मञ्जिला अनिलको ‘बुवा हजुर’ महाकाव्य लोकार्पित

मञ्जिला अनिलको ‘बुवा हजुर’ महाकाव्य लोकार्पित

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन ३१ गते सोमबार ०१:१०

सो अवसरमा अनेसासका पूर्व सल्लाहकार प्रतीक ढकाल, प्रा.डा. बि ओ टी सल्लाहकार तीर्थ अधिकारी, पूर्व सूचना आयुक्त कमला ओली लगायतले मन्तव्य राख्नु भएको थियो ।

मन्तव्यमा महाकाव्यकार मञ्जिला अनिलले महाकवि देवकोटासम्बन्धी समाजमा भ्रमहरू फैलिएको हुनाले ती भ्रमलाई चिर्नको लागि ‘बुवा हजुर’ लेखेको बताउनु भयो ।

काठमाडौं– अनेसास नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष साहित्यकार मञ्जिला अनिलद्वारा लिखित ‘बुवा हजुर’ महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित आधिकारिक महाकाव्यको लोकार्पण भएको छ । भागवत वाचक अजितप्रसाद गौतम प्रमुख अतिथि रहेको सो कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य राजेन्द्र के.सी.को अध्यक्षतामा साउन ३० गते भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), नेपाल च्याप्टरको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गौतम, अध्यक्ष के.सी., विशिष्ट अतिथिहरू साहित्यकार एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र पदम देवकोटा, त्रिविवि नेपाली विभागका पूर्व प्रमुख प्राडा. खगेन्द्रप्रसाद लुइटेल, मञ्चासीन र अन्य आमन्त्रित अतिथिहरूद्वारा सामूहिक कृतिको लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा अतुल स्मृति गुरुकुलका बालबालिकाबाट मङ्गलाचरण प्रस्तुत गरिएको थियो ।
लोकार्पित कृतिबाट कविहरू कल्पना काफ्ले र कवि भवानी खतिवडाले केही श्लोक वाचन वाचन गर्नु भएको थियो ।
सो अवसरमा अनेसासका पूर्व सल्लाहकार प्रतीक ढकाल, प्रा.डा. बि ओ टी सल्लाहकार तीर्थ अधिकारी, पूर्व सूचना आयुक्त कमला ओली लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा लोकार्पित कृतिको समीक्षा साहित्यकार डा. देवी नेपाल र समालोचक ज्ञाननिष्ठ ज्ञवालीले गर्नु भएको थियो । कृतिका सर्जक मन्जिला अनिलले लेखकीय मन्तव्य राख्नु भएको थियो । मन्तव्यमा महाकाव्यकार मञ्जिला अनिलले महाकवि देवकोटासम्बन्धी समाजमा भ्रमहरू फैलिएको हुनाले ती भ्रमलाई चिर्नको लागि ‘बुवा हजुर’ लेखेको बताउनु भयो ।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरको तर्फबाट कृतिकार मञ्जिला अनिललाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र वरिष्ठ आख्यानकार राजेन्द्र विमलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
महासचिव रञ्जना निरौलाले स्वागत र उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको सञ्चालन डा. घनश्याम खतिवडाले गर्नु भएको थियो ।
सो अवसरमा सो कार्यक्रममा अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, केन्द्रीय समितिका निवर्तमान सदस्य तारा उप्रेती तथा साहित्यकारहरू, पत्रकारहरू, आयोजक संस्था अनेसासका सदस्यहरू र मन्जिला अनिलका परिवारको भारी संख्यामा उपस्थिति थियो ।

प्रकाशित मिति २०८३ भाद्र १, सोमबार १३:१० गते
हजुरको प्रतिक्रिया