नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलन विभिन्न ५ निर्णय गर्दै समापन

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलन विभिन्न ५ निर्णय गर्दै समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन ३० गते आईतबार ०७:५७

सो निर्णयमा भनिएको छ, ‘१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ ।’

बिपीको राष्ट्रियता र मेलमिलापको नीतिलाई समर्थन गर्ने अडानसाथ ऊ राजसंस्थाको पक्षमा पनि देखिएको बताइएको छ ।

काठमाडौं– नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा ५ प्रस्ताव पारित गरेको छ । साउन २९ गते उद्घाटन भएको बेला विभिन्न ५ प्रस्ताव पारित गर्दै तथा ५ निर्णयसहित साउन ३१ गते सम्पन्न भएको हो ।
भेलाले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम १५ औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । साथै, भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ ।
भेलाले बिपी कोइरालाको मेलमिलाप नीति अनुसार पार्टी अगाडि बढाउनु पर्ने निर्णय गरेको छ । सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अगाडि बढाउने निर्णय विवादित बनेपछि देउवाबाट हस्तक्षेप भएको स्रोतको भनाइ छ । शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलामा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा खुलेर समर्थन गरेको भन्ने तर्क पनि बाहिरिएको छ । कतिपयले देउवा समूह घुमाउरो रूपले राजसंस्थाको पक्षमा देखिएको समेत आंकलन गरेका छन् ।
बिपीको राष्ट्रियता र मेलमिलापको नीतिलाई समर्थन गर्ने अडानसाथ ऊ राजसंस्थाको पक्षमा पनि देखिएको हो । त्यसो त यसअघि कांग्रेसका नेता शंकर भण्डारी समूहले पार्टीभित्र राजसंस्था र हिन्दुराष्ट्रका विषयमा आवाज उठाउँदै आएको थियो । उनीहरूको आवाज निकै सशक्त रूपमा अघि बढिरहे पनि यसको प्रभाव स्थापित भइसकेको थिएन ।
विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि देउवा समूह पार्टीविहीन अवस्थामा छ । गगन थापा नेतृत्वलाई नमान्ने भन्दै छुट्टै भेला गर्दै आइरहेको देउवा र कोइराला (शंशाक कोइराला) समूह काठमाडौँमा दुई दिनसम्म चलेको राष्ट्रिय भेलाबाट हिन्दुराष्ट्रका पक्षमा खुलेको हो ।
उक्त भेलाको उद्घाटन तथा समापन सत्रमा निवर्तमान सभापति शेरबहादुर देउवासमेत सहभागी हुनु भएको थियो ।
भेलाले अब हुने कार्यक्रम पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा गर्दै जाने पनि निर्णय गरेको नेता प्रकाशशरण महतले बताउनु भयो । उहाँका अनुसार विभिन्न ५ निर्णय गर्दै सम्मेलन सकिएको छ । सोसँगै कोइराला अब संस्थापनइतर पक्षका नेता हुनु भएको छ ।
सम्मेलनले गरेका पाँच निर्णयहरू :
१. १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ ।
१५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
२. २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो। आज पनि देश अप्ठेरो स्थितिमा छ । यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि क्रियाशील रहने ।
३. नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपाल रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ ।
४. वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग सम्बाद गरि निकाश दिइने छ ।
५. २०८३ श्रावण ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहनु हुनेछ ।

प्रकाशित मिति २०८३ श्रावण ३१, आईतवार १९:५७ गते
हजुरको प्रतिक्रिया