
काठमाडौँ– नेपाली कांग्रेसको काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापा नेतृत्वको समितिलाई फेरि पनि अस्वीकार गरेको साउन २९ गते प्रष्ट देखिएको छ ।
देउवा–शेखर पक्षधरको ‘राष्ट्रिय भेला’मा विशेष महाधिवेशनबाट आएको समितिलाई पूर्णतः उपेक्षा गर्दै कार्यक्रमको सुरुवात, सम्बोधन र शपथ ग्रहणका क्रममा पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको नभई १४ औँ महाधिवेशनबाट निर्वाचित पद र हैसियतअनुसार नै सम्बोधन गरिएको छ ।
सो भेलाको सञ्चालन प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले सञ्चालन गर्नु भएको छ । भेलाको उद्घाटन कार्यक्रममा सहभागी नेताहरूलाई सम्बोधन गर्दा विशेष महाधिवेशनले दिएको नयाँ जिम्मेवारीलाई कतै उल्लेख गरिएन । उक्त कार्यक्रममा १४ औँ महाधिवेशनकै पदाधिकारी र सदस्यका रूपमा आसन ग्रहण र सम्बोधन गराइएको थियो । यसले देउवा र शेखर समूह गगन थापा नेतृत्वको वर्तमान समितिलाई वैधानिकता दिन तयार नरहेको देखिएको हो ।
यसघट्नाले विशेष महाधिवेशनको आधिकारिकता विवाद र देउवा–शेखर पक्षको यो राष्ट्रिय भेलाले नेपाली कांग्रेसभित्रको शक्ति सङ्घर्षलाई थप पेचिलो बनाएको छ । एकातिर गगन थापा नेतृत्वको समितिले आधिकारिकताको दाबी गर्दै केन्द्रीय कार्याmलयमा बैठक बसिरहेको छ भने अर्कोतिर पार्टीका दुई प्रभावशाली समूहले पुरानै संरचनालाई आधार मानेर गतिविधि अघि बढाएका छन् ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापा नेतृत्वको समितिलाई मान्यता दिन अस्वीकार गरेका छन् ।
देउवा–शेखर पक्षधरको राष्ट्रिय भेलामा विशेष महाधिवेशनबाट आएको समितिलाई उपेक्षा गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित पद र हैसियतअनुसार नै सम्बोधन गरिएको हो ।
सर्वोच्चले पुनरावलोकनको ढोका खोलेकै समयमा देउवा र शेखर समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै राष्ट्रिय भेला आयोजना गरेको हो । अदालतले पुनरावलोकनको लागि दिएको अनुमतिलाई यो समूहले गगन थापा नेतृत्वको समितिलाई अस्वीकार गर्ने आधारका रूपमा लिएको छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनको वैधानिकताका सम्बन्धमा पुनरावलोकनको अनुमति दिएपछि देउवा र शेखर समूहले यसलाई थापा नेतृत्वको समितिलाई अस्वीकार गर्ने आधारका रूपमा लिएको छ ।
यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिँदै गगन थापा नेतृत्वको समितिलाई वैधानिक मानेका थिए । तर, यो विवाद फेरि कानुनी जटिलतामा फसेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले विशेष महाधिवेशनको वैधानिकताका सम्बन्धमा परेको मुद्दामा फेरि पुनरावलोकनको अनुमति दिएको छ ।
देउवा ‘पश्चिमको राजकुमार’ : विपी
विपीले शेरबहादुरजीलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ नै हाम्रो नेता : शशांक कोइराला
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफ्नो सम्बोधनमा कांग्रेस एकजुट भएमा कसैले पनि पराजित गर्न नसक्ने बताउँदै आफूहरूको नेता शेरबहादुर देउवा नै भएको बताउनु भयो । उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भनेको स्मरण गर्दै पुराना व्यक्तिगत प्रसङ्गहरू समेत सुनाउनु भयो ।
कोइरालाले पार्टीलाई एकजुट बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरेको भन्न पनि बिर्सनु भएन । कोइरालाले भन्नुभयो, ‘यो भेलाको आयोजना गर्नुप¥यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो, नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’
उहाँले बुवा बीपी कोइरालाले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण पनि गर्दै भन्नुभयो, ‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो, त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हे¥यौं ।’
उहाँले आफूहरूको नेता पनि शेरबहादुर देउवा नै भएको समेत जोडदिदै भन्नुभयो ।
संस्थापनइतरको राष्ट्रिय भेलामा को–को छन् सहभागी ?
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा कांग्रेसका विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता छ । भेलामा सो समूहका नेतादेखि कार्यकर्ताहरूसम्म सहभागी भएका छन् ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू विजयकुमार गच्छदार, डा. शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह हुनुहुन्छ । भेलामा डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेत, दीपक खड्कालगायत नेताहरूको पनि उपस्थिति छ ।
उक्त राष्ट्रिय भेला साउन ३१ गते समापन हुने बताइएको छ ।
प्रकाशित मिति २०८३ श्रावण २९, शुक्रबार १६:२४ गते