पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा विश्व हिन्दू परिषदको गण्डकी प्रदेशस्तरीय योजना बैठक हुँदै, तयारी पुरा,

पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा विश्व हिन्दू परिषदको गण्डकी प्रदेशस्तरीय योजना बैठक हुँदै, तयारी पुरा,

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २ गते बुधबार ०९:०५

प्रदेश भरबाट १५० जनाको सहभागिता रहने तीन दिवसीय उक्त कार्यक्रममा गत वर्ष सम्पन्न भएका कार्यक्रमहरूको प्रस्तुति र समीक्षा गर्ने, चालु आवमा गरिने योजनाहरूको तर्जुमा लगायतका कार्यक्रम हुनेछन् ।

नेपालमा यसलाई Vishwa Hindu Parishad Nepal को रूपमा चिनिन्छ जुन सन् २०११(२०६८) अर्थात १५ वर्ष अघि (श्रीराम नवमीको दिन) स्थापना भएको हो ।

पोखरा– विश्व हिन्दू परिषदको गण्डकी प्रदेशस्तरीय योजना बैठकमा पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीको प्रमुख आतिथ्यता रहने भएको छ । पोखरा– १७ स्थित ओशो उपवन दोबिल्लामा हुने बैठक भदौ ५ गतेदेखि तीन दिवसीय रुपमा हुने भएको हो । बैठकको तयारी पुरा भएको आयोजकको भनाइ छ ।
विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीको समेत सहभागिता रहने उक्त बैठकको समापन भदौ ७ गते हुने तालिका छ । अध्यक्ष भण्डारी सर्वोच्च अदालतको पूर्व न्यायाधीश हुुनुहन्छ ।
बैठकमा परिषदका राष्ट्रिय महासचिव राजेन्द्र चौधरी, केन्द्रीय सदस्यद्वय युक्त प्रसाद सुवेदी, जितेन्द्र सिंहको विशेष उपस्थिति रहने प्रदेश संयोजक दीपक आचार्यले बताउनु भयो । उहाँका अनुसार महत्वपूर्ण सांगठनिक बैठकमा उच्च अदालतका पूर्वन्यायाधीश द्वय ऋषिराम अधिकारी र माधवेन्द्र रेग्मी लगायत अन्य पूर्वजिल्ला न्यायाधीशहरूको समेत सहभागिता रहनेछ ।
परिषदका महासचिव पूर्व प्रहरी नायव महानिरीक्षक हुनुहुन्छ । उक्त बैठकमा प्रदेशका ११ जिल्लाबाट १५० जनाको सहभागिता हुने भएको आयोजक समितिका संयोजक आचार्यले जानकारी दिनु भएको छ ।
आचार्यले भन्नुभयो, ‘तीन दिवसीय उक्त कार्यक्रममा गत वर्ष सम्पन्न भएका कार्यक्रमहरूको प्रस्तुति र समीक्षा गर्ने, चालु आवमा गरिने योजनाहरूको तर्जुमा लगायतका कार्यक्रम हुनेछन् ।’
विश्व हिन्दू परिषदको संक्षिप्त चिनारी :
विश्व हिन्दू परिषद (विहिप) एक अन्तर्राष्ट्रिय हिन्दू संगठन हो । नेपालमा यसलाई Vishwa Hindu Parishad Nepal को रूपमा चिनिन्छ जुन सन् २०११(२०६८) अर्थात १५ वर्ष अघि (श्रीराम नवमीको दिन) स्थापना भएको हो । यो संस्थाको मुख्य उद्देश्य हिन्दू धर्म, संस्कृति र संस्कारको रक्षा तथा समाज सेवामा क्रियाशील रहने रहेको छ । मुख्य उद्देश्यमा हिन्दू समाजलाई एकताबद्ध र संगठित गर्ने, हिन्दू धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने, समाजमा सेवा कार्य, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने, धर्म परिवर्तन रोक्ने र सनातन हिन्दू धर्मप्रति जनचेतना जगाउने आदि रहेको छ ।
यसका मुख्य गतिविधिहरूमा नेपाललाई वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना गर्न विभिन्न सुझाव तथा अभियान सञ्चालन गर्ने, विभिन्न चाडपर्व, जयन्ती तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने, समाज सुधार र धर्म रक्षाका लागि विभिन्न सामाजिक तथा जागरणमूलक कार्यक्रमहरू गर्ने गरिआएको छ । विहिपको नामले चिनिने यसको चिन्ह र नारा बयरको रुख र ‘धर्मो रक्षति रक्षितः’ रहेको छ ।
भारतमा यस संस्थाको स्थापना सन् १९६६ मा भएको थियो । जसको यो वर्ष स्वर्ण वर्ष हो । संस्थाका संस्थापकहरूमा स्वामी चिन्मयानन्द, एसएस आप्टे, मास्टर तारा हिन्द हुनुहुन्थ्ष्यो । त्यसअघि पहिलो पटक २१ मई १९६४ मा मुम्बईमा यसबारेमा सम्मेलन भएको थियो ।

प्रकाशित मिति २०८३ भाद्र ३, बुधबार २१:०५ गते
हजुरको प्रतिक्रिया