‘मोरे सैया’ गीत सार्वजनिक

‘मोरे सैया’ गीत सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ५ गते शनिवार ०७:४८

सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको उक्त गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको प्रस्तुतिले स्रोता दर्शकहरूले भरपुर मनोरञ्जलन लिन सक्ने विश्वास गरिएको छ ।

नेत्र अर्यालद्वारा शब्द रचना गरिएको यस गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका हुन् ।

काठमाडौं– लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ । सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको उक्त गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको प्रस्तुतिले स्रोता दर्शकहरूले भरपुर मनोरञ्जलन लिन सक्ने विश्वास गरिएको छ ।
सुनिल बीकेको निर्देशनमा तयार पारिएको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन् । नेपाली मौलिक पहिरन र पर्यटकीय स्थल सौराहाको प्राकृतिक परिवेशलाई समेटेर गरिएको छायांकनले गीतको भावलाई थप जीवन्त बनाएको छ ।
नेत्र अर्यालद्वारा शब्द रचना गरिएको यस गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका हुन् । गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन किस्मतले सम्हालेका छन् ।
गीतको छायांकन अनिल के. मानन्धरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका हुन् । गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको यो गीत सुशीला गौतमको युटुब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत दर्शक तथा श्रोतासामु पुगेको छ ।
सुशीला गौतमबाट ।

प्रकाशित मिति २०८३ भाद्र ६, शनिबार ०७:४८ गते
हजुरको प्रतिक्रिया