तीन वर्षीया गरिमाको बलात्कार र हत्यामा कडा कानुन माग गर्दै राजधानीमा विरोध प्रदर्शन दोस्रो दिन पनि जारी

तीन वर्षीया गरिमाको बलात्कार र हत्यामा कडा कानुन माग गर्दै राजधानीमा विरोध प्रदर्शन दोस्रो दिन पनि जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ५ गते शनिवार ०४:२४

गृहमन्त्रीले आवेशमा आएर राज्यले तत्काल मृत्युदण्ड दिन नसक्ने कानुनी सीमा रहेको उल्लेख गर्दै गृह प्रशासनको मुख्य दायित्व कुनै कमीकमजोरी बिना निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम अधिकतम सजाय सुनिश्चित गर्नु रहेको उल्लेख गर्नु भएको छ ।

गृहमन्त्री गुरुङले नागरिकको खबरदारी र प्रश्न उठाउने अधिकारको स्वागत गर्दै आक्रोशलाई न्यायको शक्तिमा बदलेर हरेक छोरीका लागि सुरक्षित नेपाल बनाउने अभियानमा साथ दिन अपिल गर्नु भएको छ ।

काठमाडौँ– बाराको जितपुर सिमरा उपमहानगरपालिका– १ दसधुरीकी तीन वर्षीया गरिमा चौधरीको हत्याको विरोधमा राजधानीमा प्रदर्शन जारी रहेको छ । ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को आयोजनामा राजधानीको शान्तिबाटिकामा जम्मा भएर जमल हुँदै नारायणहिटी दरबार अगाडिको सडकमा भदौ ६ गते पनि प्रदर्शन जारी रहेको हो ।
बलात्कार र हत्या जस्ता जघन्य अपराधविरुद्ध कडा कानुन लागू गर्न माग गर्दै प्रदर्शन जारी राखिएको हो । जितपुर सिमरा– १ की मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमाको बलात्कारपछि हत्या भएको सन्दर्भमा उक्त प्रदर्शन जारी रहेको हो । गरिमाको न्यायका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागीहरूले नाराबाजी गरेका छन् । यस घटनालाई गृहमन्त्री र कानुनमन्त्रीले तत्काल सम्बोधन गर्नुपर्ने मागसमेत उनीहरूले गरेका छन् । राजधानी काठमाडौंमा हिजोदेखि सुरु भएको विरोध प्रदर्शन आज पनि जारी रहेको हो ।
थप चार जना पक्राउ, अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि पनि कारबाही : गृहमन्त्री
यसैबीच, गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधका दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारको प्रतिबद्धता व्यक्त गर्नु भएको छ । प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको सन्दर्भमा गृहमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो ।
उहाँले नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण तत्काल मृत्युदण्ड दिन सम्भव नभएको स्पष्ट पार्दै घटनालाई राजनीतिकरण र मिडिया ट्रायल नगर्न आग्रह गर्नु भएको हो । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको र नागरिकको आक्रोशलाई आफूले पूर्ण रूपमा महसुस गरेको उल्लेख गर्नु भएको छ ।
घटनाको अनुसन्धानमा थप चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिदै उहाँले आम नागरिकबाट दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठिरहेको सन्दर्भमा कानुनी जटिलताबारे स्पष्ट पार्नु भएको छ । उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरेकाले तत्काल मृत्युदण्ड दिन सक्ने अवस्था छैन ।’
घटनाको अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्कालै पक्राउ गरिएको थियो गृहमन्त्री गुरुङले बताउनु भएको छ । उहाँका अनुसार पछिल्लो समय अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको छ । उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो, त्यसका लागि प्रमाण सुरक्षित हुनुपर्छ र अनुसन्धान निष्पक्ष हुनुपर्छ ।’
विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै कुनै पनि बाधा वा त्रुटि नहोस् भन्नेमा गृह प्रशासन सचेत रहेको उहाँले प्रष्ट्याउनु भएको छ । घटनाको पहिलो दिनदेखि नै सरकार मौन र निष्क्रिय नरहेको उहाँको कथन छ ।
गृहमन्त्री गुरुङले नागरिकको खबरदारी र प्रश्न उठाउने अधिकारको स्वागत गर्दै आक्रोशलाई न्यायको शक्तिमा बदलेर हरेक छोरीका लागि सुरक्षित नेपाल बनाउने अभियानमा साथ दिन अपिल गर्नु भएको छ ।
गृहमन्त्रीका अनुसार घटनामा संलग्न आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान तीव्र बनाइएको छ। प्रारम्भिक चरणमा प्रहरी प्रशासनबाट लापरबाही भएको गुनासो आएपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया सुरु गरिएको छ। साथै, पीडितका अभिभावकले दिएको पछिल्लो जाहेरीका आधारमा अनुसन्धानका लागि थप चार जनालाई नियन्त्रणमा लिइएको जानकारी समेत दिइएको छ।
सार्वजनिक रूपमा उठेको मृत्युदण्डको मागबारे प्रस्ट पार्दै गृहमन्त्रीले नेपालको संविधानको धारा १६ को उपधारा (२) ले मृत्युदण्ड दिने कानुन बनाउन रोक लगाएको र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको स्मरण गराएका छन्।
गृहमन्त्रीले आवेशमा आएर राज्यले तत्काल मृत्युदण्ड दिन नसक्ने कानुनी सीमा रहेको उल्लेख गर्दै गृह प्रशासनको मुख्य दायित्व कुनै कमीकमजोरी बिना निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम अधिकतम सजाय सुनिश्चित गर्नु रहेको उल्लेख गर्नु भएको छ ।
गृहमन्त्रीले महिला तथा बालबालिकाविरुद्ध हुने जघन्य अपराधमा रहेका विद्यमान कानुनी अड्चन हटाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पदभार सम्हालेलगत्तै निर्णय गरेको र आवश्यक कानुन संशोधनको मस्यौदा तयार भई संसदीय प्रक्रियामा लैजाने तयारीमा रहेको जानकारी दिनु भएको छ ।
तीन दिनपछि रित्तो घरमा शव फेला :
तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा वेपत्ता भएको तेस्रो दिन शव फेला परेको हो । साउन ३१ गतेदेखि वेपत्ता उनको शव भदौ २ गते फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले बताउनु भयो । उहाँका अनुसार गरिमाको शव जितपुर सिमरा उपमहानगरपालिका– १ भक्तिनगरस्थित वीर बहादुर रोकाको खाली घरको एउटा कोठामा भेटिएको थियो ।
उहाँले भन्नुभयो, ‘मान्छे नबस्ने त्यो घरबाट गन्ध आएपछि प्रहरी पुगेर हेर्दा मृत अवस्थामा बालिका भेटिएकी थिइन् । मृतक बालिका गरिमा नै रहेको खुल्यो ।’
छिमेकीको घरमा खेल्न गएकी बालिकालाई किशोरले ललाइफकाइ गरी लगेर बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
शव भेटिएको २ घन्टामै घटनामा संलग्नलाई पक्राउ गरिएको एसपी कुँवरले जानकारी दिनुभयो । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका– २ का १६ वर्षीय किशोर रहेका छन् । उनी ना १ ज ७७५८ नम्बरको म्याजिकका सहचालक हुन् । घटनामा आफ्नो संलग्नता रहेको उनले स्वीकार गरिसकेको प्रहरी भनाइ छ ।
त्यही म्याजिकका धनी जितपुरसिमरा– १ का २४ को प्रोग्रेस चौधरीलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका छन् ।

प्रकाशित मिति २०८३ भाद्र ६, शनिबार १६:२४ गते
हजुरको प्रतिक्रिया