नाट्टाको नेतृत्वका लागि आजै निर्वाचन तयारी

नाट्टाको नेतृत्वका लागि आजै निर्वाचन तयारी

एजेन्सी

@antaranganews

२०८३ साउन २८ गते शुक्रबार १२:२६

प्रविधिमैत्री कार्यशैली र आधुनिक पर्यटन पूर्वाधारको विकासमा बढी चासो राख्ने नयाँ पुस्ताका व्यवसायीहरू माझ जिश्वा तुलाधर श्रेष्ठ प्यानलको राम्रो प्रभाव राख्न सफल भएको पाइन्छ ।

पर्यटन व्यवसायीहरूका अनुसार अहिले श्रेष्ठ र भण्डारीको टिम बलियो दाबेदार मानिएको छ ।

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमिति चयनका लागि मतदान जारी रहेको छ । यसका लागि काठमाडौंको सोल्टी होटलमा उद्घाटन सत्र सकिएसँगै बन्द सत्र सुरु हुने र त्यसै अन्तर्गत साउन २९ गते निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय गरिएको छ ।
यसपटकको निर्वाचनमा दुई प्यानलमा महिला नेतृत्व हुनाले पनि निर्वाचनलाई थप रोमाञ्चक बनाएको देखिन्छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिएसँगै आगामी ३ वर्षका लागि कार्यसमितिमा निर्वाचित हुन लागेको हो । चुनावी मैदानमा प्यानलसहित प्रतिस्पर्धा हुन लागेको हो । यस पटकको निर्वाचनमा जिश्वा तुलाधर श्रेष्ठ, युविका भण्डारी र भरतजंग पाण्डेको नेतृत्वमा तीन प्यानल छन् ।
नाट्टाको ५९ औँ वार्षिक साधारणसभासँगै २५ औँ कार्यसमितिको नयाँ नेतृत्वका लागि चुनाव हुँदै छ । नाट्टाको यो त्रिकोणात्मक र रोमाञ्चक प्रतिस्पर्धाले निर्वाचन प्रक्रिषयालाई थप रोचक बनाएको देखिन्छ । यो प्रतिस्पर्धालाई पुरानै स्थापित परम्परागत ढर्रा र नयाँबीचको प्रतिस्पर्धाको रुपमा समेत अथ्र्याइएको छ ।
कोभिड– १९ को विश्वव्यापी महामारीको गहिरो असर र पछिल्लो समय मुलुकले झेलिरहेको आर्थिक शिथिलताबाट भर्खरै मात्र लयमा फर्किन संघर्ष गरिरहेको नेपालको पर्यटन व्यवसायलाई कसरी नयाँ गति र सही दिशा दिने भन्ने विषय यतिबेला पेचिलो बनेको बेला ट्राभल एजेन्टसहरूको छाता संगठनले नयाँ नेतृत्व छान्न लागेको हो ।
पर्यटन व्यवसायलाई नयाँ गति दिने, डिजिटल रूपान्तरण गर्ने र नीतिगत लबिइङ गर्ने जस्ता एजेन्डाहरू चुनावी प्रतिस्पर्धामा छन् ।
नाट्टाको इतिहासमै पहिलो महिलाहरूको बलियो दाबेदारी :
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वको लागि प्रतिस्पर्धा तीव्र बनेको छ । नाट्टाको नयाँ नेतृत्वका लागि तीन जना दौडमा देखिएका छन् । तीन जनामध्ये दुई जना महिला छन् । नाट्टाको इतिहासमा दुई जना महिला बलियो प्रतिस्पर्धीको रूपमा उम्मेदवार पहिलोपटक भइरहेका छन् ।
ट्राभल व्यावसायीहरूको छाता संस्थाको रूपमा रहेका नाट्टा नेपालमा पर्यटन क्षेत्रमा बलियो र उच्च साख भएको संस्थामध्येमा मानिन्छ । नाट्टाको नेतृत्वमा लागि हुने होडबाजीलाई अर्थपूर्णमा हेरिन्छ । अध्यक्षका लागि अहिले युविका भण्डारीको नेतृत्वमा एउटा टिम सार्वजनिक भएको छ ।
यस्तै, जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा अर्को टिम रहेको छ । यी दुवै महिला उम्मेदवार बलियो दाबेदारका रूपमा हेरिएको छ । उनीहरूलाई पूर्वअध्यक्षहरू विभाजित भएर श्रेष्ठ र भण्डारीको टिमलाई साथ दिइरहेका छन् ।
पर्यटन व्यवसायीहरूका अनुसार अहिले श्रेष्ठ र भण्डारीको टिम बलियो दाबेदार मानिएको छ । यद्यपि, दुई महिला उम्मदेवारको प्रतिस्पर्धामा पाण्डे अघि आउन सक्ने सम्भावना रहेकोसमेत चर्चा भइरहेको छ । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका व्यवसायीहरूले समेत समर्थन गरेका छन् ।
श्रेष्ठको टिमले आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत परम्परागत पर्यटन व्यवसायलाई प्रविधिमैत्री, चुस्त र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउने प्रतिबद्धता जनाएको छ ।
यो प्यानलमा पनि संस्थाभित्र लामो समयदेखि काम गरिसकेका अनुभवी व्यवसायीको समर्थन रहेकाले संगठनभित्रको एउटा स्थापित सञ्जाल यस टिमको पक्षमा चुनावी प्रचारप्रसारमा सक्रियताका साथ लागेको देखिन्छ । प्रविधिमैत्री कार्यशैली र आधुनिक पर्यटन पूर्वाधारको विकासमा बढी चासो राख्ने नयाँ पुस्ताका व्यवसायीहरू माझ जिश्वा तुलाधर श्रेष्ठ प्यानलको राम्रो प्रभाव राख्न सफल भएको पाइन्छ ।
वर्तमान कार्यसमितिका दुई ठूला पदाधिकारीहरू आपसी समझदारी कायम गर्न नसकी अलग अलग प्यानल बनाएर चुनावमा होमिनेमा वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निभाएकी जिश्वा तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको ‘टिम जिस्वान’ निकै बलियो तयारी र सांगठनिक शक्तिका साथ मैदानमा उत्रिएको बताइएको छ ।
संस्थागत निरन्तरता र आन्तरिक संरचनाको परिमार्जनलाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएको यस प्यानलले नाट्टालाई आधुनिक युग सुहाउँदो ‘स्मार्ट र सुरक्षित’ संस्था बनाउने डिजिटल रूपान्तरणको नारालाई प्राथमिकताका साथ उठाएको छ ।
उता, भण्डारीको पक्षमा भने कांग्रेसनिटक व्यवसायीहरू खुलेर लागेका छन् । त्यसो त, नेकपा र एमालेनिकट मानिएका केही व्यवसायीहरूमध्ये केही भण्डारीको खेमामा पनि देखिएका छन् ।
यस पटकको निर्वाचनमा ‘सशक्त नाट्टा, समृद्ध पर्यटनः सदस्यसँगै, सदस्यका लागि’ भन्ने नारासहित पाण्डे प्यानल चुनावी मैदानमा छ । संस्थाभित्र लामो समयदेखि जरा गाडेर बसेको परम्परागत गुटबन्दी, सिन्डिकेट र केही सीमित व्यक्तिहरूको एकाधिकारलाई तोड्दै आम साधारण सदस्यहरूको हकहितलाई मुख्य केन्द्रमा राख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
एभरेष्ट मिरेकल ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक भरतजंग पाण्डेको नेतृत्वमा रहेको प्यानलले पनि उम्मेदवारी दिएको छ । पाण्डेको टिमले अघि सारेको ११ बुँदे रूपान्तरण संकल्प पत्रले भुइँतहमा रहेका साना तथा मझौला ट्राभल र टुर व्यवसायीहरूले दैनिक रूपमा भोग्नुपरेका व्यावहारिक, प्राविधिक र नीतिगत समस्याहरूलाई सिधै र स्पष्ट रूपमा सम्बोधन गर्ने साहसिक जमर्को गरेको छ ।
पाण्डेको प्यानलमा पर्यटन व्यवसायको क्षेत्रमा लामो समयदेखि स्थापित, परिपक्व, जुझारु र व्यावसायिक दृष्टिकोण भएका सशक्त अनुहारहरूको बलियो बाहुल्यता रहेको छ ।
यो प्यानललाई नाट्टाभित्र तेस्रो धारको रुपमा हेरिएको छ । अहिलेसम्म तटस्थ बसेका र संस्थामा ठूलो परिवर्तनको अपेक्षा राखेका बहुसंख्यक मतदाताहरूलाई तीव्रताका साथ आफूतिर आकर्षित गरिरहेको सम्बद्ध पक्षको दाबी छ ।
वर्तमान कार्यसमितिमा महासचिवको महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालेकी महिला उद्यमी युविका भण्डारीले पनि ‘युविका एण्ड टिम’ मार्फत संस्थाको सर्वोच्च नेतृत्वको लागि आफ्नो सशक्त दाबेदारी प्रस्तुत गर्नु भएको छ ।
यो टिमको ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने नारा रहेको छ । भण्डारीको यो प्यानलसँग संस्थाको आन्तरिक कार्यप्रणाली, प्रशासनिक चुनौतीहरू र नीतिगत मामिलाहरूको प्रत्यक्ष अनुभवको बलियो जग र सामथ्र्य छ ।
उहाँको प्यानलले पोखरा र भैरहवा जस्ता नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकार र सरोकारवाला निकायहरूसँग बलियो नीतिगत लबिइङ गर्ने मुख्य योजना अघि सारेको छ ।
संस्थाको इतिहासमै नेतृत्व तहमा महिलाको बलियो र सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्दै पुराना परिपक्व व्यवसायीहरूको अनुभव र नयाँ पुस्ताको सिर्जनात्मक ऊर्जालाई समेटेर अघि बढ्ने मुख्य दाबी यो प्यानलको रहेको छ ।
अध्यक्षका अर्का दाबेदार भने भरतजंग पाण्डेको नेतृत्वमा रहेका छन् ।
प्रस्टसँग राजनीतिक धार नदेखिए पनि एमाले र नेकपानिकट मानिएका व्यवसायीहरू पनि श्रेष्ठको पक्षमा देखिएका छन् ।

प्रकाशित मिति २०८३ श्रावण २९, शुक्रबार १२:२६ गते
हजुरको प्रतिक्रिया