस्थापक पूर्व प्रधानाध्यापक,
हाल नेपाल निवृत्त शिक्षक समाज, लमजुङ अध्यक्ष/हाल केन्द्रीय प्रतिनिधि),
कवि डौलियाले २०३० सालमा कक्षा– ५ मा पढदादेखि कविता लेखन सुरू गर्नु भएको हो ।
शिक्षण सेवा स्थायी अस्थायी गरी ३१ वर्ष सेवा गर्नु भयो । (२०४८ बाट २०७३ जेठसम्म भविष्य निर्माण माविको संस्थापक प्रधानाध्यापक ।
शिक्षण सेवामा रहदैमा २०७१ मा एक उपन्यस र दुई कविता संग्रह प्रकाशन गर्नु भएको थियो ।
सम्पर्क : मो. ९८४६१५६७४८

प्रकाशित मिति २०८३ श्रावण २८, बिहीबार ११:५६ गते
हजुरको प्रतिक्रिया