शिक्षा एवम् समाजसेवी, नेपाली काँग्रेसका नेता कँडेल निधनको मुचुल्का उठाउँदै प्रहरी

शिक्षा एवम् समाजसेवी, नेपाली काँग्रेसका नेता कँडेल निधनको मुचुल्का उठाउँदै प्रहरी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ५ गते शनिवार ११:४५

पार्टीहरूको प्रतिवन्धित अर्थात पञ्चायत कालमा नेपाली काँग्रेसको जिल्ला समिति सदस्य रहनु भएका डिकेन्द्र कँडेल त्यसपछि भने लगातार पार्टी एक पटक महाअधिवेशन प्रतिनिधि र त्यसपछि लगातार महासमिति सदस्य रहिरहनु भयो नेता हरिप्रसाद बरालले जानकारी दिनुभयो । बरालका अनुसार उहाँ ऐले पनि महासमितिको सदस्य हुनुहुन्थ्यो ।

महिला सशक्तिकरणका लागि काम गर्ने क्रममा एकै पटक १४ वटा सहभागी संस्थाको स्थापना गरी समाज आर्थिक रुपान्तरणको प्रयास उहाँले गरेको पाइन्छ ।

बेसीशहर– लमजुङका प्रतिष्ठिन शिक्षा तथा समाजसेवी, नेपाली काँग्रेसका नेता डिकेन्द्र कँडेलको असामयिक निधन भएको छ । उहाँको बेसीशहर नगरपालिका– ८ को सेरामा रहेको डेरामा गए राती निधन भएको पुष्टि गरेको प्रहरीले घटनास्थलमा भदौ ६ गते विहान मुचुल्का उठाउँदै छ । उहाँ ७४ वर्षका हुनुहुन्थ्यो ।
उहाँको स्थितिका बारेमा अस्पतालबाट घोषणा गर्नु पर्ने भएको हुँदा यतिबेला उहाँलाई घट्नास्थलको प्रहरी मुचुल्का प्रश्चात यहाँ स्थित प्रदेश अस्पताल, लमजुङमा लगिएको छ । उहाँको शव पोष्टमार्टम समेतको कार्यका लागि काठमाडौं लगिने भएको नेपाली काँग्रेसका नेता हरिप्रसाद बरालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मृत्युको घोषणा अस्पतालबाट गरिनु पर्छ भन्ने प्रहरीको अनुरोध अनुसार शव यहाँ ल्याइएको छ ।’
प्रजातान्त्रिक आन्दोलनका अभियन्ता कँडेल लमजुङको राइनास नगरपालिका– ४ को अल्काटारका स्थायी बासिन्दा हुनुहुन्थ्यो । अंग्रेजी विषयका ज्ञाता उहाँ बागिश्वरी मावि विचौरमा पनि प्रधानाध्यापक हुनु भयो भने सौभाग्योदय मावि, अल्काटारकोसमेत प्रधानाध्यापक हुनुभयो । उहाँका विरुद्धमा पञ्चायतकालमा पनि कम्युनिष्ट नामधारीहरूको पटक पटक आक्रमण (हातपात)को निसानामा पर्ने र सहन गर्नेमा पर्नु हुन्थ्यो । त्यसैका उहाँले २०३६ सालमा विस्थापित हुन समेत बाध्य तुल्याएको थियो र काठमाडौं बस्न थाल्नु भएको हो ।
तर पनि उहाँमा ‘जिल्लामै बसेर केही गर्नु पर्छ’ भन्ने सोच, चिन्तन सधैं रही रह्यो । त्यसलाई मुर्त रुप दिन उहाँले प्रजातन्त्रको पुनः स्थापना २०४६ सालमा भएपछि जन चेतना अभिबृद्धि तथा अध्ययन समिति ‘कोपाडेस’ नामक गैरसरकारी संस्था खोल्नु भएर संस्थापक अध्यक्ष भई लामो समयसम्म खासगरी आफ्नै निर्वाचन क्षेत्रमा समाजसेवाका विविध कार्यहरू, त्यसमा महिला सशक्तिकरणका लागि विशेष योगदान रहेको छ । उहाँले राजनीतिक सिद्धान्त तथा भाषण छाटेर मात्र समाज परिवर्तन हुन सक्दैन सर्वसाधारणलाई परिवर्तनको अनुभूति दिलाउन उनीहरूको आवश्यकता अनुसार दिल छुने र आर्थिक हैसियत उकासिने गरी कार्य गर्नु पर्छ भन्दै समाजसेवामार्फत समाजसँग जोडिने प्रयत्न गरिरहनु भयो । उहाँले ‘कोपाडेस’ स्थापना गर्नुको उद्देश्य त्यो पनि थियो । सो संस्थामार्फत ग्रमीण(महिला) साक्षरता र स्वावलम्बन कार्यक्रम सञ्चालन गर्नु भई महिलाहरूलाई समूहमा आवद्ध गराउनु भई आफ्नो गाउँक्षेत्रमा जन शक्ति, चक्रतीर्थ लगायतका एक साथ १४ वटा सहकारी संस्थाको स्थापना गर्नु भएको थियो । सो क्रममा महिला सशक्तिकरणका लागि काम गर्ने क्रममा एकै पटक १४ वटा सहभागी संस्थाको स्थापना गरी समाज आर्थिक रुपान्तरणको प्रयास उहाँले गरेको पाइन्छ ।
ती संस्था कतिपय आज पनि राम्रो स्तरमा सञ्चालनमा छन् । सो सँस्थाका नाउँमा उहाँले बेसीशहर नगरपालिका– ८ को सेराफाँटमा भवन समेत निर्माण गर्नु भएको थियो ।
पार्टीहरूको प्रतिवन्धित अर्थात पञ्चायत कालमा नेपाली काँग्रेसको जिल्ला समिति सदस्य रहनु भएका डिकेन्द्र कँडेल त्यसपछि भने लगातार पार्टी एक पटक महाअधिवेशन प्रतिनिधि र त्यसपछि लगातार महासमिति सदस्य रहिरहनु भयो नेता हरिप्रसाद बरालले जानकारी दिनुभयो । बरालका अनुसार उहाँ ऐले पनि महासमितिको सदस्य हुनुहुन्थ्यो ।
उहाँको निधन भएको खबर बारेमा जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्क गर्दा प्रहरी नायक उपरीक्षक जितेन्द्रकुमार बस्नेतले उहाँको परिवारजन आउनु भएको छ, दुई जना छोरा अमेरिकामा भएको हुँदा आउन समय लाग्ने र शव फ्रिजमा राख्नु पर्ने भएको हुँदा काटमाडौं लग्ने भन्नु भएको छ, त्यही तयारी छ उहाँले बताउनु भयो ।
उहाँ हिजो (५ गते) साँझको खाना(सधैं खाने, होटलमा) खाएर डेरामा जानु भएको रहेछ । विहानमा उहाँको कोठामा सरसफाई गर्ने महिला जाँदा उहाँ कुर्चीमै रहनु भएको, पंखा चलिरहेको तर उहाँ नबोले पछि उनले छिमेकी र प्रहरीलाई खबर गरेकी थिइन् ।
स्वर्गीय कँडेलका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०८३ भाद्र ६, शनिबार ११:४५ गते
हजुरको प्रतिक्रिया