शिक्षा तथा समाजसेवी एवम् काँग्रेस नेता डिकेन्द्र कँडेलको असामयिक निधन

शिक्षा तथा समाजसेवी एवम् काँग्रेस नेता डिकेन्द्र कँडेलको असामयिक निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ५ गते शनिवार ०८:५६

उहाँ हिजो साँझको खाना खाएर डेरामा जानु भएको रहेछ । विहानमा उहाँको कोठामा सरसफाई गर्ने महिला जाँदा उहाँ कुर्चीमै रहेको तर नबोले पछि उनले छिमेकी र प्रहरीलाई खबर गरेकी थिइन् ।

उहाँ सशस्त्र द्वन्द्वकालमा त्यहाँ बस्न नसक्ने स्थिति उत्पन्न भएपछि काठमाडौंमा विस्थापित हुनु भएको हो । तर पनि उहाँमा जिल्लामै बसेर केही गर्नु पर्छ भन्ने सोच, चिन्तन सधैं रही रह्यो ।

बेसीशहर– लमजुङका प्रतिष्ठिन शिक्षा तथा समाजसेवी एवम् नेपाली काँग्रेसका नेता डिकेन्द्र कँडेलको असामयिक निधन भएको छ । उहाँको बेसीशहर नगरपालिका– ८ को सेरामा रहेको डेरामा भदौ ६ गते विहान गए राती निधन भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रजातान्त्रिक आन्दोलनका अभियन्ता रहनु भएका कँडेल लमजुङको राइनास नगरपालिका– ४ को अल्काटारका स्थायी बासिन्दा हुनुहुन्थ्यो । अंग्रेजी विषयका ज्ञाता उहाँ लामो समय सौभाग्योदय मावि, अल्काटारको प्रधानाध्यापक समेत हुनुभयो । उहाँ २०३६ सालमै त्यहाँ बस्न नसक्ने स्थिति उत्पन्न भएपछि काठमाडौंमा विस्थापित हुनु भएको हो । तर पनि उहाँमा जिल्लामै बसेर केही गर्नु पर्छ भन्ने सोच, चिन्तन सधैं रही रह्यो । उहाँले राजनीतिमात्र गरेर हुन्न समाजसेवामार्फत समाजसँग जोडिनु पर्छ भन्ने उद्देश्यले ‘कोपाडेस’ नामक गैरसरकारी संस्था खोल्नु भएर संस्थापक अध्यक्ष भई लामो समयसम्म खासगरी आफ्नै निर्वाचन क्षेत्रमा समाजसेवाका विविध कार्यहरू, त्यसमा महिला सशक्तिकरणका लागि विशेष योगदान रहेको छ ।
उहाँको निधन भएको खबर बारेमा जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्क गर्दा घट्ना भएको हो भन्ने प्रहरी नायक उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । परीक्षणका लागि अस्पताल लग्ने वा अन्य काम केही हुँदै छ कि ? भन्ने जिज्ञासामा हैन उहाँको परिवारमा खबर भएको छ, आउँदै हुनुहुन्छ, हामी प्रतिक्षामा छौ प्रनाउ बस्नेतले भन्नुभयो ।
उहाँ हिजो साँझको खाना खाएर डेरामा जानु भएको रहेछ । विहानमा उहाँको कोठामा सरसफाई गर्ने महिला जाँदा उहाँ कुर्चीमै रहेको तर नबोले पछि उनले छिमेकी र प्रहरीलाई खबर गरेकी थिइन् ।
हाल नेपाली काँग्रेसको महासमिति सदस्य रहनु भएका कँडेलको थप विवरण अर्को समाचारमा ।

प्रकाशित मिति २०८३ भाद्र ६, शनिबार ०८:५६ गते
हजुरको प्रतिक्रिया